वचन सुन्ने तृष्णाको अनिकाल

शरीरको सन्तुलित विकासको लागि सन्तुलित भोजनको आवश्यकता हुन्छ । शरीरले पाउनुपर्ने पोषण पाएन भने शरीरमा सुकेनास लाग्छ । त्यसले विभिन्न रोगको लागि सहज बनाइदिन्छ र कमजोरीको शिकार बनिन्छ । त्यसैले शरीरलाई चाहिने भोजन खाइरहनुपर्दछ ।
प्रविधि र विकासले हाम्रो समय र शक्तिलाई सहज बनाएर बचाएको कुरा हामी सबैलाई ज्ञात हो । संसार सानो गाउँ बनेको मात्रै होइन, संसारको सबै कुरा सबैले सहजै जान्न सक्छन् । यसरी बृहत् संसार हाम्रो वरिपरि भएजस्तै बन्नु कत्ति मज्जाको कुरा हो । सायद दश वर्षअघि अहिलेको परिस्थितिको कुरा गर्दा कसैले पनि पत्याउँदैनथे, पक्कै पनि ।
हामी जति विकसित हुँदैगयौं, त्यति हामी अल्छी बन्दै गयौं । कुन कुरालाई कसरी सदुपयोग गर्ने भनेर हामीलाई थाहा नभएर पनि हो कि, चौबीसै घण्टा फेसबुकमा झुण्डिने वा टीभीकै किरो बन्न थाल्यौं । मान्छे र मान्छेको बिचमा पनि सम्बन्धभन्दा औपचारिकता मात्रै बाँकी बस्यो । अचेल चर्चतिरको भेटमा दुईटा वा तीनवटा कुरापछि कुनै थप कुरै हुँदैन, सबैजना आफ्नै व्यर्थको व्यस्ततामा । चर्चको सेवा सकेपछि घर कुद्नै हतार हुन्छ किनकि त्यो दिन संगति र वचनभन्दा छुट्टी कसरी मनाउने भन्ने चिन्ताले सताएको हुन्छ ।
अब चर्चा गरौं, अझ गम्भीर कुराको । हरेक इसाईको लागि सदा र सदा नभई नहुने कुरा भनेको परमेश्वरको वचन हो । हामीलाई त्यसैसित समय बिताउन फुर्सद छैन । म आफैंलाई अचम्म लाग्छ कि मलाई अन्य कामको लागि प्रशस्त समय छ तर वचन अध्ययन गर्न जहिले पनि समय छैनजस्तो लाग्छ । आफैंलाई जब्बरजस्ती वचन र प्रार्थनामा लानुपर्छ, कहिलेकाहीँ त ।
अझ अर्को कुरा, पुलपिटको सेवकाइलाई हेरौं । वचनको सेवा भनिएको छ, वचनको चर्चै हुँदैन । कतिजनालाई त पुलपिटको सेवकाइ आफ्नो कहानी बताउने अवसर मात्रै बन्छ, आफूलाई निकै ठूलो देखाउने मौका मात्रै बनेको छ । परमेश्वरको वचन बोलेको भनेर आफूलाई नै उचाल्दा हामीले भोको आत्मालाई तृप्त पार्न सक्दैनौं । अझ मैले धेरै पटक देखेको छु, त्यसरी आफ्नै बढाइचढाइ गर्नेको कुरा सुनेर सबैले बरर ताली पनि बजाउँछन् । कस्तो नमज्जा । सायद पावल हाम्रा बिचमा आएका भए, यस्ता कुरा हेरेर र सुनेर के गर्थे होला रु
धेरैजनाको विश्वासको जग आफ्नै अनुभव वा कुनै इसाई गीत, सिनेमा, पुस्तक वा व्यक्ति भएको छ, बाइबल होइन । यो अझै दुःखलाग्दो कुरा हो । हाम्रो विश्वासको जग परमेश्वरको वचन नै हुनुपर्छ । हो, हामी विभिन्न कारण, निहूँ र तरिकाले परमेश्वरको राज्यमा ल्याइन्छौं, तर यस राज्यभित्र प्रवेश गरेपछि हामी बढ्नुपर्छ ।
यी सबै कुराले हामीलाई आत्मिक रूपमा सुकेनास लगाइदिन्छ अनि हामी विभिन्न सिद्धान्तका छालले यताउता हुत्याइएका भुसजस्तै बन्नेछौं । बाइबल नपढेर कुनै पनि इसाई येशूको ज्ञान र उहाँसितको पिरतीमा नजिक बन्न सक्दैन किनकि त्यसको लागि येशूलाई अझ नजिकबाट चिन्नुपर्छ र चिन्नको लागि बाइबल नपढी हुँदैन ।
कति पटक पास्टर तथा अगुवाहरूले केहीलाई खुसी पार्न परमेश्वरका भेडाहरूलाई सत्य परमेश्वरको पवित्र वचन खुवाउँदैनन् । हामीलाई थाहा हुनुपर्छ कि हामीले येशूका पाठाहरूलाई ठीक कुरा खुवाएनौं भने ती आत्मिक सुकेनासमा रहन्छन् वा मर्छन् पनि । त्यो व्यक्ति परमेश्वरको अघि न्यायको दिनमा जवाफदेही हुनेछ ।
त्यसकारण नेपाली मण्डलीमा बढ्दैगएको वचन सुन्ने तृष्णाको अनिकाललाई सामना गर्ने जिम्मा हामी सबैको हो । उहाँका भेडालाई उहाँकै महिमित वचनमा हुर्काउने काममा हामी नथाकौं ।
भजनसंग्रह १ः२–३, “तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ । त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिल्यै ओइलाउँदैन । त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ ।”

– भुवन देवकोटा

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *