आफ्ना तोडाहरूलाई नगाड् तर चलाऊ


हाम्रा तोडाहरू चलाएर परमेश्वरको काम दिन छँदै गर्नुपर्छ यसको लागि हामीले आफैलाई जिउँदो बलिदानको रूपमा अर्पण गर्नुपर्छ । “मलाई पठाउनुहुनेको कामहरू हामीले दिन छँदै गर्नुपर्छ । रात आउँछ, जब कसैले काम गर्न सक्दैन” यूहन्ना ९ः४ । “बलिदानको पशुलाई वेदीको सीङमा डोरीले तन्काएर बाँध” भजनसंग्रह ११८ः२७ “ख” पुरानो संस्करणबाट । बलिको पशुलाई किन बाध्नुपर्छ ? रोमी १२ः१ मा लेखिएको छ “…कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ–आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्यहुने जिउँदो बलिको रूपमा अर्पण गर।” जिउँदो पशुलाई बलिवेदीमा राख्दा बाँध्नु पर्छ । प्रस्थान २२ः९ “परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तहलगाएर राखे । त्यसपछि तिनले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरा माथि राखे ।” १० पदमा …तब अब्राहामले आफ्नो छोरालाई बलिगर्न छुरी उठाए । पद १२ मा …उनले भने “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर् । अब मैले थाहा पाएँ तैंले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो,तेरो एक मात्र छोरालाई पनि म बाट तैंले रोकेर राखिनस् । जब अब्राहामले आफ्नो छोरो इसहाकलाई बाँध्न लागेको थियो, त्यस बेला इसहाकले आफ्नो बुढो बाबुलाई धकेलेर भाग्न सक्थ्यो । तर ऊ भागेन, उसलाई कुन कुराले बाँधेर राखेको थियो होला । डोरीले ? होइन, उसको बुवाप्रतिको समर्पणताले हो । उसको बुवाले परमेश्वरप्रति गरेको समर्पण पूरा गर्ने कुराले उसलाई बाँधेको थियो ।
मण्डलीमा हामी अरूको समर्पणताको आशा गर्छौं तर हामी आफैमा त्यो पूर्ण समर्पणता छैन । हाम्रो समर्पणता देखावटी भएको छ । हामीले परमेश्वरमा गरेको समर्पणतालाई पूरा गरेका छैनौं । हामीले गरेको समर्पणताको डोरीले हामी बाँधिएको हुनुपर्ने तर हामी बाँधिएका छैनौं । हामी मानिस मात्र हौं भनी बहाना गर्छौं तर २ कोरिन्थी ५ः१७ अनुसार हामी ख्रीष्टमा नयाँ सृष्टि हौं । जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ तब उहाँले हामीलाई नयाँ मानिस देख्नुहुन्छ । हामी नयाँ मानिस भएर जिउनुपर्छ, हामीमा भएको पुरानो कुराहरू कठोरता, ईष्र्या रिसलाई बाध्न सक्नुपर्छ र नयाँ मानिस भएर जिउने प्रतिबद्धता लिनुपर्छ । हाम्रो समर्पणतामा हल्कापन आएको छ । हामी कसरी सजिलैसँग, कामनै नगरी पैसा कमाउन सकिन्छ भनी बाटो खोजिरहेका छौं । कतिले चिट्ठा हालिराखेका छन् कतिले भ्रष्टचार गरिराखेका छन् । “बेईमानीसँग कमाइएको धन घट्दै जान्छ, तर अलि–अलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ” हितोपदेश १३ः११ । हामी होशियार हुनुपर्छ । धन कमाउनुपर्छ तर बेईमानसँग कमाउनु हुँदैन । हामीले कमाएकोबाट दिनसिक्नुपर्छ । आज कतिले यस्तो विचारगर्छन मण्डलीले हामीलाई के दिएको छ ? तर हाम्रो समर्पणताले हामीलाई यस्तो विचार गर्न तुल्याउँछ कि हामीले मण्डलीको लागि के दिएका छौं ।
अभावमा जिउनेहरूले अरूलाई सहायतागर्न सक्दैनन् । आफूलाई पुग्दो हुनेहरूले पनि अरूलाई दिन सक्तैनन् । तर प्रशस्त हुनेहरूले मात्र अरूलाई दिन सक्छन् । के हामीले पाएको प्रशस्त आशिष्बाट अरूलाई दिने काम गरिराखेका छौं ?आशिष्चाहिँ अरूसँग बाँड्नको लागि हो । जब हामी आशिष् थुपारेर राख्छौं त्यो बासी हुन्छ, त्यसमा किरा पर्छ । हामी गरीबीमा जिएको परमेश्वर चाहनुहुन्न, उहाँले हामीलाई यथेष्टमात्र होइन तर प्रशस्तदिन चाहनुहुन्छ, ताकि हामीले अरूहरूसँग ती आशिष् बाँड्न सकौं ।
यदि हामी समर्पित भएर परमेश्वरले दिनुभएका तोडाहरू चलाउनु हो भने येशूलाई प्रभुको स्थानमा राख्न सिक्नुपर्छ । आज मण्डलीले पूरा सुसामाचार सुनाएका छैन खाली आधा सुसामाचार मात्र सुनाएको छ । आज हामीले येशूलाई मुक्तिदाता भनेर चिनायौं तर उहाँलाई प्रभु भनेर चिनाएनौं । बाइबलमा येशूलाई मुक्तिदाता भनेर ग्रहण गर्नुपर्छ भनी बताएको छैन । “किनकियदितिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनीआफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनिउसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ” रोमी १०ः९–१० । “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो” प्रेरित २ः३६ । “चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं । यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्” रोमी १४ः९ । आज हामीले येशूलाई मुक्तिदाता मात्र होइन तर प्रभु भनेर
स्वीकार गर्नुप र्छ । उहाँ हामीमा प्रभु भएर जिउन चाहनुहुन्छ। हामी ख्रीष्ट जस्तै बन्नु हो भने ख्रीष्टलाई हामीमा जिउन दिनुपर्छ । “म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछ, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रे मगर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो ।” गलाती २ः२० । हामीले आफैलाई डोरीले बाँध्ने होइन तर उहाँलाई हामीमा जिउन दिनुपर्छ । यसको लागि समर्पणता चाहिन्छ ।
यदि हामीले परमेश्वरले दिनुभएको तोडा चलाएर परमेश्वरको सेवा गर्नु हो भने हामी परमेश्वरले दिनुहुने आशिष्मा जिउन सिक्नुपर्छ । “आफ्नो महिमा र श्रेष्ठताद्वारा बोलाउनु हुनेलाई हामीले चिनेको हुनाले परमेश्वरको दिव्यशक्तिद्वारा जीवन र भक्तिको निम्ति चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ” २ पत्रुस १ः३ । “हाम्राप्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हमीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ” एफिसी १ः३ । परमेश्वर पिताले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ । पुरानो अंग्रेजी बाइबलमा स्वर्गीय स्थानहरू भनिएको छैन । त्यहाँ स्वार्गीय ९ज्भ्ब्ख्भ्ल्ीक्ष्भ्क्०भनिएको छ । यसलाई हामी स्वर्गीय वातावरण
भनी बुझ्दछौं । परमेश्वरले दिनुभएका आशिष्हरू उपभोग गर्नु हो भने हामी स्वर्गीय वातावरणमा बस्न सिक्नुपर्छ । परमेश्वरले आशिष् दिनुभएको छ तर हामीले त्यो अनुभवगर्न सकिराखेका छैनौं, कारण हामी बुवाको घरमा होइन तर सुँगुरको खोरमा नै छौं । हामी सेवा संगतिको समयमा संसारकै साथीहरूसँग बस्न रूचाउँछौं, साथीहरूसँग घुम्न जान्छौं, पिकनिक जान्छौं । संसारसँग एउटै चालमा चलिराखेका छौं, अनि मेरो पिताको घरमा यस्ता आशिष्हरू छन भनेर भनिराखेका छौं । हामीसँग बाइबल पढने, प्रार्थना गर्ने, संगतिमा जाने समय छैन । हामी स्वर्गीय स्थानमा बसेका छैनौं, सुँगुरको खोरमा नै बसिराखेका छौं । अब हामी उठेर बुवाको घरमा आउनुपर्छ । कुनै पनि छोरा बाबुको कमारा बन्न सक्दैन। एक चोटि छोरा भए जन्मिएपछि जीवन भरीनै छोरा हुन्छ । आफू सँगभएको पैसा तास जुवा खेलेर वा वेश्याहरूसँग उडाएता पनि, सुँगुरको चारोले पेट भर्न चाहे तापनि त्यो बुवाको छोरा नै हुन्छ । छोरा घर फर्केर आउँदा बुवाले त्यसलाई कमारा बनाउन सक्तैन । तर छोरा भएर बुवाको घरमा बस्न सक्छ तर यसको लागि समर्पणता चाहिन्छ । आज परमेश्वर हामीबाट त्यो समर्पणता खोज्दै हुनुहुन्छ । अब हामी बाबुको घरमा बसेर जिम्मेवारी उठाउनेहरू बन्न परेको छ । यसैकारण हामी स्वर्गीय वातावरणमा बस्ने, येशु प्रभुलाई प्रभु मान्ने र पिताको इच्छा पूरा गर्न हाम्रा तोडाहरू यो जीवन छँदै प्रयोग गर्नेहरू हुन सकौं ।

– पाष्टर रोबर्ट कार्थक

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *