प्रार्थना र प्रचार

बलिदानको आवश्यकता उहाँँको सुसमचार सुनाउनको लागि हो, आज मण्डलीमा मरेका आत्मा मुर्दाहरू होइन की जिउँदो शरीर चाहिएको छ, जसले परमेश्वरका सुसमचार सुनाउनको लागि उभिन र खटिन सक्दछ ।
प्रभु यशु ख्रीष्टले स्वर्ग जानु भन्दा अगाडी आफ्नो चेलाहरूलाई भन्नुहुन्छ, “सारा सृष्टीलाई गएर सुसमचार प्रचार गर, विस्वास
गर्ने र बप्तिसमा लिनेले उद्धार मुक्ति पाउनेछन्, विस्वास नगर्ने दोषी ठहरिनेछ । (मर्कूृस १६ ः १५) र यसैगरी जाऔ, सबेै देशका जातिहरूलाई चेला बनाऔ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिसमा देऔ । (मती २८(१८ ः २) प्रभु येशूले आखिरी आज्ञा महान् आज्ञा जसलाई गएर दुई वटा खुट्टाको साहयताले सुनाऔ । एउटा खुट्टा प्रार्थना र अर्को खुट्टा प्रचार । परमेश्वरले १२ जना चेलाहरू पठाएर सुसमचार प्रचार गर्न लगाउनु हुन्न त्यी काम सबै परमेश्वरमा विस्वास गर्नेहरूले गर्नु पर्दछ । त्यो काम मण्डलीको मात्र पनि होइन् । (यूहन्ना १५ः१६) ले भन्दछ, “तिमीहरू जाऔ र फ्फल फ्फलाऔ अनि तिमीहरूको फल फलिरहोस । परमेश्वरको धैरै कामहरू छन् पवित्र आत्माको काम, संसारको काम भनेर छुट्याउने होइन कि ख्रीष्टको काम भनेर बुझ्नुपर्दछ । ख्रीष्टियनहरूले प्रार्थना मात्र होइन प्रचार पनि गर्नु पर्दछ । आफ्नो मान सम्मान, इज्जवत र स्वार्थको लागि गरेको काम परमेश्वरको काम हुदैन् कि उहाँँलाइ प्रसन्न तुल्याउने कामचाहिँ उहााँको काम हो । जस्तै, “प्रार्थना र प्रचार” । यो काम गर्नका लागि रुपैया, पैसा, बल, बुद्धी केही चाहिदैन् । यो साना, ठूला, धनी, गरीब,
सबैले गर्न सक्दछ । सुसमचार सुनाउन, साक्षी दिने काम गर्नलाई बाइबल कलेज, थियोलोजी सेमिनरीको डिग्रीहरू चाहिदैन्, बिद्धान हुनु पर्दैन् । अशिक्षितले पनि गर्न सक्ने काम परमेश्वरले हामीलाई दिनुभएको छ ।
अहिले हामी परमेश्वरले दिनुभएको आज्ञा पालना नगरेर आफ्नो खुसीको काम गरिरहेका छौ । “किनकि आज्ञापालन बलिदान भन्दा पनि ठूलो हो ।” परमेश्वरले गर भनेर आज्ञा दिनुभएको काम नगरेर अन्य काम गर्दा त्यो परमेश्वरको नजरमा सुहाउदैन् । त्यसैले उहाँँलाई प्रसन्न हुने काम गर्नु पर्दछ । १ शामुएल १५ मा भनिएको छ, “आज्ञापालन बलिदान भन्दा उत्तम हो, यसैले परमेश्वरलाई बलिदान भन्दा आज्ञापालन चाहिन्छ जो, हामी ख्रिष्टियनहरूद्वारा गर्नुपदछ ।
आज्ञापालन नगर्नु मुर्खता हो । यसैले परमेश्वरको काम गर्नका लागि हामीहरूलाई प्रार्थना र प्रचारको अत्यन्त नै जरुरत पर्दछ । फ्फलस्वरुप परमेश्वरको महिमा, पं्रससा, गरेमा धेरै आत्माहरू बाँच्नेछन् र उहाँँको महिमा हुनेछ । हामीले काम छान्ने होइन कि परमेश्वरले दिनुभएको काम छान्नुपर्दछ । ३० वर्षको उमेरसम्म प्रभु येशूले पनि साधारण काठको काम गर्नुभएको थियो पछि पवित्र आत्माको अभिषेक पाउनु भए पछि यर्दनमा र ३ वर्षसम्म मात्र खास सेवाकाइको लागि बाहिर निस्कनुभयो । परमेश्वरको काम पुरा गर्नुभयो । यसै गरि हामीले पनि उहााँको आज्ञाहरू पालना गरि सुसमचारिय प्रचार गर्नुपदछ । सधँै मण्डली गएर संगति गर्नु, बाइबल पढ्नु मात्र उहाँँको काम होइन्, त्यो आफ्नै लागि हो । यदि मण्डली परिवारले सुसमचार सुनाउने काम गर्दछ, त्यो चाहिँ परमेश्वरको काम हो, आज्ञापालन गरेन, सुसमचार सुनाएनौ भने त्यो उहाँँको लागि झुट हो । याकूब ४ः१७ मा भनिएको छ, यसकारण जसले भलाइ गर्न जानिकन पनि गर्दैन, त्यसले पाप गर्दछ । यो मौका गुमाउनु पनि पाप हो । तपाईं र मलाई परमेश्वरले जीवनको रोटी दिनुभएको, र जीवन पाएका छौ । संसारका मानिसहरूले जीवनको रोटी नपाएर नरकतिर गइरहेका छन्, तपाईं र म मात्र स्वर्गमा जाने होइन कि संसारको मानिसहरूलाई पनि सुसमचार सुनाएर सगै लग्नुपर्दछ । परमेश्वरले हामीलाई किन यस संसारमा राख्नुभयो भन्दा उहाँको महान् कार्य गर्नका लागि राख्नुभएको हो । हामी संसारको रमझम,
मोजमस्ती गर्नका लागि होइन, उहाँले दिनुभएको महान् कामको लागि हो । जुन कामको लागि परमेश्वरले जीवनदान दिनुभएको छ । आज यस संसारमा उहाँको असल काम गर्ने स्वयमसेवक ख्रीष्टमा जिराख्नुभएको छ । यसैले उहाँको असल स्वयसेवक हामी हुनु आवश्यक छ । जो प्रार्थना र प्रचारमा लागिरहनु पर्दछ । सुसमचारको लागि आत्मिकी शरीरको आवश्यकता र जिउँदो बलिदानको आवश्यकता पर्दछ ।
मण्डलीमा आज मरेका मुर्दाहरू होइन जिउँदो शरीर चाहिएको छ , जसले परमेश्वरको सुसमचार सुनाउन को लागि उभिन र खटिन सक्दछ । परमेश्वरले जीवनदान दिनुभएको छ । आज यस संसारमा उहाँको असल काम गर्ने स्वयमसेवक खोजीराख्नुभएको छ । यसैले उहाँको असल स्वयसेवक हामी हुनु आवश्यक छ, जो प्रार्थना र प्रचारमा लागिरहनुपर्दछ । सुसमचारको लागि आत्मिकी शरीरको आवश्यकता र जिउँदो बलिदानको आवश्यकता पर्दछ । मण्डलीमा आज मरेका मुर्दाहरू होइन जिउँदो शरीर चाहिएको छ , जसले परमेश्वरको सुसमचार सुनाउन को लागि उभिन र खटिन सक्दछ ।

-Robart Karthak

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *