पापको भाइरस-दृष्टान्त

एक जना जवान मान्छेको धेरै साथी रहेछन् । एक दिन घरबाट विवाह गर्नु पर्छ भन्ने अतिनै दवाव भए पछि उसले आफ्नो लागी योग्य जीवन साथी कसरी छान्ने भन्ने कुरामा दोधारमा प¥यो । यसै क्रममा उसलाई एउटा भयानक रोग ब्लड क्यन्सर लागेको पत्ता लाग्यो । डाक्टरले उसलाई जीवन भरी प्रत्येक महिना रगत दिने हो भने उसको जीवन स्तर र आयुमा कुनै नराम्रो प्रभाव नपर्ने रिर्पोट जाहेर ग¥यो । अब उसले आफुलाई जीवन भरी रगत दिने दाता खोज्नु परेको थियो । उसले आफ्ना सबै साथीहरु समक्ष आफ्नो समस्या बतायो, धेरैले उसलाई रगत ब्लड बैंक बाट किन्ने सल्लाह दिए, कोहीले आफ्नो रगतको समुह नमिल्ने बताए । तर यसै बिच एक जना उसलाई अती नै प्रेम गर्ने युवतीले जीवन भरी रगत दिने सर्तमा उ सँग विवाह समेत गर्ने सहमति गरिन । यो कुराले त्यस युवकले आफुलाई वास्तवमा प्रेम गर्ने जीवन साथी समेत मिलायो र उनीहरुले विवाह गरे । प्रत्येक महिना या जव उसलाई रगतको खाँचो पथ्र्यो आफ्नो जीवन साथी बाट उसले रगत लिन्थ्यो । यसकारण अकालको मृत्युबाट स्वतन्त्र भएर उ पुरा आयु बाँच्न सफल भयो ।
प्रसंगः तपाँई र मलाई या यो संसारका सबै मानिसहरुलाई आत्मिक रुपमा मृत्यु हुने एउटा निश्चित ब्लड क्यान्सर लागेको थियो र छ । यो ब्लड क्यान्सरको भाईरस भनेको मानिसको पापी स्वभाव हो । यसलाई निराकरण गर्न उचित प्रकारको उपचार भनेको निष्खोट रगत र बलिदान हो । यसरी मानिसलाई बचाउन संसारका धेरै नाम कहलिएका ईश्वरहरु पछि हटे अर्थात तयार भएनन् । मानिसको यस्तो दयनिय अवस्थामा संसारका सम्पुर्ण मानिसहरुलाई बचाउन परमेश्वरको एक मात्र पुत्र प्रभु येशू ख्रिष्टले आफ्नो प्राण अर्पन गर्न तयार हुनु भयो र गर्नु भयो पनि (युहन्ना ३ः१६) । त्यै क्रुसमा बगेको अमुल्य रगतले आज सारा मानव जातीको पाप धुन तयार छ अर्थात पापी सवभावका भाईरसलाई मार्न तयार छ । मैले र अरु धेरै मित्रहरुले उहाँ सँग सम्बन्ध विस्तार गरेर आफुलाई आवश्यक पर्दा उहाँको रगतले धोइएर पवित्र हुँदैछन र भईरहेका छन । अनि तपाँई नि ???

-संजय बर्मा

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *