आफ्नो अभिावक चिन्नु पर्छ ।- दृष्टान्त


एक ठाउँमा बाबु र छोरा बस्ने गर्दथे । छोरा लगभग २ वर्ष जतिको थियो । एक दिन अचानक एउटा ठुलो विपतिमा बाबु र छोराको विछोड भयो । धेरै प्रयास गर्दा पनि बाबुले आफ्नो छोरो भेटउन सकेन । संयोगले छोरालाई टाढाको एउटा गाँउको एक जोडीले फेला पारेछन् र उसलाइए पाल्न भनेर लगेछन । जव बच्चा सानै थियो, उसलाई राम्ररी लालन पोषण गरेछन् । अनि त्यो बच्चाको बाबु आमा आफुहरुनै हो भनि चिनाएछन । धेरै दिन, महिना, वर्ष बित्दै गए पछि जव उ किशोर अवस्थामा भयो बाल्यकालका सबै घटना बिर्सिएछ । यो त स्वभाविक नै थ्यो । तर जव उ बढेर उ ठुलो भयो उसलाई सानो छँदा जस्तो माया गर्न छाडियो, त्यसको सट्टामा उसलाई धेरै काम गर्न लगाउन थालियो । लाग्थ्यो उ यस घरको गधा या नोकर हो । (बास्तविकता त त्यै नै थ्यो तर उसलाई यि सबै कुराको थाहा थिएन)
संयोग यस्तो भयो एक दिन उसको आफ्नै बाबु उसलाई खोज्दै त्यस ठाउँमा आईपुग्यो । देख्ने बित्तिकै उसले आफ्नो सन्तानलाई चिनिहाल्यो र नजिकै गएर उसले आफ्नो छोरालाई बोलायो तर छोराले उल्टै खिल्लि उडाउदै आफ्नो बाबु अस्विकार ग¥यो । सबै भएर त्यो बाबुलाई त्याँहा बाट खेदे । तर बाबुले आफ्नो सन्तान चिनेको थियो । सो कारण त्यही नजिकै थोरै जग्गा किनेर आफ्नो सन्तानको अनुहार हेरेर भएपनि मन बुझाउने निधो गरेर बस्न थाल्यो । बाटो पर्दा या कुनैबेला संयोगले भेटघाट हुँदा छोरो चैं ले अतिनै घृण गर्दथ्यो । यि सबै कुराहरु बाबुले अझपनि झिनो आसमा सहेर बसेको थियो ।
एक दिन अचानक छोरा बिरामी पर्छ र उसलाई पालेका बाबु आमाले हस्पिटल लैजान्छन् । डक्टरले अचानक रिर्पोट निकाल्छ । जसमा तुरुन्तै मृगौला प्रत्यारोपण गर्नु पर्ने हुन्छ र त्यो पनि आफ्नै परिवार भित्रको कसैले मृगौला दिनु पर्ने हुन्छ । तर उसका पालन पोषण गर्ने बाबु आमा तथा परिवार सबैले उसलाई मृगौला दान गर्न असर्मथन हुन्छन् । (नहुन पनि कसरी भेटेर पालेको न हो)
यि सबै कुरा आफ्नो वास्तविक बाबुले थाहा पाउछ । र उसले तुरुन्तै डक्टरलाई भेट गर्छ । रगत र डि.एन.ए. परिक्षण गरेर वास्तविकता बताउँछ । सबै तथ्य गोप्य राख्न अनुरोध गर्दै आफ्नो मृगौला छोरालाई दिन्छ । केही दिन पछि छोरा बिरामी बाट उठ्छ । तर आफुलाई कसले मृगौला दियो भन्ने कुरामा अचम्मित हुँदै डाक्टर सँग सोधपुछ गर्छ । डाक्टर ले सबै वास्तविकता बताईदिन्छ र पश्चतापका साथ उ आफ्नो बाबुलाई भेट्छ ।
जोड्न चाहेको प्रसंग स् यो संसारमा हरेक मानिस वास्तविक बाबु अर्थात परमेश्वर पिता बाट हराएका छन् । अन्धकारका हजारौ शक्तिहरुले हामीलाई कमारो बनाएर राखेका छन् । सबै मानिस पापमा फसेर मृत्युको मुखमा पुग्दै गर्दा परमेश्वरले आफ्नो एक मात्र पुत्र येसूख्रिष्ट हाम्रो पापको निम्ति बलिदान दिनुभएर संसारको हरेक मानिसलाई बच्ने अवसर प्रदान गर्नुभयो तर कयौं मानिसहरुले अफ्नो अभिभावकलाई नचिनेर अरुलाई नै आफ्नो बाबु मानेर बसेका छन । तर एकिन छ दृष्टान्तमा भए जस्तै प्रायः बिरामी (समस्या) पर्दा मात्रै भएपनि साँचो परमेश्वरलाई चिन्नेछन । तर हामी जतिले चिनेका छौ या साँचो परमेश्वरलाई स्विकार गरेका छौं यस सन्दर्भमा पनि हामीले उहाँ सँग उचित र उहाँलाई मन पर्ने जीवन जीउनु राम्रो हुन्छ । किनकी हामी पवित्र र पुर्ण शरिरको मोल तिरेर बचाइएका हौं ।

-संजय बर्मा

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *