Monday , 23 October 2017
Breaking News

“हातमा सीप (बोलावट) नभएको बेरोजगारी अात्मिक सेवक”

हातमा सीप नभएको मानिस झैं” हामी पनि सेवाकाईमा यो निराशाजनक भाषा प्रयोग नगरौं। “जे जे अाइपर्छ, त्यही त्यही नै काम गर्ने हो। जहाँ जहाँ जुनसुकै काम पाइन्छ, त्यही नै गर्दै जाने हो। घरि यता घरि उता, यदि काम भएन भने उदेश्य-लक्ष्य बिनाको घरमा नै काम बिहिन, खाली जीवन नै बिताउने हो।

तर हामी हातमा सीप नभएको बेरोजगारी मानिस जस्तै नबनौँ। यदि हामी सेवाकाई गर्ने सेवकहरु हौं भने, हामीलाई राम्रोसँग र स्पष्ट थाहा हुनुपर्छ कि, हामीलाई कुन कामको लागि जीवित परमेश्वरले पवित्र अात्माको अभिषेक गरेर चुन्नुभएको छ ? हाम्रो जीवनमा परमेश्वरको महान कामको लागि कस्तो उदेश्य र कस्तो दर्शन बोकेका छौं ? र सेवाकाईको अात्मिक दौडमा हाम्रो मुख्य भुमिका वा हाम्रो स्वर्गीय बोलावट चाहिँ के हो ?

शायद हाम्रो हातमा सीप नभएपनि तरपनि मज्जाले सँसारको काम गर्न सकिन्छ होला ! तर माथिबाट को पवित्र अात्माको अभिषेक र स्वर्गीय बोलावट हामीलाई थाहा भएन भने, निश्चय नै हामी जीवित परमेश्वरको काम गर्न सक्दैनौं। यदि हामी हाम्रो बलले जबर्जस्ती सेवाकाई गर्छौँ भने, त्यो जीवित परमेश्वर बाट कुनै मान्यता हुने छैन। नता सेवाकाई अाशिषमय र फलदायी नै हुनेछ। यसकारण जीवित परमेश्वरको काम गर्न खोज्ने सबै सेवकहरु अहिलेबाट नै अाफ्नो दर्शन-बोलावटमा स्पष्ट बनौं।

यसकारण जीवित वचनले मण्डलीलाई यसरी भन्नहुन्छ।

म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌। म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक। एफिसी 1:17‭-‬18

भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु। फिलिप्पी 3:13‭-‬14

यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्‍का हान्‍नेले जस्‍तै म मुक्‍का हान्‍दिनँ। १ कोरिन्थी 9:26

By: रोमान्स थपलिया

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney