Monday , 23 October 2017
Breaking News

अव हुन्छ रे एकता

Ramhari (Bishwas) Thapa_ Nepali Christinas Bachan Magazineएजेन्डा विनाको एकता
समाथि स्थलको निम्ति एकता
सालिन समाज निर्माणको निम्ति एकता
राजनीतिक पदको निम्ति एकता
छाडापनको निम्ति एकता
खै कता कता
अव हुन्छ रे एकता
++++

कसैको इसारामा एकता
बुद्धि र शारिरीक बलमा एकता
ए हजुर कता
अव हुन्छ रे एकता
+++

टुक्राउने एकता
बङगाउने एकता
समाज र महासंघको बार्ता कता
अव हुन्छ रे एकता
+++

बाँझो खेतमा जोत्ने एकता
मसिहको नाउँ बेच्दै एकता
खै कता हो कता
अव हुन्छ रे एकता
+++

गरिवलाई देखाउँदै एकता
जेलमा रहेकालाई देखाउदै एकता
झगडा गर्नको निम्ति एकता
ए हजुर आज सेवासंगति कता
अव हुन्छ रे एकता
+++

योजना र कार्ययोजना विनाको एकता
शून्य सहनशिलताको विना एकता
ए हजुर अर्को संघ बन्दै छ कता
अव हुन्छ रे एकता
+++

येशू विनाको एकता
पवित्र आत्मा अगुवाई विनाको एकता
प्रेम विनाको एकता
नम्रता विनाको एकता
हजुर कता
यो विना हुँदैन एकता

# Bishwas (Ramhari) Thapa

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney