Monday , 21 August 2017
Breaking News

पाटनबाट भागेर संगति भेट्न गाउँ

hari Jigyashuबनपाखा हरिया बन्दै थिए । विभिन्न लेक पहाडहरुमा सेतो कुइरो मडारीरहेको थियो । खेतमा रोपेका मकै पनि विस्तारै बढ्दै थिएँ । वर्षा याम सुरु हुनै लागेको थियो । हरियालीले गाउँको सौन्दर्यता झनै बढाउँदै थियो । वर्षा याम सुरु भएकोले गाउँलेहरुले गाईभैसीँहरु पाटनमा लगिसकेका थिए । केहि समयका लागि मेरा बा आमाले पनि मलाई पढाइ छोड्न लगाएर भैँसी हेर्न भनी गाउँबाट पिठो बोकेर पाटनमा पठाए । ४ पाथी पीठो बोकेर यक्लै उकोलो चडेँ । कुनै पनि ठाउँ र परिवेशमा जाँदा निडर साथ जाने मेरो पहिले देखिको बानी । घना जंगल, ठूला धुपी र खर्सुका रुखहरु,अनी त्यसैमाथी बसेर आफ्नै भाकामा कराइरहेका चराहरु । त्यतिखेर मलाई भान हुन्थ्यो कि यी चराहरुले पनि परमेश्वरको भजन गाउँदैछन् । पानी परेका कारण हिड्ने बाटो पुरै हिलाम्मे भएको, जुकाहरु मेरा कलिला खुट्टाहरुमा टाँसिएर रगत चुस्ने हतार गरिरहेका । आकाशबाट पानी झर्ला झै भएको । पीठो नभिजोस भनेर पलास्टिक लगेको थिएँ । हतार हतारमा हिड्दै थिएँ । यस्तै अबस्थामा योसेफ आफ्नो दाजुहरुलाई पीठो पुर्याउन गएको घटना याद आयो । यहि घटनालाई सम्झेर एक्लै फिस्स हाँसेँ । किनकि यो घटना मैले सण्डे स्कुलमा सिकेको थिएँ ,। मनमा अनेक कुरा खेलाउन थालेँ । योसेफ त पिठो पुर्याउन गएका थिए । अन्तमा मिश्रको प्रधान मन्त्री बने । म त झन पीठो पुर्याउन मात्र होइन भैँसी हेर्न, भैसिलाइ पालनपोषन गर्न जाँदैछु । कहिले मलाई पनि परमेश्वरले प्रधान मन्त्री बनाउनुहुन्छकी ? यस्तै यस्तै अनगन्ती खुल्दुली लाग्दा कुराहरु मनमा खेलाउदा खेलाउदै विहान घरबाट हिडेको साँझपख पानी पर्नै लागेको समयमा गोठमा पुग्नै आँटेको थिएँ । पाटनभरी गाइ,भैँसी र भेडा बाख्राहरुका घाँडाहरु बजिरहेका थिए । अल्लि माथी डाँडामा पुगेपछि सबै गाउँलेहरुका घोठहरु देखिए । हरियो पाटन, कतै कतै कुइरो मडारिरहेको । जताततै हरियाली । गाउँबाट लगेको खोयोले गोठ छाएको । प्रत्येक गोठहरुबाट सेतो धुवा उडिरहेको । जारे कुकुरहरु भुकेर पुरै पाटनलाई रमणीय बनाएको । साँच्चिकै अति आनन्द लाग्दो थियो त्यो समय । हाम्रो गोठमा हाम्रो भैँसी हेर्ने बाजे हुनुहुन्थ्यो । गोठ छेउमै जारे कुकुर बाँद्नु भएको थियो । कुकुरले म पुग्ने वित्तिकै मलाई चिनीहाल्यो । उसले सायद मलाई चिनेर होला कराउन छोडेर पुच्छर हल्लाउन थाल्यो । सबैको गोठमा भैँसीहरु चरण क्षेत्रबाट गोठमा बास बस्नको लागि आइसकेका थिएँ । बाजे गोठमै हुनुहुदो रहेछ । पीठोको भारी विसाएर बाजेलाई ढोग गरेँ । किनकि बाजेले येशू प्रभुलाई विश्वास गर्नु भएको थिएन् । बाजेले बटुको भरी दहि हाल्दीए । लेकमा त्यतिखेर प्रसस्त दहि । सबै खाना सकिन जारे कुकुरलाई दिएँ । भोलिपल्ट दिनभरी भैँसी चराएर साँझ गोठमा पुगेँ, आज कुन बार भन्ने मलाई थाह थिएन । बाजेले पुरानै रितिरिवाज अनुसार भोली शनीबार भयो भैसीँ धेरै टाढा लग्नुहुन्न भन्नु भयो । हिन्दुहरुले शनिबारलाई नराम्रो दिन मान्छन् । शनिबार भन्ने वित्तिकै मलाई त संगतिको याद आयो । बाजेको अगाडि चुप लागेँ । मन मनै भने ए भोलि त शनिबार पो भएछ त । पाटनमा संगति गर्ने ठाउँ नभएको । भोलिपल्ट शनिबारको दिन विहानै बाजेले भैँसी चराउन पठाए । मलाई झल झल्ती सण्डे स्कुलको याद आयो । चराउन लगेको भैँसी छोडेर गाउँमा टाप कसेँ र गाउँमा झरेर पनि पहिला घरमा गएन घर नपुगेर नै चर्च पुगिसकेको थिएँ । मलाई मेरा बा आमाले पाटनमा भैसीँ हेर्न पठाएका थिएँ । तर म संगति छोड्न सकिन लेकबाट संगति भेटाउन गाउँ झरिहालेँ । मलाई देखेर सबै छक्क पर्दै थिएँ । अनि फेरि संगति सकाएपछि एक दिन बसेर पाटनमा गएँ । बाजेले मलाई धेरै हपारे । तर पनि मैले बाजेलाई निडर साथ भने “बाजे हजुरले प्रभु येशूलाई चिन्नुहोस् मेरपछि पनि स्वर्ग गइन्छ” तर बाजे फिस्स हाँसे र भने अब मर्ने बेला के पूर्खाले मान्दै आएको धर्मलाई इन्कार गर्नु भैगो गर्दिन

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney