Monday , 23 October 2017
Breaking News

निको पार्ने काम बिरामीको निम्ति प्रार्थना गर्न विश्वास चाहिन्छ ।

jesusशनिवार ६ जेठ (२० मई)

मर्कुस ९ः१४-३२

बिरामीको निम्ति प्रार्थना गर्दा जोखिमपूर्ण पनि हुन सक्छ । जिल्लाको कुबिन्डे४, ज्यामिरेस्थित शमूएल मण्डलीका सदस्यहरुले २०७३ जेठ ६ गते मानसिक स्थिति ठीक नभएकी बिरामी सेतो परियारको निम्ति प्रार्थना गर्दा उक्त घटनाले उग्र रुप लिएपछि ती विश्वासीहरुमाथि मुद्दा चलाइयो र चार जनालाई पाँच वर्षको जेल सजाय र जनही पचास हजारको दरले दण्ड जरिमाना तोकियो । पत्रुस, याकुब र यूहन्नाले डाँडामा येशूको ईश्वरीय रुप दर्शन गरिरहँदा तल फेदीमा येशूका अरु चेलाहरुलाई एउटा ठूलो भीडले रयाख।याख्ती पारिरहेको रहेछ । एउटा गुो र बिहिरो आत्मा लागेको बिरामीलाई निको पार्न नसकेर चेलाहरुको पसिना छुटिरहेको थियो । धन्न येशू समयमै आइपुग्नुभयो र त्यस बिरामीलाई निको पारेर आफ्नो चेलाहरुलाई भीडले लाछ्लुछ् पार्नबाट जोगाउनुभो । चेलाहरुले बल्ल लामके सास फेर्न पाए ।
त्यस घटनाले चेलाहरु हैरान भएका थिए । आफूहरुले त्यत्रो बेर जोरदारसँग प्रार्थना गर्दा र हकार्दा त्यो भूत ननिस्कने तर येशूले एक पटक हप्काउँदा नै त्यो भूत डरले भाग्यो ? कस्तो अचम्म ! त्यसको रहस्य थियो चेलाहरुमा विश्वासको कमि । त्यसैले येशूले तिनीहरुलाई ए अविश्वासी पुस्ता भन्नुभयो । भूत भाग्छ भनेर चेलाहरुले विश्वासै गरेका थिएनन् । त्यसैले त्यो भूतले तिनीहरुलाई टेरेन । ह्दयमा विश्वास छ्रैन भने ओठले प्रार्थना गरेर मात्र कुनै उपलब्धी हँुदैन (हिब्रु ११ः६) । प्रार्थना गर्नको निम्ति हाम्रो ह्दयमा परमेश्वरपू्रति विश्वास हुन जरुरी छ ।
प्रार्थना : परमेश्वर पिता, प्रार्थना गर्नुभन्दा पहिले तपाईले पुरा गर्नुहुनेछ भनी विश्वास गर्न मलाई सहायता गर्नुहोस् ।

Source : Dainik Joyti

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney