Monday , 23 October 2017
Breaking News

दुई इन्चको जिब्रोले छ फिट्को मान्छेलाइ कसरी ढाल्न सक्छ

  • Nakhuनकुल चौलागाईं
    भनिन्छ “मृत्युु ,जीवनको बल र शक्ति जिब्रोमा हुन्छ हामिलाइ कमै मात्रमा थाहा छ कि दुई इन्चको जिब्रोले छ फिट्को मानिसलाई कसरी ढाल्न सक्छ सुन्दा पनि जिज्ञासा लाग्न सक्छ मान्छेको शरीर हेर्यो भने छ फिट हुन सक्छ अनि मानव शरीरको जिब्रो नाप्नुहोस लगभग २इन्च “यकजना लेखक को भनाइ छ “जीवन मृत्युको सामर्थ जिब्रोमा छ यसकारण जिब्रोले असल बोल्ने ज्ञान् हामिले हासिल गर्नु पर्छ ।मानिस यक असल खराब छुटाउन सक्ने महान ब्यक्ति हो उ समाजमा मेलमिलाप गरेर बस्न चाहान्छ तर पनि आफ्नो जिब्रोलाई नियन्त्रण र बहसमा राख्न सक्दैन यसकारण आफ्नो जीवन ज्यान नै जोखिममा पुग्न बाध्य हुन्छ किन भन्ने मुख अनि जिब्रोबाट मान्छेले अपबाद असभ्य कुराहरू निकल्द छ अनि मानिसमा बेमेल शिर्जना हुन्छ हाम्रो देसमा राजनीति इस्थिर नहुनु झैझगडा हुनु कति दुखको कुरा हो।तेस्तै आज मान्छेले बुझेर पनि नबुझेको जस्तो गरिरहेका छ्न अनि मान्छेको आखामा कालो पर्दाले ढाकिरहेको छ आखाहरु बन्द भयका छन के गर्नु तपाईं अनि हाम्रो प्राण नै तपाई हाम्रो सम्पुर्ण ब्यकतित्व हो

 

र बास्तबिकता मै प्राण नै तपाईं हो जिब्रो यस्तो महत्वोपुर्ण क्षेत्र हो जाहा आफै कमजोरी देखा पर्छ अनि बेमेलले प्रवेश पाउछ यदि हामी आफ्नो प्राणको रक्षा गर्न चाहान्छौ भने म अनि तपाईंले आफ्नो ओढ र जिब्रोको रक्षा गर्नु पर्दछ ।तर तपाई जथाभावी बोल्नुहुन्छ भने तपाईं अनि ममा सर्बनास आउनेछ अनि यहाँ बिकल्प यकदमै प्रस्ट छ यदि हाम्रो जिब्रोलाइ नियन्त्रण गर्नु हुन्छ भने तपाईं अनि म लामो समय सम्म सुरक्षीत हुनेछौ तर तपाई अनि मेरो जिब्रो अनियंत्रित भयमा तपाई अनि म आफ्नो बोलिको बचन्को मालिक हुन सक्ने छैनौ तेस पछि अन्त्य चाइ बिनास हुने छ यदि हामिले आफ्नो मुख र जिब्रोलाई समाल्न सकेउ भने तपाईं अनि म सुरक्षाको भागेदारी हुने छौ तर तपाई अनि म यति गर्न असफल भयमा बिकल्प पनि दुरभाग्य पुर्ण साबित हुन पुग्छ”दुरभाग्य पुर्ण “निकै सामर्थी शब्द हो यदि हामीहरुको छली जिब्रोलाई नियन्त्रणमा र बहसमा राख्न सकियन भने हाम्रो ओढ र जिब्रोलाई समाल्न नसकनुले अन्त्यमा दुरभाग्य वा बिनासको बाटो ल्याउछ डेरिक फिन्सको भनाइ छ निको पर्ने जिब्रो जिवनको रुख हो तर छली जिब्रो घात गर्ने वृक्ष हो ।

तर छली जिब्रोले आत्मलाइ अघात चोट पुर्याउछ यो भनाइले के प्रस्ट पार्छ भने हामिहरु बिनास गर्न सक्छौ मानिसको जिब्रो पापले भरियको हुन्छ जिब्रो नै यस्तो ठाउँ हो जाहा हरेक जिवनमा पापले प्रवेश पाउछ यहाँ केहि यस्ता क्षेत्रहरु छन जहाँ कुनै छली जिब्रोले कोहि कसैलाई अघात पुर्याउदैन तर छली जिब्रो चाहिँ यस्तो चिज हो जस दरा पापरहित जिब्रोले हामिहरुलाइ चोट पुर्याउछ यसकारण हामीहरुको जिब्रोलाई नियन्त्रणमा राखन आबस्यक पर्छ ।नियन्त्रणमा राख्नु पर्ने जिब्रो जिवनको वृक्ष हो यहाँ जिब्रोको सहि प्रयोग र जिवन बिच नाङ्ग मासुको मित्रता छ यस्को बिकल्प छली जिब्रोले हामिहरुको आत्मालाइ अघात पुर्याउछ छली छली जिब्रोको अर्थ नराम्रो बोली अरुलाइ चोट पुर्‍याउनु हो यदि हाम्रो जिब्रोको दुरुपयोग चाइ हामिहरुको आत्ममा भ्वाङ पर्नु वा छुरी प्रहार गर्नु हो यसकारण जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ यसैले हाम्रो जिब्रोलाई प्रेम गर्नेहरुले असल प्रकारको फल खान आबस्यक छ कुरा स्पस्ट छ यो जीवन हो या त मृत्यु यी दुबै चिज जिब्रोको सामर्थमा छ यदि हामी जिब्रोलाई सहि तरिकाले चलाउछौ भने जिवनको असल खम्बा हुनेछ तर हामिले जिब्रोलाई ठिक सग नचलायमा यस्को परिणाम मृत्यु हुनेछ अब हामी जुन तरिकाले जिब्रो लाई चलाउछौ यसै अनुसारको फलहामीले प्राप्त गर्न सक्छौ हाम्रो जिब्रो नम्र भलो तथा स्वस्थ छ भने हाम्रो जीवन वचन सक्छ र हामिले खाने फल पनि असल प्रकारको हुन्छ तर हाम्रो जिब्रो छुरा झै चलायमा खराप कुराले बाँस पाउने छ र झैझगडा बेमेल सिर्जना हुनेछ जस्को कारणले मानिसमा तछाड मछ्ड गरेमा खुकुरी हानाहान हुन्छ मान्छेको ज्यान जान सक्छ कारण आफ्नो जिब्रोलाई नियन्त्रणमा नराखनाले दुई इन्चको जिब्रोले छ फिट्को मान्छेलाइ ढाल्न सक्छ यसकारण जिब्रो मानव शरीरको यौटा निर्णयक सदस्य अङ्ग हो जिवन मृत्यु जिब्रोको शक्तिमा छ ।यसकारण हामी सबै जनाले आफ्नो जिब्रोलाई लगम लगाउने कोसिस गरै अपसब्द नबोलौ यो अचम्मको भगवानले दियको सुन्दर सृष्टिलाई राम्रो सग परिचालन र परिवर्तन गरै।

 

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney