Monday , 23 October 2017
Breaking News

तिम्रो रगतले लेखेर पठाएको चिठी मैले पाइसकेँ

hari Jigyashuकुनै समय घटेको घटनाको आज किन हो कुन्नी साह्रै याद आएको छ । यहि घटनाको सम्झनाले आज फेरि सान्धर्भिक लेख लेख्न बाध्य बनाएको छ । मलाई त्यतिखेर प्रेम भन्ने शब्दको अर्थ के हो ? के थाह ! प्रेम गर्ने व्यक्तिले कुनै व्यक्तिलाई कसरी प्रेम गर्छ भन्ने कुरा पनि थाहा थिएन मलाई ! उमेरले पनि सानो नै थिएँ । जसले जे भने पनि सबै कुरा नाई नभनी मानिहाल्थेँ । यहि मेरो सोझोपनको फाईदा उँठाउँदै एकजना दाईले मलाई खुबै प्रयोग गर्नुभयो । त्यो दाईको गाउँकै एकजना दिदीसंग प्रेम सम्बन्ध रहेछ । त्यो दिदीलाई पनि राम्रैसँग चिन्थेँ मैले । ती दुवै जना मिलेर मलाई हुलाके बनाएर नै छोडे । म उनीहरुले लेखेको चिठी वारपार गराउँने व्यक्तिगत हुलाके बनेँ । धेरै समयसम्म सेतो पाना भएको कागजको पानामा कालो मसीभएको कलमले लेखेर पठाएको चिठीे लिएर हात पारिदिन्थेँ । मैले उनीहरुले लेखेको चिठीको खाम खोलेर कहिले पनि हेरेन इमान्दार पुर्वक मैले मेरो हुलाके जिम्मेवारी निभाएँ । ती दुवै जनाले मलाई धेरै मायो गर्ने गर्दथेँ । एक दिनको कुरो हो, म स्कुलबाट घर जाँदै थिएँ , दाइले मलाई बाटोमा पर्खीरहेका रहेछन् । दाईको मुहार अलि निरासजनक थियो । मैले उनको स्वास्थ्येको कुनै चासो नदिई उनीले सदाजसो पठाएको चिठीको खाम समातेर हिडीहालेँ । अलि पर गएर चिठीको खाम भित्र के लेखेको रहेछ भनेर हेरेँ । चिठीको बाहिरी खाम हेर्ने वित्तिकै रातो रगतले बुझिने गरी लेखेको केही शब्द देखेँ । सदा जसो इमान्दार जनाएको मैले त्यो दिन खाम बाहिर रगतले लेखेको देखेर भित्र कसरी लेखेको रहेछ भन्ने जिज्ञासा मान्दै चिठी खोलेँ त्यहाँ पनि आलो रगतले कोरीएका केही शब्दाहरु थिए । ती शब्दहरु अति चोटिला देख्थेँ । जसरी हिजो सेतो कागजको पानामा कालो कलमको मसीले लेखेको चिठीले खासै मलाई जिज्ञासु बन्न बाध्य बनाएन तर त्यो रगतले लेखेको चिठीले मलाई केही कुरा सोच्न बाध्य बनाएर नै छोड्यो । त्यतिखेर नै मैले महसुस गर्ने अबसर पाएँ मान्छेले प्रेम देखाउँनको लागि आफ्नो शरिरको केही अंग रक्ताम्मे बनाएर रगतले समेत चिठी लेख्दा रहेछन् । म उमेरले सानो भएतापनि त्यो रगतले लेखेको चिठी देख्दा केही समय सम्म भए पनि मलाई सोच्न बाध्य बनायो र सोचे पनि, यसरी आफ्नो शरिरको रगतले चिठी लेखेर मलाई पठाई मलाई अत्यन्तै माया गर्ने व्यक्ति को होला भनेर सोचिरहेको थिएँ । त्यहि रगतले लेखेको त्यो चिठी देख्दा उनीहरु बीचको प्रेमलाई मैले अझै नजिकबाट बुझ्ने प्रयास गरेँ । तर दुःखको कुरा जति रगतले लेखेता पनि जति रोएता पनि उनीहरुको बैभाहिक सम्बन्ध जोडिन सफल नभइ उनीहरुको प्रेम सम्बन्ध छुट्यो । अनि मैले सोचेँ । आखिर यो संसारमा रगतले चिठी लेखेर दिएतापनि आफूले चाहेको मान्छे पाउँन सकिदो रहेनछ भन्ने ठूलो एउटा पाठ सिक्ने अवसर पाएँ । यसरी म ती दुवै जनाको चिठी ओसारपसार पार्ने हुलाके भएर काम गरिरहेको मान्छे उनीहरुले अन्तिम पटक पठाएको रगतले लेखेको चिठी पश्चात प्रेम सम्बन्ध टुटेपछि म एकुहुरो के के कुरा सोच्दै बस्थेँ । मलाई पनि लाग्थो कसैले मलाई त्यसैगरी रगतले लेखेर चिठी पठाओस् र म उसलाई संधै प्रेम गर्न सकुँ । यसरी नै पीडामय जीवन विताइरहेको अवस्थामा एउटा विकट गाउँमा कुनै व्यक्तिद्धारा, आज भन्दा दुई हजार बर्ष अगाडि मेरै लागि भनेर रगतको मसीले लेखेर पठाएको चिठी पाएँ । त्यो चिठी पाउँदा मेरा मनहरु खुशीले रमाएका थिएँ ,मेरो मुहार उज्यालो थियो, मेरो शरिर पहिलेको भन्दा धेरै हलुङ्गो भएको थियो, मेरो मन खुशीले चिल जस्तै माथी माथी उडेको थियो । जव त्यो आफ्नै रगतले लेखेर पठाएको चिठी खोलेर मैले पढ्न थालेँ तव मेरा आखाँबाट खुशीका आँशुहरु चुहिन थालेँ , त्यहाँ रगतले लेखेको धेरै शब्दहरु अति घत लाग्दा थिए । हे सबै थाकेका र बोझले दविएकाहरु हो म तिमीहरुलाई विश्राम दिनेछु,लगाए म तिमीहरुले कहिल्े एक्लो रहन दिनेछैन लगाएत अन्य धेरै शब्दहरु थिए । ती शब्दहरुमा म साह्रै मोहीत भएँ । यसरी मेरो येशू प्रभुले आफ्नो रगतले मेरो लागि लेखेर पठाएको चिठी म संधै पढिरहन्छु , उहाँको चिठी पढ्दै उहाँसंघ मेरा आत्माले कुरा गर्नेगर्छ, आज सम्म कहिले पनि उहाँले छोड्नु भएको छैन् । जसरी म त्यो दाई र दिदीको चिठी ओसारपसार गर्ने हुलाके भएर काम गर्दथ्येँ, उनीहरुले एकले अर्काको बीचमा प्रेम देखाउनको लागि आफ्नो रगतले चिठी लेखेको देखेको थिएँ । दुख लाग्दो कुरो रगतको मसीले चिठी लेखेता पनि उनीहरुको सम्बन्ध रहन सकेन । तर मैले आज संधै माया गर्ने र दुखमा मेरो आँशु पुछिदिने, खुशीमा मलाई उत्साह दिने प्रभु येशूले मेरै लागि भनेर रगतले लेखेको चिठी पाएको छु । त्यसैले आज म त्यहि चिठी पढिरहेको छु , पढ्ने छु, र पढिरहनेछु । त्यसैले म फेरि पनि भन्छु हे प्रभु येशू हजुरले मेरो लागि आफ्नै रगतले लेखेर पठाएको चिठी मैले पाइसेकेँ । र त्यही चिठी पढेर बसीरहेको छु र तपाईलाई सम्झिरहनेछु । एकदिन तपाई मलाई लिनको लागि आउनुहुनेछ म जानालाई तयार हुनेछु ।
– हरि जिज्ञासु
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney