Monday , 21 August 2017
Breaking News

इसाई हुनुको मुल्य र फाइदाको विचार गरौँ !

Don Mac Danielडन म्याक डेनियल
फेब्रुअरी, २०१७

रोमी ५ः८–१० “८तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । ९यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौँ । १०किनकी हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौँ ।

“आफ्ना शत्रुहरुलाई क्षमा गरी प्रेम गर्दाको अनुभव अरु कुनै पनि समयमा तपाइले
परमेश्वरको प्रेमको सागरलाई छुनु भएको जस्तो हुदैन” –करी टिन बुम

हिउँद, बिशेष गरी उत्तरी वा दक्षिण अथवा उच्च स्थानहरुको निम्ति, बर्षकै अद्भुत समय हो । रुखहरु पात झार्दछन र जमिन हिउँले पुरिएका हुन्छन् अनि पानी जमेको हुन्छ, र, हो, त्यस समय “पानी माथी हिड्न“ सम्भव हुँदछ, यो एकदमै खतरनाक समय हो जुनबेला कठांग्रिएको चिसोले औंलाहरु झर्नसक्छन् वा न्यानो बस्त्रको सुरक्षाविना मृत्युसम्म हुनसक्छ । तर जब बसन्त ऋतु आउँदछ अनि न्यानो सुर्य फर्कन्छ तब सबै भू(दृश्यहरु र रुखहरु जीवन्त हुन्छन् र जमेको पानी नरम हुँदै फेरी बहन थाल्दछ । हिउँको कम्बलले हरिया बनसपति र रङ्गीचँङ्गी फूलहरुलाई कति सुन्दरता दिएको हुन्छ । बसन्त ऋतुले त झन् चर्को गरीकन “परमेश्वर जीवित हुनुहुन्छ र ख्रीष्ट बौरी उठ्नुभएको छ ! भनि कराउँदछ“(

“परमेश्वर जीवित हुनुहुन्छ र ख्रीष्ट बौरी उठ्नुभएको छ ! भनि कराउँदछ“

इसाई बिश्वास मात्र यस्तो आस्था हो जसले यसको संस्थापक परमेश्वर हुनुहुन्छ र शरीर मा आउनुहुँदा पाप रहित जीवन जिउनु भयो तर हामी सबैले सित्तैमा क्षमा पाउन सकौं भनि हाम्रा पापको खातिर मर्नुभयो । त्यो बलिदानले प्रत्येकको निम्ति अवसर खुला गर्दछ जसले सरलता र इमान्दारिता साथ ख्रीष्टसँग क्षमा मागी आफ्नो हृदयमा निम्त्याउदछन् । यद्धपि ख्रीष्टलाई हाम्रो हृदयमा निम्त्याउनु चाहिं एउटा यात्रा र बाटोको सुरुवात मात्र हो ।

जोन बन्यानले आफ्नो प्रख्यात पुस्तक “यात्रीको प्रगतिमा“, एक जना यस्तो व्यक्ति को बारेमा उल्लेख गर्दछन् जो आफ्नो पापको भारी बोकीहिड्न संघर्ष गरीरहेको हुन्छ, जबसम्म उसले येशुसँग भेट गर्दैन जसले उसको बोझालाई हटाउनुहुन्छ र जीवनको अन्तिम यात्रासम्मै सुरक्षासाथ डरत्रास र धोकाको मार्गमा अगुवाई गर्दै अनन्त जीवनसम्मै डोर्याउनुभयो । जसै हामी नयाँ करारमा अरु इसाईहरुको बिषयमा पढद्छौ, हामीले उनीहरुमा भएको त्यो आनन्द, साहस र आशा थाहा गर्न सक्छौँ जसले गर्दा उनीहरुलाई मृत्युसम्म को सतावट, खेदो र जीवनैसम्म गुमाउनुपर्दा पनि उनीहरुलाई ख्रीष्ट प्रति सच्चा रहन शक्ति र उर्जा प्रदान गरेको थियो । यस्तो साहस र विश्वासले अरुहरुलाई ख्रीष्ट साँचो हुनुहुन्छ र उहाँले दिनुहुने क्षमादान अनि उहाँले प्रत्येक विश्वासीलाई प्रदान गर्नुहुने सम्बन्ध साँचो र शक्तिशाली छ भन्ने कुराको बिश्वास दिलाएको छ । तर जबसम्म हामी प्रत्येकले उहाँको क्षमादान र उहाँसँगको सम्बन्धको व्यक्तिगत अनुभव गर्दैनौं तब सम्म यो एउटा रहस्यनै रहने छ । त्यसै गरी हामीले कसरी एउटा दृष्टिबिहिन मानिसलाई एक सुन्दर सूर्यास्तको बारेमा दुरुस्तै गरी बुझाउन सक्छौं र? बिश्वासयोग्य बुवा वा आमाको कहिल्यै प्रेम महसुस गर्न नपाएको एक अनाथ बालकलाई कसरी आमा वा बुवाको प्रेमको बारेमा बुझाउन सक्छौं? तर जब हामी एकपटक मात्रै पनि यो कुराहरुको अनुभव गर्नेछौँ तब हाम्रो जीवन कति प्रशस्त हुनेछ ।

जब हामीले एउटा यस्तो परिवार देख्दछौँ जहाँ परमेश्वरले इच्छा गर्नुभए अनुसार एकले अर्कालाई प्रेम गर्दछन् र परमेश्वरले चाहनुभए अनुसारको जीवन बिताई रहेको देख्दछौँ तब हामीले उनीहरुसंग भएको तर हामीसँग नभएको तरै पनि हाम्रो आत्माले केहि कुराको तृष्णा गरिरहेको छ भन्ने कुराको महसुस गर्नेछौँ । त्यो हाम्रो आत्माले तृष्णा गरिरहेको केहि कुरा भनेको चाहिं हाम्रो सृष्टिकर्तासँगको सम्बन्ध हो जसले हामीलाई अरुकुनै कुरा भन्दा बढ्तागरि प्रेम गर्नुहुन्छ र उहाँको आफ्नै जीवनद्वारा हाम्रो निम्ति छुटकारा ल्याउनु भयो । म चाहन्छु तपाईहरुले आफ्नो जीवनको यात्राको बारेमा विचार गर्नुहोस् र आफैमा प्रश्न गर्नुहोस्, “के म ख्रीष्टले योजना गर्नुभए जस्तै जीवन जिउंदै छु त्?“, “के मैले, ख्रीष्टले मलाई उहाँको छुटकारामा दिनुभएको जीवन अरु समक्ष झल्काउदै छु त?“। म यो भन्न आँट गर्छु कि हामी मध्ये पूर्ण रुपमा कसैले पनि गरेका छैनौ । हामी अहिले पनि चुकेकाछौँ, मानव भएको हुनाले, ख्रीष्टले जिउनुभए जस्तो सिद्ध जीवन जिउन अझै पनि चुकेका हुन्छौं । अझै पनि उहाँले मोशा र हामीलाई पालना गर्न भनी दिनुभएको १० आज्ञा पालना गर्नमा हामी चुकेका र असफल भएका छौं । तर सुसमाचार शुभ सन्देश चाहिं यो हो कि हाम्रा बिगतका र भविष्यका सम्पूर्ण पापहरु उहाँको क्षमादानमा हटाइएको छ । हरेक दिन उहाँ माथी हाम्रो दृष्टि लगाउनु र उहाँको वचनमा समर्पित भएर निरन्तर दैनिक प्रार्थनामा रहेर हाम्रो विश्वासलाई पुनरताजकी र पुनस्जागृत गर्दै जानुपर्छ । हामी जतिनै लामो समय देखि विश्वासी भएको किन न होस् न त हामीले के हासिल गरयौ वा गुमायौ भन्ने कुरामानै, तर यो त अझै पनि उहाँको अनुग्रह र क्षमादानमा भरपर्दछ ।

हामी उहाँको सेवा गर्दछौ किनकी हामी उहाँलाई प्रेम गर्छौं र उहाँलाई खुसी पार्न चाहन्छौ, र ताकि अरुहरुले पनि उहाँलाई चिनुन र प्रेम गरुन भनि हो । स्वर्ग जान पाउँ भनि हामी उहाँको सेवा गर्दैनौ । उहाँको क्षमादानको उपहारलाई स्वीकार गर्नको लागि हामी त्यसो गर्दछौं ।

एफिसी २ः८–१० “८किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरुले उद्दार पाएका छौसर यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको वरदान हो ९कर्महरुद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ । १०किनकि हामी असल कामहरुका निम्ति ख्रीष्ट येशुमा सृजना गरिएका उहाँका हातका सिप हौँ । हामी ती बमोजिम हिंडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो ।“

तपाईहरुले अब थाहा गर्नुभयो, हामीले स्वर्गको मार्ग आफै पाउन सक्दैनौ, तर हाम्रो दैनिक जीवनमा हामीहरुले उहाँलाई प्रेम र सेवा गर्दै र उहाँसंग समय विताउदै अझ बढि उहाँ जस्तै हुन सक्छौ । जसै हामी बाइबलमा भएका विश्वासयोग्य इसाईहरुको जीवनकथा र उदाहरणहरु हेर्दछौं, इसाई जीवन जिउनु सम्भव छ र त्यसले हामीमा आनन्द र शान्ति ल्याउदछ र ति उदाहरणहरु पछ्यायौ भने तब अरुहरुलाई सकारात्मक प्रभाव छाड्न सफल हुनेछौ । उहाँ बिना हामीले एक्लै जीवन बिताउनु परमेश्वरको अभिप्राय होइन । उहाँको यस्तो अभिप्राय न अहिले छ न त पछि हुनेनैछ । असफलता थाई हुनु आवश्यक छैन र सफलता यहि अन्तिम हुँदैन जबसम्म हामीले स्वर्गको द्वार भित्र प्रवेश गर्नेछैनौँ । तर हामी हाम्रो मार्गमा निश्चित हुन सक्छौ र निश्चयनै एकदिन स्वर्गको ढोकामा पुग्नेछौँ र अरुहरुको जीवनलाई पनि प्रभावित गर्नेछौँ ताकि उनीहरु पनि स्वर्ग जान पाओस तर यदि हामी विश्वासयोग्य भईरह्यौ भने मात्र त्यो सम्भव हुनेछ ।

करी टेन बुम अहिले स्वर्गमा हुनुहुन्छ तर उनको सन्देश र कथा भने अहिले पनि जीवितनै छ । उनले हिटलरको शासनकालमा एकदमै दर्दनाक सातवट र कष्टको सामना गरिन । उनको सम्पूर्ण परिवारलाई यातना दिई मारियो र झन्डै उनि पनि । शैतानको प्रभावमा परेको दुष्ट मानिसले विश्वासै गर्न डरलाग्दो काम गर्न सक्छ होला तर परमेश्वरको सहायता लिने व्यक्तिले झन् अझ बढी अचम्मको कम गर्न सक्षम हुन्छ । ख्रीष्टले करीको परिवारलाई र उनि आफैलाई दोश्रो विश्व युद्ध र त्यसपछिका समयहरुमा सम्हाल्नुभयो । उनको आशा र मुक्तिको गवाहीको जाँच केहि बर्ष पश्चात भयो जुनबेला उनले अगुवाई गरेकी जागृति सेवामा एकजना नाजी सुरक्षाकर्मी सँग सामना गर्नु परेको थियो, जो व्यक्ति उसको सम्पूर्ण परिवारको मृत्यु र सातवटको जिम्मेवार थियो । त्यहि व्यक्ति परमेश्वरको र उनको क्षमादान खोज्दै त्यहाँ आइपुगेको थियो । केही मिनेटसम्म उनले संघर्ष गर्नुपर्यो किनकी त्यस व्यक्तिको पापको कारण उनले चुकाएको मूल्य एकदमै ठुलो थियो । उनले त्यस व्यक्तिलाई घृणा र निन्दा गर्न चाह्यो तर कारीले त्यस व्यक्तिलाई दया र क्षमा देखाई ख्रीष्टको वेदीमा नडोर्याउनजेलसम्म परमेश्वरले त्यसैबेला उनमा काम गर्नुभयो । परमेश्वरको प्रेम र दयाको कस्तो महान प्रदर्शन? यो भन्दा कस्तो महान प्रेमको प्रदर्शन हामी गर्न सक्छौँ र? यो उनले कसरी गर्न सकिनहोला? हामीले कसरी सक्छौँ होला? यदि यो गवाहीले पनि परमेश्वर को हुनुहुन्छ, उहाँको अस्तित्व छ र सबै कुरा उहाँको नियन्त्रणमा छ भन्ने कुरा बुझाउन सक्दैन भने के कुराले सक्छ त?

क्षमादानले सामथ्र्य प्रकट गदर्छ कम्जोरी होइन । घृणाले कम्जोरी प्रकट गदर्छ सामथ्र्य होइन !! तपाइले देख्नुभयो, उहाँको धार्मिकता र असल उदाहरण सँग तुलना गर्दा, हामी त्यो नाजी सुरक्षाकर्मी जस्तै खराब र पापपूर्ण छौँ । हामीले पाप गरेका छौँ र उहाँलाई विफल तुल्यायौ र तर पनि उहाँको महान दया, क्षमादान र परिवर्तनको आवश्यकतामा हामीमा केहि गर्न चाहनुहुन्छ । यद्धपि हामीले उहाँको क्षमादान प्राप्त गरिसकेको र उहाँको निम्ति जीईरहेको भएता पनि, हामीमा त्यति धेरै वृद्धि हुन बाँकी छन र अपरिपक्वता र सांसारिकपन छन् जो उहाँले त्यसको संबोधन गर्न र त्यसबाट हामीलाई शुद्ध गर्न चाहनुहुन्छ । पवित्रकरण तब मात्र सम्भव छ जब हामीले हाम्रा इच्छा उहाँमा सुम्पद्छौँ र पवित्र आत्मालाई हाम्रो हृदय भित्र आई हामीलाई परिवर्तन गराउन दिन्छौं । तर त्यस पश्चात पनि, हाम्रो इच्छाहरु र पापमय स्वभावले हाम्रो प्रेरणाहरु र कार्यहरु र विचारहरुलाई प्रभावित पारिरहेको हुन्छ जबसम्म हामी यो मानव शरीरमा हुन्छौँ । त्यसैकारण दैनिक हिंडाईलाई स्थापित गर्नु र सन्तुलनमा राख्नु, ख्रीष्टसँगको दैनिक सम्बन्धलाई प्रार्थना, बाइबल अधय्यन, अरु विश्वासीहरु सँग सङ्गति गरिराख्नु, र उदाहरणीय भई आज्ञाकारी हुनु र उहाँले हामीलाई देखाउनु भएको प्रेमको गवाही दिनु, यी सब चाँही उहाँ जस्तै हुने कुराको सुरुवात हो । इसाई जीवन सुरुवात गर्न सजिलो छ तर पुरा गर्न जीवन भरिको कार्य र संकल्पको आवश्यकता पर्दछ । यो एकदमै कठिन र असम्भव जस्तो देखिन्छ तर जबसम्म हामी हाम्रो हात उहाँको हातमा राख्दैनौ सायदै हामी सफल हुन सक्दैनौँ । तर यदि त्यसो गर्यौं भने, हामी हार्नेछैनौँ!! आखिरीमा, हामी सबैथोकका सृष्टिकर्ता र निर्वाहकको सेवा गर्दछौँ र उहाँले यति दयाका साथ मूल्य चुकाउनु भएको छ ताकि उहाँसंग व्यक्तिगत सम्बन्धमा रहन सकौँ । येशु ख्रीष्टको सुसमाचार को शुभ सन्देशनै यहि हो, र यसैले गर्दानै इसाईहरुलाई एक अर्कामा बाँधी राखेको छ चाहे कुनै ठाउँको होस् वा कुनै रङ्ग वा संस्कृति वा पृष्ठभूमिको होस् केही फरक पर्दैन । उनीहरु सबै ख्रीष्टमा एकै परिवारको दाजुभाई र दिदीबहिनी हुन् र भिन्न हुँदाहुँदै पनि थोरै भए पनि समानता छ र अलग भन्दा पनि उस्ता–उस्तै छन् ।

“ फाटेर वा हराएर जाने चिजहरु जो केही समयको लागी मात्र आफ्नो हुन्छ त्यस्ता कुरा रोज्नु भन्दा त ख्रीष्टसँगको अनन्त जीवन रोज्नु नै बुद्धिमानी हुन्छ“ – (जिम इलियट)

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney