Monday , 21 August 2017
Breaking News

कुर्सीको खेतीमा धर्मको युरिया मल

jagadishपहिलो संबिधानसभाको अवसानको पूर्वसन्ध्यातिर देशमा जातिय बिबादले चरम बिन्दु चुमेको थियो । सडकहरूमा अति आक्रमक प्रकारका नाराहरू लागेका थिए । जातिय आधारमा राज्य चाहियो भन्नेहरू कुनै हालतमा पछाडी नहट्ने सोचाइमा थिए, त अर्काथरी भने जातिय राज्य दिनै नसकिने निष्कर्षमा पुगेका थिए । अन्यौलकै अवस्थामा पहिलो संबिधानसभा बिघठन भयो । एक जुगमा एकपटक मात्रै हुने भनिएको संबिधानसभाले आफ्नो गर्भ तुहायो । अब त देशमा केहि होला भन्ने करोडौं नेपालीहरूको आशामा तुषारापात भयो । संबिधानसभा निर्वाचनदेखि सभासदको तलवभत्ता तथा संसद सचिवालयको खर्चसमेत् जोड्दाको अरबौं रकम खोलामा बग्यो ।

उक्त संबिधानसभा बिघठनको प्रमुख कारण जातिय राज्यबारेको विवाद नै थियो । त्यतिबेला जातिय राज्यको पक्षमा रहेकाहरूसँग स्पष्ट बहुमत थियो, तर संबिधान बनाउन चाहिने २ तिहाई मतको अभावमा उनीहरू आफ्नो मुद्दा स्थापित गर्न असफल भएका थिए ।

पहिलो संबिधानसभामा धार्मिक मुद्दा त्यति साह्रै चर्किन पाएको थिएन । त्यसबेला राप्रपा नेपालको प्रत्यक्षतर्फको सिट संख्या सुन्य थियो भने समानुपातिकबाट पाएको १ लाख भोटले ४ जना सभासदहरूले प्रतिनिधित्व गरेका थिए । अध्यक्ष कमल थापाले काठमाडौं र मकवानपूर गरेर दुवै ठाउँबाट चुनाव हारेका थिए । चुनाव हारिसकेपछि पहिलो संबिधानसभामा कमल थापाको उपस्थिति थिएन ।

त्यतिबेला धर्मलगायतका अरु थुप्रै बिषयमा दलहरूका बिचमा पुरा सहमति भैसकेको थियो । एकाधबाहेक सबैजसो मुद्दाहरूमा एकमत भएका दलहरूसँग पुरा हुनै लागेको संबिधानको खाका पनि थियो । यो ठुलो दुर्भाग्य भयो कि त्यस संविधानसभाले पटक पटक थपिएको म्यादमा पनि आफ्नो काम पुरा गर्न सकेन ।

पहिलो संबिधानसभाको अवशानपछि नेपालको राजनीतिले अनौठो उतारचढाव भोग्नुपर्यो । त्यतिबेलाको  पहिलो ठुलो पार्टी हालको एनेकपा माओबादीले निरन्तर रूपमा बदनामी कमाइराख्यो । माओबादीको बदनामी कांग्रेस एमाले लगायतका दलहरूलाई फलिफाप सिद्ध भयो । लगभग बढारिएका ठाउँहरूमा पनि कांग्रेस एमालेले फेरी उम्रने, फल्ने, फुल्ने मौका पाए ।

पहिलो संबिधानसभामा १ लाख जति भोट पाएको राप्रपा नेपालको अस्तित्व वास्तवमै खतरामा थियो । राजालाई काँधमा बोकेर हिंड्ने पार्टी भएकाले राजसंस्था सर्बाधिक अलोकप्रिय भएको बेलादेखि नै यो पार्टीप्रति जनताहरूको वितृष्णा थियो । यदि राजसंस्था मात्रै भनेर दोश्रो संबिधानसभाको निर्वाचनमा हामफालेको भए राप्रपा नेपालको प्रत्यक्ष सिट त परै जाओस्, समानुपातिक तर्फको एक सिट पनि नआउन सक्थ्यो । त्यहि बुझेर पहिलो संबिधानसभामा धर्मको बारेमा धेरै किचलो नगरेको राप्रपा नेपालले त्यसपछि चाहिँ हिन्दु राष्ट्रको आन्दोलनलाई पहिलो नम्बरमा राखेर राजतन्त्र फर्काउने कुरालाई देखाउने दाँतको रूपमा प्रस्तुत गर्यो ।

हाम्रो गाउँतिर एउटा चलन हुन्छ । आलुबारिमा आलु खनेर बारीको मालिक फर्किसकेपछि सिलो खोज्ने केटाकेटीहरूको त्यहाँ भिड लाग्छ । छुटेफुटेका आलु जम्मा गर्न उनीहरूको बिचमा तछाडमछाड नै चल्छ । सिलो खोज्नेहरूले कहिले धेरै भेट्छन् त कहिले थोरै । उनीहरूले धेरै पाउँछन् वा थोरै भन्ने कुरा उनीहरूको आफ्नो मेहनतमा भन्दा पनि अघि आलु खन्नेहरूको कामको गुणस्तरमा भर पर्छ । यदि कामदारहरूले राम्ररि काम गरेका थिए भने सिलो भेट्न कठिन हुन्छ, तर झारा टारेर काम गरेका थिए भनेचाहिँ सिलो खोज्नेहरू सबैको पोल्टा भरिन्छ ।

दोश्रो संबिधानसभाको निर्वाचनमा भएको पनि त्यहि नै हो । प्रमुख ३ दलले आफ्नो काममा झारा टारेका कारण राप्रपा नेपालले पोल्टा भरि सिलो भेटेको हो । चुनावताका पहाडमा “एक भोट दाइलाई, एक भोट गाईलाई” अनि तराईका कतिपय ठाउँमा “एक भोट गाछी ९रुख० मेँ, एक भोट बाछी ९गाई० मेँ” भन्ने नारा चर्चित थियो । राप्रपा नेपालले पाएको भोट न त उसका कार्यकर्ताहरूको मात्रै थियो, न त हिन्दुराष्ट्र वा राजतन्त्रका असली हिमायातीहरूका नै थियो । यदि यो सबै मत पार्टी कार्यकर्ता वा राप्रपा नेपालले उठाएका मुद्दाका समर्थकहरूको मात्रै थियो भने समानुपातिकमा पाएको मत उसले प्रत्यक्षमा पनि पाउने थियो । फलस्वरूप काठमाडौं लगायत देशका केहि निर्वाचन क्षेत्रमा उसले जित हाँसिल गर्ने थियो । तर त्यसो हुन पाएन, राप्रपा नेपालले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सुन्य सिटमै चित्त बुझाउनुपर्यो ।

दोश्रो संबिधानसभाका निम्ति समानुपातिक सभासद चयनबाट पनि यो प्रष्ट हुन्छ कि राप्रपा नेपालको चाह धार्मिक राज्य भन्दा पनि कुर्सी प्राप्त गर्नु हो । उसको खेति राज्यसत्ताको बागडोर हो, हिन्दु राष्ट्र त खेतिमा हालिने युरिया मल मात्रै हो । सबैले यो बुझे असल नै हुनेथियो कि युरिया मल धेरै भयो भने खेति मौलाउनुको सट्टा डढेर सकिन्छ ।

राप्रपा नेपालले बहुसंख्यक हिन्दूहरूलाई धार्मिक नारा भिराएर आफ्नो दुनो सोझ्याउने काम गर्यो । त्यसै रणनिती अन्तर्गत उसको पहिलो तारो नेपालको क्रिश्चियन समुदाय बन्न पुग्यो । क्रिश्चियनहरूको बिरोध गर्न जनताहरुलाई उक्साउने र त्यसको नेतृत्व आफुले गर्ने उक्त पार्टीको रणनीतिले धेरै हदसम्म काम पनि गर्यो । संबिधानमा हिन्दु राष्ट्र लेखिएन भने अनिष्ट नै हुन्छ भन्ने हिसावको दुष्प्रचार गर्ने काम भयो । धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउनलाई यसले यति पैसा दियो, उसले उति पैसा दियो भन्ने खालको अफवाह फैलाइयो ।

प्रजातन्त्रको एउटा सर्बमान्य खम्बा धर्मनिरपेक्षतालाई गलत अर्थ लगाउने काम भयो । अमेरिका, बेलायतजस्ता धर्मनिरपेक्ष देशहरूलाई एकल इसाई राष्ट्रको पगरी गुथाएर जनतामा भ्रम छर्ने काम भयो । समग्रमा भन्नुपर्दा राप्रपा नेपाल तथा अरू कतिवटा हिन्दु धार्मिक संघसंगठनले जनताका मनमा आफूप्रति बिश्वास जगाउनका निम्ति थुप्रै झुट बोल्नसमेत् पछी परेनन् । सबैभन्दा ठुलो झुट विश्वका १४५ मूलुक धर्मसापेक्ष छन्, भन्ने सम्बन्धको थियो । वास्तविकता यो हो कि ति १४५ मूलुकहरूमध्ये धेरैजसोको संबिधानमा स्पष्ट रूपमा धर्मनिरपेक्ष मूलुक भनेर उल्लेख गरिएका छन् ।

“अमेरिका धर्मनिरपेक्ष भएर के अर्थ रु त्यहाँका राष्ट्रपतिले त बाइबलमा हात राखेर सपथ खान्छन् १” धेरैको मनमा यो प्रश्न उब्जिएको होला । यो कुरा सत्य नै हो कि अमेरिकाका राष्ट्रपतिले बाइबलमा नै हात राखेर सपथ खान्छन् । तर हामीले बुझ्न जरूरी कुरा के हो भने अमेरिकाको कानुनले कुनै मुस्लिम वा हिन्दु राष्ट्रपति भएको खण्डमा उनीहरूलाई कुरान वा गीतामा हात राखेर सपथ ग्रहण गर्नबाट रोक्दैन । किनकि अमेरिका एक धर्मनिरपेक्ष राष्ट्र हो ।

हाम्रो देश धर्मनिरपेक्ष भइसकेपछि पनि राज्यले पशुपति लगायतका मन्दिरहरूलाई बर्षेनी रकम प्रदान गरिराखेकै छ, दशैंमा सरकारी कर्माचारीलाई चाडपर्व भत्ता दिईएकै छ, क्रिसमस वा इदको कार्यक्रममा सहभागी नहुने राष्ट्रपतिले दशैंमा सामुहिक टिका लगाईराखेकै छन्, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा हिन्दु देवीदेवताको मूर्तिहरू अझै पनि छंदैछन्, नेपाली सेनामा आजसम्म पनि हिन्दु(पन जस्ताको तस्तै छ ।

यदि एकदुईवटा चलनहरूका आधारमा अमेरिकालाई धर्मसापेक्ष मूलूक मान्ने हो भने त संबिधानमा धर्मनिरपेक्षता लेखिएकै भए पनि नेपाल सरकारको ब्यबहारका कारण हाम्रो देश अझैं पनि हिन्दु राष्ट्र झैं छैन र रु अनि किन बजाइएको होला ‘धर्म’ नामको यो बेमौसमी बाजा ?

नेपाल अधिराज्यको संबिधान २०४७ र नेपालको अन्तरिम संबिधान २०६३ दुबैको धर्म खण्डमा “परापूर्बकालदेखि चलिआएको धर्म मान्न सबै स्वतन्त्र हुनेछन्” भनेर लेखिएको थियो । यो जानाजान गरिएको गल्ति थियो वा सरोकारवालाहरूको गैह्र(जिम्मेवारी थियो त्यो त समयले बताउला । तर यस व्यवस्थाले आफ्नो आस्थाको निर्क्योल गर्न पाउने हरेक व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको हनन गरेको थियोरछ ।

बिक्रम सम्बत २०४८ साल बैसाख ३१ गते तदानुसार मे १४, १९९१ का दिन नेपालले हस्ताक्षर गरेको मानवाधिकारसम्बन्धि अन्तराष्ट्रिय घोषणापत्र ( १९४८ को धारा १८ ले स्पष्ट रुपमा व्यक्तिको धर्मपरिवर्तन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । साथमा यस धाराले एक्लै वा सामुहिक रुपमा, गोप्य वा खुल्ला रुपमा आफ्नो आस्थारविश्वासको प्रचारप्रसार गर्न पाउने हक हरेक व्यक्तिमा रहने बताएको छ ।

आउन लागेको नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदामा “प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने अधिकार हुनेछ” भनेर लेखिएको छ । अहिले आएर एउटा प्रजातान्त्रिक मूलुकले आफ्नो संबिधानमा यो लेख्ने हिम्मत गरेको छ कि “नागरिकलाई आफ्नो इच्छाअनुसारको धर्म मान्ने स्वतन्त्रता हुनेछ ।”

तर दुर्भाग्य १ आफ्नो पार्टीको नाममा नै प्रजातन्त्र भएको एउटा पार्टी “राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल”ले यो कुराको बिरोध गर्दैछ । नागरिकलाई धर्मपरिवर्तनको अधिकार दिइयो भन्ने दावी गर्दै अध्यक्ष कमल थापा अर्को राजनीतिक दुनो सोझ्याउने दाउमा छन् । संविधानको मस्यौदाले जबर्जस्ति धर्मपरिवर्तनको बिरोध गरेको सबैलाई विदितै छ ।

“आफ्नो आस्था अनुसारको धर्म मान्न सबैलाई स्वतन्त्रता छ” भनेर भन्नुमा के नै खरावी छ र रु आदरणीय कमल थापा ज्यूलाई मेरो खुल्ला प्रश्न यहि छस् आफैले आफ्नो आस्थाको निर्क्योल गर्न नपाउने भनेर दावी गर्ने तपाईंको प्रजातन्त्र कुन श्रेणीको प्रजातन्त्र हो ?

कसैलाई गुलियो मन पर्छ भने गुलियो खाओस्, मन पर्दैन भने अमिलो, पीरो वा नुनिलो खाओस्, यहि नै होइन र वास्तविक प्रजातन्त्र ?

जगदीश पोखरेल

गोंगबु, काठमाडौं

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney