Monday , 21 August 2017
Breaking News

धन्यवाद प्रेस विज्ञप्ती

nepali Christian arresed and freeउपरोक्त सम्बन्धमा टिच नेपालका प्रतिनिधिहरु बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङ लगायत चरिकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान, मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई स्थानिय प्रशासनले मिति २०७३ जेठ २७ गते विहिबार पक्राउ गरेको थियो । साथै स्थानिय पाष्टर शक्ति पाख्रीनलाई २०७३ जेठ ३१ गते पक्राउ गरेकोमा, मिति २०७३ असार ३ गते सबैजना थुनामुक्त भएको सन्दर्भमा नेपाल सरकार, सम्बन्धित निकाय र सहयोग पु¥याउनुहुने सबै पक्षहरुलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै दोलखा जिल्लाभित्र रहेका ख्रीष्टिय दाजुभाई तथा दिदिबहिनीप्रति यस घटनाबाट पर्न गएको दुखमा सहभागी हुँदै आगामी दिनमा पनि जिल्लाभित्र रहेका ख्रीष्टियन समुदायलाई साथ, सहयोग र सहकार्यमा निरन्तर लाग्दै समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्दै अहोरात्र लागी पर्ने सम्पुर्ण पाष्टर तथा अगुवा मित्रहरुलाई स–धन्यवाद ज्ञापन गर्न चाहन्छौ ।
नयाँ संविधानले धर्मनिरपेक्षतालाई संस्थागत गर्दै देश धार्मिक स्वतन्त्रताको मार्गमा अघि बढिसकेको हुनाले नागरिकले आफ्नो आस्थाअनुसार धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्नुहुदैंन भन्ने महासंघको मान्यता रहेको छ । देशबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं सबैको साझा फूलबारी हो । अतः यहाँ रहेका हामी ख्रीष्टियन समुदाय सबै धार्मिक समुदाहरुलाई सम्मान गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतामा रहन चाहने समुदाय भएको कुरा स्पष्ट गर्न चाहन्छौं । यदि ख्रीष्टियन समुदायको तर्फबाट कसैको आस्था तथा भावनामा बाधा पुगेको महशुस गरिएको भए गहिरो दुःखका साथ यसै विज्ञप्ती मार्फत हामी क्षमा याचना गर्दै आगामी दिनहरुमा त्यस्ता कार्य दोहो¥याउन नदिने विश्वास दिलाउन चाहन्छौ । साथै ख्रीष्टियन समुदायलाई आफ्नो धार्मिक अभ्यास गर्ने क्रममा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा सचेत रहन आग्रह गर्दछौं । हामीले कसैको पनि धर्म जवरजस्ती परिवर्तन गर्नुहुँदैन र सबैको आस्थालाई सम्मान गर्दै अघि बढ्नुपर्दछ भन्ने महासंघको ठहर रहेको छ ।
देशमा धर्मनिरपेक्षता संस्थागत भैसकेको र नयाँ संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका विभेदलाई अन्त्यगर्दै प्रत्येक नागरिकलाई समान हक अधिकार र स्वतन्त्रता प्रदान गरिनेछ भनी संविधानले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा राज्यले देशको कानूनलाई सम्मान गर्दै कानूनी राज्यको प्रत्याभूति आमजनतालाई दिलाउन महासंघ हार्दिक अनुरोध गर्दछ ।
सोहि सन्र्दभमा देशभर रहेका ख्रीष्टियन समुदायहरुको राष्ट्रिय सरोकारका विषयहरुमा नेपाल सरकारसँग १३ बुँदे माग प्रस्तुत गरि ख्रीष्टियन संघसंस्थाहरुलाई मर्यादित र व्यवस्थित गराउन ३ बुँदे र ६ बुँदे सहमति भैसकेको व्यहोरा अनुरोध गर्न चाहन्छौ । नेपाल सरकारको तर्पmबाट उक्त सहमतीहरु हालसम्म कार्यान्वयन नगरेको हुनाले हामीमाथी यस्ता विभिन्न समस्याहरु समाजमा सिर्जना भइरहेका छन् भन्ने हाम्रो अनुमान रहेको छ । अतः ती सहमतिहरु अविलम्ब कार्यान्वयन गर्नको लागि सरकार समक्ष जोडदार माग गर्दछौं । उक्त सहमतीहरु कार्यान्वय नगरि धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक, लगायतका विषयहरुमा देशलाई सम्वृद्ध बनाउने तर्फ ख्रीष्टियन समुदायको तर्फबाट आवश्यक भुमिकाप्रति प्रतिबद्ध रहने व्यहोरा स्पष्ट गर्न चाहन्छौ ।
अन्तमा, पक्राउ परेका बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङ लगायत प्रिन्सिपल प्रकाश प्रधान, विमल शाही र शक्ति पाख्रीनलाई थुनामुक्त गराउनको लागी सहयोग गरिदिनुहुने नेपाल सरकारका सम्बन्धित निकायहरु, राजनितिक दलहरु, अधिकारकर्मी, संघ÷संस्था, व्यक्ति, नागरिक समाज, अन्र्तधार्मिक समुदाय, पत्रकार मित्रहरु र अहोरात्र प्रार्थना गर्नु हुने मण्डली (चर्च) लगायत स्वदेश तथा विदेशका समस्त ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल पुनःहार्दिक धन्यवाद व्यक्त गर्दछ ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney