Friday , 17 November 2017
Breaking News

अनुग्रह समाज कल्याण संस्थाले बाढी पिडितहरुलाई राहत

अनुग्रह समाज कल्याण संस्था- कास्कीले केराबारी गाउँपालिका वडा नं ५ र ६ का १००परिवार बाढी पिडितहरुलाई राहत स्वरुप कम्बल,झुल,साबुन,जीवनजल र झाेला बितरण गर्नुका साथै साेही वडाका ५०० परिवारलाई ५ हजार मिटर खानेपानीकाे पाईप गाउँपालिका प्रमुख राेहित कार्कीलाई हस्तान्तरण गर्याे। अनुग्रह समाज कल्याण संस्थाका संस्थापक अध्यक्ष डा. शामुयल संग्राम राईले राष्ट्रिय विपत्तिकाे बेला राजनीति ,जाती,बर्ग र धर्म भन्दा माथी उठेर मानवताकाे नाताले अाफुसंग जे छ त्याे दिएर बिपत्तिमा परेको पिडितहरुलाई सहयाेग गर्न अाव्हान गर्दै सरकारले तदारुकताका साथ पिडितलाई राहत र पुनर्स्थापना काे कार्य गर्नुपर्ने बताए । यसअघि पनि समाजले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयाेग गर्दै अाएकाे अध्यक्ष राईले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका प्रमुख राेहित कार्कीले शुद्ध हृदयले बाढीपिडितहरुलाई र समग्र वडाबासीलाई सधैकाे निम्ति खानेपानीकाे समस्यालाई समाधान गरिदिएकाेमा धन्यवाद व्यक्त गर्दै यस्ताे खाले सहयाेग गाउँपालिकामा गरिदिन अाग्रह गर्नुभयाे। बाढी पिडीतहरु राहतपाएर खुसी हुदै अाफ्नाे समस्याबुझी सहयाेग गरेकोमा संस्थालाई लाई धन्यवाद दिए। कार्यक्रममा केराबारी गाउँपालीका प्रमुख, वडा नं. ५ र ६ का वडाध्यक्ष र ईम्मानुयल कृपा चर्च धरानका पाष्टर जाेसेफ राई (हिमाल)र अापत्कालिन उद्दार समुहका पा.बिक्रम बर्णबासकाे पनि सहभागिता रहेकाे थियाे।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney