Friday , 17 November 2017
Breaking News

तराई डुबेको बेलामा बि. पी. खनालले फरक तर प्रशंसनीय तवरले आफ्नो जन्मदिन मनाउनुभयो ।

तराई डुबेको बेलामा बि. पी. खनालले फरक तर प्रशंसनीय तवरले आज आफ्नो जन्मदिन मनाउनुभयो । उपहार दिन इच्छुक विश्वासीहरूलाई उहाँले नगद दिन अनुरोध गर्नुभयो । कुनै पूर्वतयारीविना नै आजै रु. ३९,००० उठेको छ र सङ्कलित रुपियाँ उहाँले महोत्तरी जिल्लाको कुनै एउटा गाउँका बाढीपीडित परिवारलाई छुट्ट्याउनुभएको छ । फोटोमा उहाँ नगद सङ्कलन गर्दै हुनुहुन्छ । उहाँमार्फत सहायता गर्न चाहनेहरूले निम्न लिखित नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छः ९८४३५७५२८१ वा ९८१३६२३०७२ ।

को हुन् बि. पी. खनाल? बि. पी. खनाल लेखक, सम्पादकसाथै अनुवादक हुनुहुन्छ । जनजागरण पार्टी नेपालका महासचिव खनाल धार्मिक स्वतन्त्रताको अभियन्ता पनि हुनुहुन्छ ।

१९ अगस्त १९६८ मा मोरङमा जन्मनुभएका बि. पी. खनाल ९ वर्षको उमेरमा हिन्दु धर्मको अध्ययनको लागि भारतको बनारस विश्वविद्यालयमा पुग्नुभएको थियो । तर विभिन्न धर्मको तुलनात्मक अध्ययन गर्न खोज्नुहुँदा उहाँको हातमा इस्लामिक धर्मशास्त्र कुरआन फेला परेपछि उहाँ विश्वविद्यालयबाट १३ वर्षको उमेरमा निष्कासित हुनुभयो ।

त्रुटि पत्ता लगाउने दृष्टिकोणबाट बाइबल पढ्न थाल्नुभएका बि. पी. खनाल बाइबलका वचनहरूबाट नै प्रभावित हुनुभयो र उहाँले आफ्नो जीवन प्रभु येशूमा सुम्पनुभयो ।

७ ओटा प्रकाशित कृतिका रचनाकार खनालले २०० भन्दा बेसी पुस्तकहरूलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिसक्नुभएको छ । उहाँका २५० ओटाभन्दा बेसी फुटकर रचनाहरू झण्डै तिन दर्जन पत्र-पत्रिकाहरूमा छापिसकिएका छन् ।

चार ओटा छुट्टाछुट्टै क्षेत्रमा स्नातकोत्तर गर्नुभएका बि. पी. खनालले फिलिपिन्सस्थित IGSL बाट ख्रिस्टाब्द २००८ मा ख्रीष्टियान मिसनमा मास्टर अफ डिभिनिटी अर्थात् स्नातकोत्तर गर्नुभएको थियो । हाल उहाँले सर्वाङ्गीण सेवाअन्तर्गत भारतको SHIATS बाट विद्यावारिधि गर्दै हुनुहुन्छ ।

काठमाडौँको तिनकुनेस्थित प्रभुको मण्डलीका एल्डर खनालको परिवारमा पत्नी तारा देवी र छोरीहरू प्रतिक्षा, महिमा र कृति छन् ।

  • Kamal Adhikari
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney