Monday , 23 October 2017
Breaking News

येशू र पवित्र आत्माको सहायता मसिहा पार्टीलाई छ अरुलाई छैन – डा. रमेश खत्री

विश्वास थापा ।
आज सुकेधारासस्थित एक प्याटी प्यालेसमा आमुल परिवर्तन मसिहा पार्टी नेपालले स्थापनको पहिला वर्ष गाठ भब्य रुपमा एक  कार्यक्रम बीचमा मनाएको छ । अब्दिल मुखियाको सुरुको प्रार्थना साथै केन्द्रिय सदस्य डिल्ली चौलागाईले स्वागत गरेका थिए । कुशलतापूर्वक पुनम पञ्चकोटीले सञ्चालन गरेकी थिइन ।
सृष्टि सुनारले बाइबल हातैमा… भन्ने गीत गाएर आशिषमय बनाइकी थिइन । प्रमुख अतिथि डा. रमेश खत्रीले वचनबाट प्रकाश पार्नुभएको थियो । उहाँले रोमी १२ः १ र २ बाट सिकाउनु भएको थियो । उहाँ थप्नुभयो, परमेश्वर इच्छा अनुसार बलिदानपूर्ण जीवन जिएर इसाई राजनीतिज्ञले देशमा आशिष ल्याउछन् । पवित्रता जीवन जिउनु पर्दछ । पवित्रताले बलिदान माग्दछ । येशू र पवित्र आत्माको सहायता मसिहा पार्टीलाई छ अरुलाई छैन । उहाँले केही अन्तराष्ट्रिय उदाहरण पनि दिएका थिए । विलियम विलफर्सले ४९ वर्षपछि लामो संघर्षपछि बेलायतमा दास प्रथा अन्त्य भयो । जस्तै भारतमा पनि विलियम केरीले दासप्रथा, सति प्रथा आदिको अन्त्य गर्न सफल भए यसकै प्रभावमा नेपालमा पनि सति प्रथाको चन्द्रशमशेर रोकेका थिए ।
पार्टीका सचिव विआर लामाले पार्टीका एतिहास, पार्टीले के के ग¥यो हालसम्म कार्य प्रस्तुत गरेका थिए । उनको अनुसार, हालसम्म १ वर्ष भित्र १ हजार साधारण सदस्य बनेको जिकर गर्नुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेका थिए ।
अध्यक्ष भरत गिरीले तर्कसंगत आफ्नो कुरा राखेको थिए । ख्रीष्टियन पार्टी भनेर आउँदा बाहिरका ठूला दलहरुले स्थानिय चुनावमा ख्रीष्टियन टिकट दिएको दावी गर्नुभयो । यही पार्टी गर्दा नै कटरबादी पार्टीसमेत आफ्नो घोषणा पत्रमा चर्चहरुलाई सहयोग गर्ने भनेर आएको थियो । यो सबै यही पार्टीको प्रभाव हो भन्ने दाबी दोह्राइ रहे । चेलीवेटी बेचविखन, इसाईले चिहान घारी नपाएको, छोरीहरुको भ्रूण हत्या र खाडीमा गएर नोकर पठाउने देश भनेर चिनेका देख्दा आफू राजनीतिमा लागेको प्रस्ट पारे । ईश्वर डर मान्ने मात्र देशमा असल शासन गर्दछ आफ्नो पार्टी यही आधार शिलामा खडा भएको बताउनु भयो । येशू आज भएको भए देशमा कसरी शासन गर्नुहुन्थ्यो, हो… यस्तै हामीले गर्न खोजेको हो भन्ने तर्क गर्नुभएको थियो । अब अझ पार्टीलाई सशक्त रुपमा कार्य गर्दै जाने उद्घोससमेत गरे ।
यस्तै कोषध्यक्ष सुशिला बेगमले लगभग ४ लाखले ४० वटा जिल्लामा पुगेर कार्य गरेको बताइन ।
डा. रमेश खत्रीले प्रार्थना गरि सो कार्यक्रम समापन भएको थियो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney