Monday , 23 October 2017
Breaking News

बि.एन.सि.ए. सातौँ शिखर सम्मेलन भब्यताका साथ शुरू

Dinesh Shrestha

अमेरिकाको एटलान्टा, जोर्जियामा नेपाली समयअनुसार अाज मध्यरातबाट शुरू भएको बि.एन.सि. ए.को सातौँ शिखर सम्मेलन भब्यताकासाथ शुरू भएको छ । बहु-प्रतिक्षित बि.एन.सि.ए.को सम्मेलनलाई बि.एन.सि.ए.का अध्यक्ष पास्टर नोर्बु तामांगले मैनबत्ती बालेर शुरुको प्रार्थना गरी उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा पास्टर सन्तोष रामदामले तयार गर्नुभएको नेपाली भाषी भुटानीहरू भुटान हुदैँ नेपालमा शरणार्थी भई कहालीलाग्दो जीवनयापन, पुनर्बासका क्रममा नेपाल हुदैँ अमेरिका प्रस्थान गरेका हजारौं शरणार्थीहरूको इतिहासलाई भिडियोमा प्रस्तुत गरिएको थियो । बि.एन.सि.ए.का सचिव पास्टर जोन राईले स्वागत मन्तब्य राख्नुभएको थियो भने उपाध्यक्ष डा. मनोज श्रेष्ठले बि.एन.सि.ए.को संक्षिप्त परिचय दिनुभएको थियो । कार्यक्रममा उपस्थित अामन्त्रित पाहुना, पास्टर, अगुवा, गायक, गायिका तथा सम्पूर्ण विश्वासीहरूलाई पास्टर माइकल मंगर दम्पतिले संयुक्त रुपमा स्वागत गर्नुभएको थियो । एटलान्टा, जोर्जियाका मण्डलीहरूबाट संयुक्त रुपमा बनेकाे क्वायर झुण्डले आराधनामा अगुवार्इ गरेका थिए । साे कार्यक्रमको पहिलो दिन दुई प्रमुख वक्ता मध्ये युवा पास्टर इन्द्र कोइरालाले परमेश्वरको बोलावट र मिसनको बारेमा वचन प्रचार गर्नुभर्इ सबैलाई आशिषित तुल्याउनु भएको थियो । कार्यक्रमको पहिलो चरण समापन भएसंगै डिनरकाे कार्यक्रम रहेकाे थियाे । डिनर लगत्तै दोस्रो चरणको कार्यक्रम शुरु गरिएको थियो । दोस्रो चरणको कार्यक्रमलाई गोस्पेल कन्सर्ट नाम दिएको साे कार्यक्रमलार्इ ख्रीष्टियन प्ल्याटफर्मका सचिव पूर्ण विश्वले सञ्चालन गर्नुभएको थियो भने नेपालकी चर्चित गायिका अन्जु पन्तका साथमा अमेरिकाबाट चर्चित गायक सन्तोष तिर्वाले पनि बेजोड प्रस्तुति दिनुभएकाे थियो । साथमा अन्य गायक गायिकाहरूले पनि अा अाफ्नाे प्रस्तुति दिएका थिए ।
बि.एन.सि.ए.को याे सातौँ शिखर सम्मेलन अमेरिकामा मात्र नभएर संसारभरि छरिएर रहेका नेपाली भाषी इसाईहरूमा निकै समयदेखि प्रतिक्षा गरिएकाे याे सम्मेलन अझै दुर्इ दिन चल्नेछ । स्मरण रहाेस् यस कार्यक्रममा अतिथि पाहुनाका रूपमा सहभागी हुन नेपालका विभिन्न पास्टर तथा अगुवाहरू पनि यतिखेर अमेरिका पुग्नुभएकाे छ । यस कार्यक्रमलाई संसारभरि अनलाइन मार्फत WWW.BNCA2017.com लगइन गरी प्रत्यक्ष हेर्न सकिने जानकारी अायाेजकले दिएकाे छ ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney