Monday , 21 August 2017
Breaking News

अमेरिकाको भ्रमण प्रोजेष्ट मूलक हुँदैन तर उपलब्धिमूलक अन्तराष्ट्रिय भ्रमण हुनेछ । सिवी गहतराज (राष्ट्रिय ख्रिस्टियन महासंघका – अध्यक्ष)

 

२०७४ साउन ९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै आउँदो साउन १२ गतेदेखि ३ हप्ते संयुक्त राज्य अमेरिकास्थित लरेन्सभिल्ला जर्जियामा हुन लागेको बि.एन.सि.ए २०१७ सम्मेलनमा भाग लिन महासंघका तर्फबाट अध्यक्ष सि.वि गहतराज र प्रवक्ता पास्टर सागर बैजु अमेरिका जान लागेको जानकारी एक कार्यक्रम गरि सार्वजनिक गरेको छ ।
सो भ्रमण अमेरिकामा बसोबास गर्ने भुटानी नेपालीहरूले आयोजना गरेको एक सम्मेलनमा भाग लिन भएतापनि त्यहाँ अमेरिकाको विभिन्न ठाउँमा रहेका नेपालीहरूसँग सम्बन्ध प्रगाढ बनाउनका साथै अमेरिकामा बसोबास गर्दै आएका भुटानी नेपालीहरूसँगको सम्बन्ध अझ मजबुध्द हुने विश्वास लिएर त्यसतर्फ जान लागेको जनाएको छ । उक्त सम्मेलनमा नेपालभरका ख्रीष्टियन समुदायको प्रतिनिधित्व गर्दै नेपालमा रहेका ख्रीष्टियन समुदायको वर्तमान अवस्था र स्थितिको जानकारी गराउने उद्देश्य रहेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष गहतराजको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण कार्यभार सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीलाई दिइएको छ भने उप–महासचिव तथा प्रवक्ता पा.सागर बैजुको अनुपस्तिथिमा अर्का उप–महासचिव पास्टर चन्द्रमान नेपालीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको छ । सागर बैजुले भने, “यस भ्रमणमा मात्र महासंघको कुरा उठाउने, व्यक्तिगत कुरा लगायत अरु कुनै कुरा राख्ने छैन ।”
महासंघले पछिल्लो समय विदेश भ्रमण जाने र आउदा पत्रकारहरुसँग भेटघाट गर्ने परम्परा स्थापित गरेको छ । अरु विभिन्न संस्थाका आधिकारिक व्यक्ति कतै गएको र आएको चालै पाइदैन तर महासंघले यो गर्दा अरुले पनि सक्नेछन् ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney