Monday , 21 August 2017
Breaking News

नेपाल वप्तिस बाइबल कलेजको दिक्षान्त समारोह २०१७ समापन

प्रकाश पाख्रिन
नेपाल बप्तिस मण्डली परिषद् अन्दर्गत रहेको शिक्षा विभाग नेपाल बप्तिस बाइबल कलेजले आफ्नो दिक्षन्त समारोह २०१७ सुसम्पन्न गरिएको छ । जुन ४ तारिखका दिन लिभिङ बप्तिस मण्डली ललितपुर नखिपोटमा सुसम्पन्न भएको उक्त समारोहमा ब्याचलर इन थेउलोजी (बि.टि.एच) तर्फ ९ जना र सर्टिफेकेट अफ थेउलोजी (सि.टि.एच) तर्फ २३ जना विद्र्थीहरु दिक्षन्तीत हुनुभएको थियो । समाहरोमा मुख्या अतिथिको रुपमा रेभ. डा. मंगल मान महर्जन लगयातका अन्य अतिथिहरु रहनु भएको थियो ।
विगत दुई दशक देखि नेपालमा रहेका विशेष गरेर बप्तिस समुदयका ईश्वारशास्त्र अध्यान गर्न चाहनेहरुको निम्ति लक्षित गरी स्थपना भएको हो । यस कलेजमा हाल सर्टिफेकेट अफ थेउलोजी सि.टि.एच.,डिप्लोमा इन मिनिष्ट्री डि.मिन, ब्याचलर इन थेउलोजी बि.टि.एच र मास्टर इन डिभिनी एम.डिभ.का कक्षाहरु सन्चलानमा रहेका छन् । उक्त समारोहमा निवर्तामान प्रिन्सिपल सुवास प्रधानलाई विगतका वर्षहरुमा नेपाल बप्तिस बाइबल कलेजमा रहेर पुर्याउनु भएको योगदानलाई कदर गर्दै साम्मान समेत गरिएको थियो । नेपाल बप्तिस बाइबल कलेज एसिया थेउलोजी एसोसेशन आटाबाट मान्यता प्राप्त समेत रहेको छ ।
दिक्षान्तीत विद्र्थीहरु चार वर्षसम्म कलेजमा रहेर आफुले ईस्शारीय शास्त्र आध्यन गरि आफुलाई सुशज्जित पारिएको र अबको दिनहरुमा ख्रीष्टको प्रेमलाई बाड्नको आफनो गाउँठाँउमा गई सेवाकाई गर्नको निम्ति निकै नै उत्साहित रहेको कुरा कार्यक्रममा राख्नुभएको थियो ।सामारोहमा कलेजका डिन सान्तोस बस्नेतले कालेजले विगतका वर्षहरुमा गर्दै आएका विभिन्न कार्यक्रमहरुलाई र कालेजका प्रगति विवारण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सुरुको प्रार्थना पास्टर देबराज भण्डरीले गर्नुभएको थियो भने आब्राहम जिआरले समारोहलाई कुशलता पुर्वक सन्चलन गर्नु भयो र अन्त्यमा रेभ. हरि गुरुङको प्रार्थना पश्चयत समारोह सुसम्पन्न भएको थियो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney