Monday , 23 October 2017
Breaking News

दाङ चेलापन तालिमबाट ३० विद्यार्थी दिक्षान्तित ।

दाङ चेलापन तालिममा सहभागी भएका विद्यार्थीहरुको नबौँ दिक्षान्तित समारोह आज सम्मपन्न भएको छ । बैशाख ४ गते देखि सञ्चालित उक्त तालिममा रुकुम, रोल्पा, सल्यान,दाङ र बाँके लगाएतका जिल्लाबाट जम्मा ३० जना विद्यार्थीहरुको सहभागी रहेको थियो । तालिम आयोजक दाङ जिल्ला ए.जी गुरु संगतिले आज एक औपचारिक कार्यक्रमका साथ प्रमाण पत्र,उपहार र बधाई तथा शुभकामना दिदैँ विद्यार्थीहरुलाई विधाई गरेको छ । तालिम अवधिभर विद्यार्थीहले सिकेका कुराहरुको परिक्षा गरि नतिजा समेत प्रकाशन गरिएको थियो जसमा हिरा पुन प्रथम, जुन् पुन दोस्रो, रेविका राना मगर, तेस्रो, रहनुभएको थियो भने तालिम अवधिभर मुल्याङ्कनका आधारमा अनुसाशनबाट जुन् पुन प्रथम हुनुभएको छ । उक्त चेलापन तालिम ए.जी. गुरु संगतिले प्रत्येक वर्ष संञ्चालन गर्दै आएको छ भने प्रत्येक वर्ष विद्यार्थीहरुको संख्या बढ्दै गएको जानकारी पाईएको छ । उक्त दिक्षान्तीत समाहरो अति आशिषमय रुपमा सम्पन्न भएको छ ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney