Friday , 17 November 2017
Breaking News

म पदको भोको होइन : भरत गिरी

Ap party Nepal१२ जुन २०१७
विश्वास थापा

ललितपुरस्थित युनिफर्सल क्याफेमा आमूल परिवर्तन मसिहा पार्टी नेपालले आस्थाका ख्रीष्टियन पत्रकारहरुसँग अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । अधिक समय यस पार्टीका अध्यक्ष भरत गिरीले पार्टीको धारणा व्यक्त गर्नुभएको थियो । संचालक सचिव वर्णवास तितोङले संचालन गर्नुभएको थियो ।
थाहा पाइ पाई हामीले ख्रीष्टियन पार्टी र क्रूस चिन्ह मागेका थियौं तर भनेको जस्तो पाएनौ । यो पार्टी शुरु हुनुको कारण पहिलाका पार्टीले काम नगरेकोले गर्दा शुरु भएको बताउनु भयो । मसिहा शब्द राजनीति शब्द साथै धार्मिक शब्द पनि हो भन्ने उनको ठम्माइ छ । पाष्टरले राजनीतिक गर्नुपर्दछ पछि एकसमय आउछ यस्तो नहुन पनि सक्दछ ।
यो नेपालको एक मात्र इसाई पार्टी भएको दाबी गरेका छन् । ख्रीष्टियन पार्टी भएपछि देशमा केही सकारात्मक संचार भएको बताउनु भयो । यही पार्टीले गर्दा ख्रीष्टियनहरुलाई अरु पार्टीले टिकट दिए, इसाईहरुको शक्ति बढ्दैछ र राप्रपा नेपालले समेत आफ्नो घोषणा पत्रमा चर्चहरुलाई सहायता गर्ने बताएको छ । यो हाम्रो पार्टीको सकारात्मक प्रभाव हो भन्नुभयो ।
आफ्नो मसिहा पार्टीले अरु पाटीहरुसँग नमिल्ने बताए किनभने हाम्रो पार्टीको एजेन्डा अरुसँग खासै नमिल्ने दाबी गर्नुभयो । ख्रीष्टियन भोटबाट जितेका संसदलाई इन्कित गर्दै भने, “उहाँले ख्रीष्टियनहरुको मुद्दालाई ध्यान दिएन । कति पटक भेटर भन्दा पनि सुनाई नभएपछि बाध्य भएर यो बाटो लिएको हो ।”
समुदायको हितको लागि आफू पदको भोको नभएको समेत प्रस्टाए । ४० वटा भन्दा बढी जिल्लामा पार्टी विस्तार भएको छ । १२८ वटा पाटीहरुभन्दा यो पार्टी किन फरक छ भन्ने प्रश्नमा यो पाटीले बाइबलीय मूल्य, मान्यता, सिद्धान्त, दर्शन बोकेको बताउनु भयो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney