Friday , 17 November 2017
Breaking News

विश्व सेवा बिस्तार संस्थाको समाज कल्याण परिषद्बाट विश्व सेवाको खुलेर प्रशंसा

wmooझापा, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणी बरालले मानव बेचखिनका घट्ना घटाउन त्यसको मुहाननै पहिचान गरी बन्द गर्नु पर्ने बताउनु भएको छ ।
मानव बेचबिखन रोक्न नेपालको पूर्वी नाकामा खटिएको विश्व सेवा बिस्तार संस्थाको अनुगमनका लागि झापा आउनु भएका बरालले नेपालका धेरै जिल्लाहरू यसका लागि अति जोखिममा रहेको बताउँदै यस्ता जिल्लाको पहिचान गरी यस्ता घटना पत्ता लगाउन संस्थाहरू लाग्नु पर्ने उँहाको भनाई रहेको थियो । यो कार्यक्रम नाकामा सञ्चालन गर्न अधिक मात्रमा चुनौती सँगै खुसीको कुरा समेत रहेको भन्दै नेपालका नुवाकोट,सिन्धुपाल्चोक,मकवानपुर,रसुवा,धादिङ अधिक मात्रमा यसका लागि जोखिम क्षेत्र रहेको उँहाले बताउनु भयो ।
संस्थाले छोटो समयमा गरेको प्रगतिको खुलेर प्रशंसा गर्नु भयो । उँहाले यस्ता कार्यक्रमहरू अन्य जिल्लाहरूमा बिस्तार गर्न सुझाव समेत दिनु भयो । नेपालको काकँरभिट्टा क्षेत्रमा विगत १५ महिना देखि सञ्चालनमा रहेको यस संस्थाको वार्षिक प्रगति शाखा प्रमुख मुना आर्चायले प्रस्तुत गर्नु भएको थियो । सो क्रममा संस्थाले यो अवधिमा यस नाकाबाट जोखिममा पर्न लागेका ५ सय ८१ जनालाई अभिभावकको जिम्मा लगाइएको बताइएको छ ।
साथै यो अवधिमा ६ जना उपर जिल्ला अदालतमा मुद्धा चलेको छ । कार्यक्रममा सस्थाले सञ्चालन गरेको र यसै क्रममा समाज कल्याण परिषद्का अनुगमन टोली सँग आउनु भएका संस्थाका राष्ट्यि निर्देशक मान बहादुर खत्रीले संस्थाले चाडै पशुपतिनगर बोर्डर लगायतका नेपालका ठुला १० नाकाहरुमा भविष्यमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको बताउनु भयो । संस्थाका निर्देशकले आफ्ना सम्पूर्ण बोर्डर कर्मचारीहरूलाई कामको मुल्याङकन गर्दै धन्यवाद समेत दिनु भयो । र समाज कल्याण परिषद्का पदधिकारीहरुलाई नियमित अनुगमन गरी सहयोग पुर्याई दिनु हुन अनुरोध समेत गर्नु भयो । संस्थाका शाखा अध्यक्ष तरुण राईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका काँकरभिट्टा बोर्डर कर्मचारी प्रमिला दुराल,भद्रपुर बोर्डर संयोजक डमर बहादुर राना लगायतले बोल्नु भएको थियो । नेत्र प्रसाद आर्चायको स्वागत रहेको कार्यक्रमको सञ्चालन खगेन्द्र घिमिरेले गर्नु भएको थियो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney