Monday , 23 October 2017
Breaking News

मध्यमाञ्चल क्षेत्रीय अध्यक्षमा पा. तारा सिहं गुरुङ

ncfn 2विश्वास थापा
मेइ, ३१, २०१७
नेपाल राष्ट्रिय मण्डली संगतिको मध्माञ्चल क्षेत्रीय आधिवेशन साथै बार्षिक प्रतिनिधि सम्मेलन आराधना मण्डली, सानेपामा सम्पन्न भएको छ । ३ तिनदेखि चलेको सम्मेलनमा विभिन्न आत्मिक सेवकाई र विभिन्न विषयमा छलफल भएको थियो ।
पूर्व अध्यक्ष पा. विर बहादुर तामाङले सभापतित्व निभाउनु भएको थियो भने उहाँको कार्यक्षेत्र चितवनमा रहेको छ । उहाँले २ कार्यकालसम्म मध्यमाञ्चलको क्षेत्रीय अध्यक्षमा रहि सेवकाइ गर्नुभएको थियो ।
अन्तिम दिन ७ जना क्षेत्रीय कार्यसमितिको लागि चुनाव भएको थियो । सो चुनावमा अध्यक्षको लागि २ जना व्यक्ति लडेको थिए ।
अध्यक्षमा पा. तारा सिंह गुरुङले बाजी बाड्नु भएको छ । उहाँले १४७ मत ल्याएर मध्यमाञ्चल क्षेत्रीयको अध्यक्ष हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी विष्णु ब. बस्नेत –पावल) ८० मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा निर्वीरोध गौरी रुम्बा, सचिव राम ब. थिङ ( १०५मत ), कोषाध्यक्षमा प्रेम परियार (मत १२१) सदस्य तर्फबाट बचीमाया मेगी ( महिला, १४६ मत), शेर ब. मोक्तान (१३४ मत ) र शेर ब. प्रजा (१०८ मत) ल्याइ विजय हुनुभएको छ ।

निर्वाचित हुनुभएको ४४ वर्षीय अध्यक्ष तारा सिंह गुरुङको १५ वर्षदेखि निरन्तर सेवकाइमा हुनुहुन्छ । सिरकोट मण्डली, विरेन्द्रनगर, चितवनका पाष्टरीय सेवकाइमा अगुवाइ गरिरहनु भएको छ । २ छोरा र श्रीमतीसहित चितवनमा स्थायीरुपमा बसोबास गरिहनु भएको छ ।
वचन पत्रिकालाई प्रतिक्रिया दिर्दै भने, “अब गाउघरका विभिन्न मण्डलीहरुको समस्यालाई समधान गर्ने प्रतिवद्धता गर्दछु । विशेष गरि पहाडी जिल्लाहरुका भत्किएको र मण्डली भवन नभएको मण्डलीहरुमा भवन निर्माणमा विशेष जोड दिनेछु ।”

अरु विभिन्न संस्थाहरुमा सर्वसमतिले कार्यसमिति चयन गर्ने परम्परा छ । जसले गर्दा विभिन्न असन्तुष्टि पोख्दै आइरहेका छन् । तर एनसिएफएनले निर्वाचन गरि चयन गरेकोमा यस संस्थालाई हार्दिक बधाइ छ ।

अन्तिम प्रार्थना रेभ. सिमोन पाण्डेले गरि कार्यक्रम समापन भएको थियो ।

 

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney