Friday , 17 November 2017
Breaking News

कारागार परिषरमा प्रतिक्षालय

GFAसुर्खेत, ६ जेठ । जिल्ला कारागार सुर्खेतको परिषरमा प्रतिक्षालय निर्माण गरिएको छ । विलिभर्स चर्चको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त प्रतिक्षालय शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । प्रतिक्षालयको उद्घाटन गर्दै जिल्ला कारागार सुर्खेतका जेलर लालबहादुर खत्रीले कारागार परिषरमा प्रतिक्षालय निर्माण हुदाँ कैदीबन्दीलाई भेट्न आउने सर्वसाधारणलाई विश्राम गर्न सहयोग पुग्ने बताए । उनले कारागारमा प्रयाप्त मात्रामा खानेपानी, शौचालय र भवनको अवभा हुदाँ समस्या भएको बताए । नयाँ भवन निर्माण सम्पन्न नहुँदा क्षमता भन्दा बढी कैदीबन्दीलाई समस्या भएको उनको भनाई छ । उनले बजेट अभावका कारण कारागारको स्तरउन्नती र कैदीबन्दीका लागि आधारभुत आवश्यकता पुरा गर्न नसकिएको जानकारी दिए । जाती धर्म, वर्ण अनुसार आस्था फरक भएपनि समाज सेवा र देश विकासका लागि सबै एकजुट हुनुपर्ने पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर–पश्चिमाञ्चलका सचिव तथा ईसाइ धर्मगुरु डा. चित्रकुमार रुपाचाले बताए । उनका अनुसार विलिभर्स चर्चको १ लाख ५० हजार र १ लाख ५० हजार बराबरको श्रमदान गरी कुल ३ लाख लागतमा उक्त प्रतिक्षालय निर्माण भएको हो । प्रतिक्षालय उद्घाटन कार्यक्रममा विभिन्न चर्चका पास्टरहरु, ईसाई धर्मालम्वीहरुको उपस्थिती थियो ।  -source : kankre bihar

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney