Monday , 21 August 2017
Breaking News

पुनरुत्थानको शक्ति प्रदर्शन खुल्ला मञ्चमा

rally 1विश्वास थापा । अप्रिल १६, २०१७
खुल्ला मञ्चमा पार्टीहरु विभिन्न कार्यक्रमहरु विभिन्न समय भइरहन्छ । बैशाख ३ गते फरक कार्यक्रम हजारौं ख्रीष्टियन भक्तजनहरुले खुल्ला मञ्चमा पुनरुत्थानको शक्ति प्रदर्शन गरेर एक भब्य कार्यक्रम सम्पन्न भएको छ । लाखौ ख्रीष्टियनहरुलाई कुण्ठित हुने गरि सरकारीले एकतर्फी ख्रीष्टिमस सार्वजनिक विदा कटौतिले आक्रान्त यो भिडले सरकारलाई गिजाई रहेको छ । खोइ हाम्रो अधिकारको सुनिश्चिता … ?
उपत्यकका भरी ठूला, साना चर्चहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उपत्यकका भरीका विभिन्न ठाउँबाट एक साथ ¥याली निस्केको थियो, सो ¥यालीले विभिन्न चोक, गल्ती हुँदै येशूको महिमा गर्दै खुल्ला मञ्च प्रवेश गरेको थियो ।
अचम्म लाग्दो, विभिन्न पार्टीले भाँडामा मानिसहरु ल्याउँदा पनि यत्रो भिड जम्मा गर्न मुश्किल पर्दछ तर स्वस्फूर्त जम्मा भएका भिडलाई सरकारले नदेख्नु दुःखत हो । सिहदरवार नजिकै नदेख्ने सरकारले दुरदराजको मानिसहरु कति सकसमा छन्, सहजै अनुमान गर्न सकिन्छ । इसाईको महान् दिन पुनरुत्थान एक शब्द नबोल्ने सरकार … साथै एक शब्द नलेख्ने, नबोल्ने हाम्रा राष्ट्रिय स्तरका मिडियाहरु …

rally 2सो कार्यक्रमको स्तुतिप्रशंसा पाष्टर सामुएल कार्थकले अगुवाइ गर्नुभएको थियो भने अर्थपूर्ण प्रवचन पाष्टर प्रकाश सुब्बाले बोल्नु भएको थियो । प्रार्थनामा पाष्टर डिल्लीराम पौडेले अगुवाई गर्नुभएको थियो भने धन्यवाद पाष्टर देवकुमार क्षेत्रीले दिनुभएको थियो । अन्तमा पाष्टर अब्दिल मुखियाले आशिषवादको प्रार्थना गर्नुभएको थियो ।
त्यसप्रश्चात विभिन्न सांगीतिक समूहहरुले आफ्नो कलाबाट येशूको महिमा गरेका थिए ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney