Friday , 17 November 2017
Breaking News

मकवानपुर ईस्टर र्‍याली महोत्सव।

Hetuda ester rallyश्याम मुक्तान(रोशन)
बैशाख ३
येशु ख्रीस्टलाई मारिनेछ र त्यसपछि  ३ दिनमा फेरि जिई उठ्ने छ भन्ने भविस्यावानी  2017 बर्ष अघि पुरा भएको हो सोही दिनको सम्झनामा इसाई मत मान्नेहरुले यो मान्दै आएको छ।मकवानपुरमा पनि
पुनरुथान  र्‍याली भब्य र सब्य तरिकाले सम्पन्न गरेको छ। हजारौंको संख्यामा बिस्वासीहरु उपस्थित भएको थियो।
बिगतको बर्षमा भन्दा अलि फरक तरिकाले यसपटक र्‍याली सम्पन्न भएको हो।
बिगतको बर्षमा  पास्टर जागृती अभियान द्वारा र्‍यालीको आयोजना गरिएको थियो भने यसपटक मकवानपुरमा संयुक्तरुपमा र्‍याली आयोजना गरिएको हो।
मकवानपुर इसाई समाज,U.W.F.C,पास्टर एसोसिएसन,C.T पास्टर एसोसिएसन,पुर्बी दक्षीण भेग,पास्टर जागृती अभियान,पदमपोखरी पास्टर एसोसिएसन,हर्न हटिया इसाई समाज यी संयुक्तरुपमा इस्टर र्‍याली को आयोजना गरिएको हो।
र्‍याली बिहाना ६:३० बजे फरिस्टी गेटमा भेला भई ७:००बजे बाट  र्‍याली सुरु गरिएको थियो। र्‍याली सम्पन्न गर्नको लागि विभिन्न ठाउँमा बसको  ब्यबस्था गरिएको थियोे त्यसैगरी चितवन गड्यौलीको लागि १ वटा मनहरी रमन्टार को लागि २ वटा,बसामाडी,बस्तिपुरको लागि १ वटा बस।भिमफेदी १ वटा .चुरियामाई को लागि ४ वटा।हेटौंडा ७-८ कमाने,एरियाको लागि २ वटा हर्न हटियाको लागि २ वटा  ,शिखर कटेरी,गडिको लागि १ वटा  सिमराको लागि १ वटा  गरि १५ वटा बसहरु ब्यबस्थ गरिएको थियो।बिहान बजे बाट अफिस कार्यलाई लाई मध्यनजर गरि ९:०० नै समापन गरिएको थियो।
उक्त र्‍याली फरिस्टी बाट सुरु भई  मेन रोड,सिमाचोक,संगमचोक,पिपल बोट हुँदै बुद्ध चोकमा पुगेर समापन गरिएको थियोे

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney