Friday , 17 November 2017
Breaking News

कार्नेट नेपालका निर्देशक पदबाट बर्खास्त

१७ चैत्र २०७३ ।
विश्वास थापा

नख्खुदोवाटोस्थित युनिभर्सल क्याफेमा, एक पत्रकार कार्यक्रम गरि कार्नेट नेपालका समितिले श्री धनराज घिमिरेलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको घोषणासहितको एक विज्ञप्ती प्रकाशन गरि सार्वजनिक गरेको छ ।
२ पानाको लामो विज्ञप्तीमा यो घटना कसरी भयो भनेर विस्तारमा लेखिएको छ । यधपी विज्ञप्तीमा केही शुद्धाशुद्धीमा कमजोरी रहँदा पनि ५ महिनापछि यो समाचार बाहिर आएको हो ।
२०१६ अक्टोवर २७ तारिखका दिन धनराज धिमिरे आफ्नो फेसबुकमा आफुले राजिनामा दिएका जानकारी दिएका थिए ।dhanaraj-ghimire

कार्नेट नेपालका विज्ञप्तीका अनुसार मितिमा उनीलाई २०७३ असोज २१ गतेका दिन २ महिनाको लागि तलबी सुविधासहित पदबाट निलम्बन गरियो तर त्यस समयबधिमा समेत पनि कुनै सुधार नगरेको कारण पुनः १ महिना निलम्बन म्याद थपियो । त्यसपछि पनि कुनै सुधार नभएकोले उनीलाई मिति २०१६ अक्टोवर २७ तारिखका दिन देखि लागू हुने गरि कार्यकारी पदबाट बर्खास्त गरिएको जानकारी विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

श्री धनराज घिमिरेलाई बर्खास्त गर्नुका कारणहरु
१. कार्यकारी समितिको पदियमर्यादालाई सम्मान गर्न नसकेको ।
२. संस्थाको गरिमामय साधारण सभामा असोभनिय र संस्थालाई हानी हुने खालको वक्तव्य दिएको
३. कार्यकारी समितिको बैठकले अफिसल बैदेशिक भ्रमण रद्द गरिसकेको अवस्थामा पनि निलम्बित समय अवधिमा कार्य समितिको निर्णयलाई नटेरी भ्रमण गरेको ।
४. विगत ३ वर्षदेखि संस्था घाटामा रहेको कुरा कार्यसमितिलाई लुकाउँदै आफ्नो लागि व्यक्तिगत साधन खरीद गरेको र साधन खरीद गर्दा प्रक्रिया पूरा नगरेको र दाताबाट कुनै पनि अनुमती पत्र नलिएको ।
५. कर्मचारी व्यवस्थापन गर्न नसकेको संस्था घाटामा रहेको हुँदाहुँदै दिर्धकालिन परियोजना सम्झौता वा उचित योजना विना कर्मचारीहरुलाई भर्ना गर्दै गरेको र आफ्नो हित हुने गरी तलब लगायत अन्य सुविधा बृद्धि गरि कार्य समितिलाई आवश्यक सुचना नदि मनोमानी ढंगले संस्थाको स्रोतसाधन दुरप्रयोग गरी संस्थालाई अनावश्यक आर्थिक भार बढाएको ।
६. कार्यक्रम कार्यान्वयन गर्न असफल भएको जसको कारण दाताहरुबाट संस्थाहरुबाट संस्थाप्रति अविश्वास जागेको । साथै नुवाकोटमा निर्माणधीन ५ वटा विधालय निर्माण कार्यक्रम फिर्ता लिएको ।
७. पदमा रहदाको माताहातमा रहेको वा जिम्मामा रहेका जिन्सी प्रशासनिक, आर्थिक तथा संस्थाका परियोजना, दातासँग सिधै सम्पर्क सम्बन्ध राख्ने महत्वपूर्ण कागजातहरु र सूचनाहरु विभिन्न समयमा लिखित, मौखिक रुपमा ताकेता गर्दा पनि नबुझाएको ।
८. अध्यक्षमार्फत बुझाएको संस्थाको कम्प्युटरमा कुनै फाइलहरु नभएको (डिलिट गरेको) साथै सीपानलबाट अफिसियल इमेल डिलेट नष्ट गरेको ।
पत्रकारहरुको विभिन्न प्रश्नहरुलाई समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षले उतर दिनुभएको थियो ।
अध्यक्ष पा. सामुएल सोदेम्बाले भने, “हामीले उहाँलाई मिलेर जाऊ भन्दा पनि मिल्ने अवस्था धनराजबाट नभएकोले यो अवस्था आएको हो ।”

विज्ञप्ती हेर्नुहोस :-

carnet 1

carnet nepal 2

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney