Monday , 21 August 2017
Breaking News

ख्रीष्टियन मिडिया सोसाइटी गठन भएकोमा महासंघको तर्फबाट बधाई तथा राष्ट्रको लागि प्रार्थना

२०७३ चैत्र १४ गते, काठमाडौं
CMSख्रीष्टमस एवं इष्टर सण्डेका पर्वहरुमा सार्वजनिक विदा गराउँन र सल्यानमा थुनामा परेका ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुको रिहाईका लागि राष्ट्रको लागि प्रार्थना सभा साथै ख्रीष्टियन मिडिया सोसाइटी स्थापना भएकोमा पदाधिकारीज्यूहरुलाई बधाई कार्यक्रम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा अध्यक्ष सि.बि. गहतराजज्यूको सभापतित्व एवं ग्लोबल मिशन नेपालका अध्यक्ष रेभ. दान पोखरेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको शुरुवात केन्द्रिय प्रार्थना विभाग प्रमुख देउमाया तामाङज्यूको समूहको अगुवाईमा भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य महासचिव पा. पदमनाथ पराजुलीज्यूले राख्दै विषयवस्तुको जानकारी प्रवक्ता÷उपमहासचिव पा. सागर बैजूज्यूले गराउँनुभएको थियो । यसैगरी प्रमुख अतिथि रेभ. दान पोखरेलज्यूले बचनको भागलाई सम्हाल्नुभएको थियो भने ख्रीष्टमस र इष्टर सण्डे पर्वहरुका लागि सार्वजनिक विदा, सल्यानको घटना, ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन, समाधिस्थलको व्यवस्था, मण्डली/ख्रीष्टियन संघसंस्थाहरुको एकता लगायत राष्ट्रिय सरोकारका विविध विषयहरुमा महासंघका पदाधिकारीज्यूहरु सह–अध्यक्ष रेभ. सामुयल सोदेम्बा, रिता थापामगर एवं सल्लाहकारज्यूहरु विशप गोपाल के.सी, फादर हेमचन्द्र शर्मा, रेभ. एलिया प्रधानज्यूहरुले प्रार्थनामा अगुवाई गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष सि.बि. गहतराजज्यूले महासंघको तर्फबाट ग्लोबल मिशन नेपालका अध्यक्ष रेभ. दान पोखरेलज्यूलाई दोसल्ला ओढाई सम्मान प्रदान गर्नुका साथै नवगठित ख्रीष्टियन मिडिया सोसाइटीका संयोजक केशव लुइटेल लगायत अन्य पदाधिकारीज्यूहरुलाई धन्यवाद पत्र सहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । धन्यवादका क्रममा अध्यक्ष सि.बि. गहतराजज्यूले महासंघ स्थापनाकालदेखि नै ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान, अधिकार, समाधिस्थल लगायत राष्ट्रिय सरोकारका विभिन्न विषयहरुमा निरन्तर लागिरहेकोले ती अधिकारहरु पूर्ण रुपमा स्थापित नहुञ्जेलसम्म महासंघ अहोरात्र खटिरहने र समुदायलाई ती उपलब्धिहरु दिलाएरै छाड्ने प्रतिवद्धता जाहेर गर्दै महासंघका कार्यक्रमहरुमा प्रार्थना सहित सहभागी हुन आग्रह गर्दै आगामी बैशाख ३ गते इष्टर सण्डे पर्वका अवसरका सरकारी प्रतिनिधि तथा मानवअधिकारकर्मीहरुको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा व्यापक सहभागी भइदिनुहुन सम्पूर्ण मण्डली/संघसंस्थाहरुलाई आव्हान गर्नुभएको थियो । बेथसालोम चर्च, पुतलीसडकमा आयोजित उक्त सभामा उपत्यकाभित्रका मण्डली/ख्रीष्टियन संघसंस्थाहरुबाट विश्वासी दाजुभाइ, दिदीबहिनीहरुको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको शुरुको प्रार्थना, प्रार्थना विभागका कोषाध्यक्ष पा. जीवन बस्नेत, अन्तिम प्रार्थना सल्लाहकार रेभ. जगत प्रधान एवं सञ्चालन सचिव तथा संघसंस्था समन्वय विभाग प्रमुख पा. तेज ब. रोक्काज्यूले गर्नुभएको थियो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney