Monday , 21 August 2017
Breaking News

रहेनन् प्रशान्त देब

Prashant Devकेही दिन अघि बिरामी भएर चुरे हिल हस्पिटल भर्ना भएका प्रशान्त देबलाई थप उपाचारको लागि सि एम सि हस्पिटल लगिए सङै उपचारको क्रममा २०७३/१२/१० गत्ते बिहिवार ६:३५ मा यश सन्सार बाट बिदा लिएका छन । बुबा बिनोद देब र आमा अम्बिका देबको कोख बाट पहिलो सन्तानको रुपमा २०३९/०५/१९ गत्ते हेटौंडामा जन्म भएको थियोे / २०५९ सालमा प्रभु येशुलाइ आफ्नो जिवनमा ग्रहण गरेका थिए । २०७०/११/१९ मा शान्ती रोक्का संग पबित्र बिवाहमा बाधिएका उनका २बर्षकी एक छोरी फिलिया छिन । प्रशान्त देब , प्रखर युवा सेवक , दु:खमा परेकाहरुलाइ सहयता गर्न रुचाउने, उत्सा्दिन कहिले पछि न पर्ने , साहसी थिए । सधै ठुलो दर्शन देख्ने र निरन्तर तेसैको पछि लाग्ने ब्याक्तित्व भएका ब्याक्ती थिए। झन्डै ४ बर्ष देखि दर्शन ज्योती मासिक पत्रीका हेटौंडा बाट प्रकाशन गर्दै आएका थिए । पेशागत रुपमा पत्रकारिता गर्दै आएका देब , प्रेस चौतारी नेपाल मकवानपुरको सदस्य समेत थिए भने जनजागरण पार्टीको मकवानपुर सस्थापक अध्यक्ष समेत थिए। हालैमा उहाँले आशिष् चर्च रातोमाटेमा पाष्टरिए सेवामा लगन शिल भएर लागेका थिए। प्रशान्त देबको अभाव हामी हरु सबै माझ रहने छ ।
– सुन्दर दाहाल , हेटौंडा
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney