Friday , 17 November 2017
Breaking News

महासंघद्वारा नयाँ संविधानको लागि सुझावपत्र ज्ञापन–पत्रको रुपमा पेश

bachan logo२०७२ श्रावण ११, काठमाडौं
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका प्रतिनिधि मण्डलले संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङज्यूलाई भेटी महासंघको तर्फबाट नेपालको संविधान–२०७२ (प्रारम्भिक मस्यौदा) मा टिप्पणी र संशोधनका सुझावहरु ज्ञापन–पत्रको रुपमा पेश गरेको छ । उक्त ज्ञापन–पत्रलाई महासचिव सि.वि. गहतराजले वाचन गर्ने क्रममा भन्नुभयो, “धर्मनिरपेक्षतालाई मुलुकको अन्तरिम संविधान–२०६३ ले अंगिकार गरिसकेको हुनाले अब त्यसबाट पछि हट्नु भनेको देशलाई पछाडि धकेल्नु हो । आजको आवश्यकता भनेको धर्मनिरपेक्षतालाई कसरी संस्थागत गर्दै अगाडि बढ्ने भन्ने कुरा भएकोले यसलाई विशेष प्राथमिकताका साथ प्रस्तावनामै उल्लेख गरियोस् र महासंघ–सरकारबीच विगतमा भएका मृत्यु संस्कार लगायत नेपाली ख्रीष्टियन समुदायको हितका निम्ति गरिएका ३ बुँदे र ६ बुँदे सहमती कार्यान्वयन गर्न पहल होस् र नेपालका सम्पूर्ण धार्मिक समुदायहरुको उचित व्यवस्थापन र उनीहरुका मागहरुलाई सम्बोधन गर्न नयाँ बन्ने संविधानमा धार्मिक आयोगको व्यवस्था गरियोस् ।”
सुझाव–पत्र ग्रहणपछि सभाध्यक्षज्यूले भन्नुभयो, “नेपली जनता र संघसंस्थाहरुबाट आएका सुझावहरुलाई मध्यनजर राख्दै वहाँहरुकै भावना अनुरुप नयाँ संविधान जारी हुनेछ । यो देश सबै जात–जाति, भाषाभाषी, धर्म, वर्ग र समुदायको साझा फूलबारी भएको हुनाले ती सबै वर्गहरुलाई समेटेर उनीहरुको हित हुने गरी संविधान आउनेछ भनी म यहाँहरुलाई विश्वस्त तुल्याउन चाहन्छु ।”

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney