Friday , 17 November 2017
Breaking News

धर्म निरपेक्षतामा सम्झौता हुँदैनःमहासचिव महरा

२०७२ श्रावण १० गते, काठमाडौं ।
Secularism Christins _ Christian Bachan Magazine 2015एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले धर्म निरपेक्षतामा कुनै सम्झौता गर्न नसकिने बताएका छन् । उनले धर्म निरपेक्षता हटाउनको लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा दवाव आएतापनि संविधानमा धर्म निरपेक्षता नहट्ने  बताएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपाति÷समावेशी आन्दोलनबाट प्राप्त उपलब्धी भएको बताउंदै उनले जस्तोसुकै दवाब आएपनि धर्म निरपेक्षता सहितको संविधान बन्ने दावी गरे ।
आइतवार राजधानीमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा आयोजित “धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता” विषयक अन्र्तक्रिया कार्यक्रममा महासचिव महराले धर्म निरपेक्षताको मुद्दा उठाउने व्यक्ति आफू भएको दावी गरे । “राज्यको कुनै पनि धर्म हुँदैन, धर्म सापेक्ष राष्ट्र हुनै सक्दैन, यो विषयमा विगतदेखि हामीले लड्दै आएका छौ र लड्छौ”, उनले भने । धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको मुद्दा कमजोर भएको उल्लेख गर्दै महासचिव महराले धर्म निरपेक्षताको विषयमा कांग्रेस–एमालेसँग बहस गर्न आफू तयार रहेको बताए ।  सबै विषयको कमाण्ड राजनीतिले गर्ने भएकाले जनताको मुद्दा स्थापित गर्नको लागि आफ्नो पार्टी तयार रहेको बताए । धर्म निरपेक्षताको विषयमा कुनै पनि सम्झौता हुँदैन । उनले भने,“परिवर्तनको मुद्दा उठाउँदै हामी निकै कठिन प्रक्रियामा छौ ।” परिवर्तनको मुद्दा उठाउने एमाओवादीलाई बलियो नबनाउँदा अहिले हिन्दू राष्ट्रको मुद्दा उठेको उल्लेख गर्दै उनले धर्मनिरपेक्षता सहितको संविधान बन्ने बताए । “छिटो भन्दा छिटो संविधान जारी नगर्ने हो भने आन्दोलनबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहेको छ” महराले भने, “संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी÷समानुपाति उपलब्धी संस्थागत गर्न हामी सचेत छौ ।”
कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघका महासचिव सीवी गहतराजले धर्म निरपेक्षता घोषणा भइसकेकाले संविधानसभाले यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । ख्रीष्टियन समुदाय राज्यले दिने न्यूनतम मानवअधिकार उपभोग गर्नबाट बञ्चित भएको बताउंदै उनले धर्म निरेपक्षाताबाट पछाडि फर्कनु भनेको देशलाई पाँच सय वर्ष पछाडि धकेल्नु हो । “नेपालमा ख्रीष्टियन समुदाय बढ्दैमा छिमेकी देश भारत र चीनलाई घाटा हुँदैन”, गहतराजले भने, “कसैलाई खुसी पार्न नागरिकलाई दोष लगाउनु हुँदैन, पैसाले कोही ख्रीष्टियन बन्दैन ।” आफूहरु कसैको पनि अधिकार खोस्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सबैको हक अधिकार संविधानसभाले सुनिश्चित गर्नुपर्ने पक्षमा रहेको बताए । महासंघका सह–अध्यक्ष रेभ डा. इशुजंग कार्कीले धर्म निरेपक्षता विनाको संविधान अधुरो हुने बताए । उनले सरकारसँग विगतमा भएको तीन बुँदे र ६ बुँदे सहमति कार्यान्वयन गर्नको लागि पनि सरकारसँग माग गरे ।
अन्र्तक्रिया कार्यक्रममा पूर्व महान्याधिवक्ता मुक्ति प्रधान, अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता स्वागत नेपाल लगायतले संविधानसले धर्म निरपेक्षतालाई संस्थागत गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन सदस्य सचिव पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमका सभापति अध्यक्ष डा.सुन्दर थापाज्यूले उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद दिँदै कार्यक्रम विर्सजन गर्नुभएको थियो ।
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney