Friday , 17 November 2017
Breaking News

नेपाल शान्ति मण्डलीको पाचौं वार्षिक उत्सव

bachan logo२०७२ बैशाख १२ गते र २९ गते गएको महा विनासकारी भूकम्पले देश शोकित अवस्थामा भएको अवस्थामा हामी कुनै विशेष कार्यक्रम नगरी देशको लागि विशेष प्रार्थना गरि मण्डलीको पाँचौ वार्षिक उत्सव २०७२ जेष्ठ ३० गते सम्झना गरी सुसम्पन्न भयो ।
मण्डलीका अगुवा श्री मोहन राजभण्डारी ज्यूले क्याण्डल बाली कार्यक्रम औपचारिक रुपमा अगाडी बढेको थियो । उक्त कार्यक्रम सञ्चालिका दिदीबहिनी अगुवा श्रीमती मिना वाग्ले ज्यूले अगुवाइ गर्नुभएको थियो भने सेवकाई प्रतिवेदन र वचनको सेवाकाई स्थानिय मण्डलीका पाष्टर डेभिड आचार्यज्यूले मत्ती ५: १३-१६ बाट “परमेश्वरका मानिसहरु र समाजमा उनीहरुको काम” भन्ने शिर्षकमा महाभूकम्पले देश गम्भिर अवस्थामा रहेको यस वर्षमा हामी परमेश्वरका मानिसहरुले जति सक्दो सुकर्म गरेर समाज र देशमा नून र ज्योतिको गवाही बनी परमेश्वको महिमा चम्काउन हर प्रकारले लाग्नु पर्ने कुरामा परमेश्को वचनबाट उत्पेरेणा दिइ सम्पूर्ण जिम्वार अगुवाहरुलाई र पाष्टरीय सेवामा सहयोग पुर्यालउन विशेष दुइजना अगुवा श्री लक्ष्मण श्रेष्ठ र श्री मिलन तामाङ ज्यूलाई समर्पण प्रार्थना गरि कार्यक्रम समापन भएको थियो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney