Monday , 21 August 2017
Breaking News

5०० भन्दा वढी इसाईहरुको मृत्यु, घाइते तथा हजारौ चर्च क्षतीग्रत

earthquake in Nepal_ Bachan Magazine_ Church in nepalकनान चर्च कपनमा २३ जनाको मृत्युका भएको छ । सात तल्ले भवनमा चापिएर मृत्यु भएको थियो भने ३५ जना भन्दा वढी घाइते भएका छन् । १० जना मृत्यु भएको विश्वासीहरुलाई आफ्नै स्थान धरान लगिएको छ ।
यस्तै भजिन अफ शालभेसन चर्च, सितापाइलाका पाष्टर एलिया घले, छोरा राज घलेसहित लगभग १५ जनाको पुरिएर मृत्यु भएको छ ।
हालसम्म पाटन क्वानोनिया चर्चका ३ जनाको मृत्यु भइसकेको जानकारी वचन पत्रिकालाई जानकारीमा आएको छ । यस्तै नेपाली इसाई मण्डली कालोपुल चर्चको पछाडीको पर्खाल ढलेको छ । कोही पनि घाइते नभएको तर नेपाली इसाई मण्डली ललितपुरमा बालसंगतिको कोठाका भत्किदा केही बालबालिका तथा अभिभावकहरु घाइते भएको छन् । सोही मण्डलीको वरपर पर्खाल भत्किदा धेरै मोटरसाइकलहरु क्षतिग्रत भएका पनि थिए ।
यस्तै धेरै चर्चहरुको पर्खालहरु भत्किएको भत्किएको जानकारी आएको छ ।
सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न चर्च भत्किएको तथा विश्वासीहरु मृत्यु भएको खबर प्राप्त भएको छ । ज्ञानेश्वर चर्चले सिन्धुपाल्चोकको लागि राहत पठाएको छ ।
तपाईहरुसँग कुनै मण्डलीहरुको समाचार छ हामीलाई खबर गर्न हुन हार्दिक अनुरोध गर्दछौं ।

यदि कोही साहयता गर्न चाहन्नु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क नम्बर ९७७ ९८४११६५२०५

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney