Friday , 17 November 2017
Breaking News

नेपालका हरेक क्याम्पसमा गुणक चेलाहरू

Multiplying Disciples in Every Campuses _ Bachan magazine_ Church in Nepalनेपाल क्याम्पस क्रुसेड फर क्राइष्टको सेवाकाइमा आवद्ध नेपालका पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका विद्यार्थी अगुवा र सहकर्मी गरी १७० जनाको सहभागितामा “Multiplying Disciples in Every Campuses” भन्ने विषयलाई मूख्य केन्द्र बनाई काठमाण्डौंमा राष्ट्रिय स्तरको विद्यार्थी अगुवा सम्मेलन २०१५ अप्रिल १९ मा शुरु भई २१ अप्रिलमा सफलतापूर्वक सुसम्पन्न भयो ।
सम्मेलन डिजाइन टिम संयोजक तथा विद्यार्थी अगुवा निरन्जन बि.क.ले संचालन गरेको उद्घाटन समारोहमा, २ तिमोथी २ः२ अनुसार “धेरैजना साक्षीहरुका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेकाछौं ती अरुहरुलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरुलाई सुम्पिदेऊ” भन्ने वचनलाई प्रतिकात्मक रुपमा संकेत गर्दै नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका अध्यक्ष तथा निर्देशक रेभ. तारा सिंह कठायतले मैनबत्ती प्रज्जवलित गरी अन्य दुइ जना सहकर्मीहरुको मैनबत्ती प्रज्जवलित गराई दिनुभयो र उहाँहरु प्रत्यकले पनि ३÷३ जना अरु विद्यार्थीहरुले लिएका मैनबत्ती प्रज्जवलित गराइदिनु भएको थियो । शुरुको प्रार्थना पश्चात उत्साहजनकरुपमा राष्ट्रियगानबाट शुरु भएको तीन दिने सम्मेलनमा नेपाल अधिराज्य भरी रहेका १९ वटा सिटि टिमहरु मार्फत विभिन्न शहरहरु बिर्तामोड, दमक, इलाम, बिराटनगर, इटहरी, धरान, सङ्खुवासभा, लालबन्दि, चरिकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, त्रिशुली, धादिङ्गबेशी, टाँडी, भरतपुर, बुटवल, अर्घाखाँची, पोखरा, बागलुङ्ग, घोराही, सल्यान, रोल्पा, नेपालगन्ज, धनगढी, दिपायल, महेन्द्रनगरबाट विद्यार्थीहरु सहभागी भएका थिए ।

रेभ.डा. मंगलमान महर्जन, डा.के.बि रोकाया, डा.महेन्द्र भट्टराइ, रेभ.ओम प्रकाश सुब्बा, रेभ. तारा सिंह कठायत, आरती कठायत, दिनेश बाबु श्रेष्ठ, अर्जुन कुमार पुलामी, नारायण गोपाली, दिपक शर्मा लगाएतका बक्ताहरुले विभिन्न विषयहरुमा प्रकाश पार्नुभएको थियो; जस्तै नेपाल सि.सि.सि.को सेवाकाई र प्रभाव, नेपाल सि.सि.सि.को प्रभावकारी सेवाकाई सामग्री र प्रयोग गर्ने तरिका, विद्यार्थी अगुवाको आत्मिक जीवनको निसानी, गुणात्मक चेला कसरी तयार गर्ने ?, डिजिटल रणनिति, क्याम्पसबाट दिक्षान्त भएपछि पनि कसरी सि.सि.सि.को सेवाकाईमा सहभागी हुने । सम्मेलनको दोश्रो दिनमा विद्यार्थीहरुले आफ्नो साँस्कृतिक भेषभुषमा सजिएर प्रतिभाहरु प्रर्दशन पनि गरेका थिए ।

नेपाल क्याम्पस क्रुसेड फर क्राइष्ट सेवाकाईको विद्यार्थी अभियान का स्रोत व्यक्ति नवराज परियारको संयोजकत्वमा विद्यार्थीहरुको डिजाइन टिमको योजना तथा व्यवस्थापनमा आयोजित उक्त सम्मेलनमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका अध्यक्ष तथा निर्देशक रेभ. तारा सिंह कठायत, सचिव अर्जुन कुमार पुलामी, कोषाध्यक्ष नारायण गोपाली, सल्लाहकार रेभ.ओम प्रकाश सुब्बा, रेभ. शशी कुमार भट्टराई, लगायत कार्यकारिणी समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरुमा ललितपुर, काठमाण्डौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमूख जिल्ला अधिकारीहरु र ललितपुर, काठमाण्डौं र भक्तपुर जिल्ला विकास समिति कार्यालयका स्थानीय विकास अधिकारीहरुलाई समेत आमन्त्रित गरिएको थियो ।
प्रभावकारी रुपमा हँुदै गरेका विद्यार्थी अभियान सेवाकाईको प्रतिफलको लागि सामूहिक रुपमा परमेश्वरलाई धन्यवाद चढाउने र सन् २०१७ सम्ममा ५४० वटा क्याम्पसहरुमा विद्याथी अभियान विस्तार गर्ने मूख्य लक्ष्य रहेको यस सम्मेलनको अन्तिम दिनमा १८ जना विद्यार्थीहरुले नेपाल सि.सि.सि.को पूर्णकालिन सेवाकाईमा आउने र धेरैले नयाँ क्याम्पसहरुमा सेवाकाइ शुरु गर्ने प्रार्थना सहित निर्णय गरे । सबै सहभागिहरुले उत्साह र नयाँ जोश प्राप्त गरेका थिए अनि सिकेका कुरालाई आफ्नो क्याम्पसमा लागू गरी हरेक क्याम्पसमा आत्मिक अभियान निर्माण गर्दै परमेश्वरको शान्ति र अनन्त जीवनको सन्देश विस्तार गर्ने प्रण पनि गरेका छन् ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney