Monday , 21 August 2017
Breaking News

खोया

–दीपक ठकुरी

ढ्याङ्ग्रो ठोकीठोकी
नाच्दैगाउँदै
जमिन फोरर
चैते बाँदर आएछ !
हातमा लौरो बोकेर
बाँदर रुँघिरहेको
निर्दोष किसानको मकै बारीमा ।

मैले हेर्दाहेर्दै
मकै बारीमा
आँखा चिम्लेर
क्रुसलाई पक्रिरहेका
सेता मकैका बोटहरूलाई
त्यसले जरोदेखि नै
भकाभक उखेल्न थाल्यो ।
त्यसपछि
पातहरू
चुतीहरू
ढोडहरू
च्यातीच्याती क¥यामकुरुम
खायो त्यसले ।

तैपनि
बाँकी थियो त्यहाँ– मकैको घोगा !
त्यो पनि
त्यसले खोसलेर खान थाल्यो ।
खाँदाखाँदा
नअघाएर पल्लो बारीमा
वल्लो बारीमा
तल्लो बारीमा
नाँचिरह्यो दिनहुँ त्यो ।

ए बाँदर रुँघ्ने किसान !
नरोऊ तिमी !
चैते बाँदरको उपद्रव देखेर
किनकि
तिम्रो बारीमा
अझ पनि मकैका खोयाहरू
तिमीलाई नै हेरीहेरी
हाँसिरहेका छन् ।

कुरिआकोन दर्शन चर्च, ठेचो–१, ललितपुर
मोबाइल नं.ः ९८४३६७५७३७

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney