Monday , 23 October 2017
Breaking News

सुनेँ मैले
बिहानको तारा पदच्युत भयो रे
आकाशतिर हेरेर
सगरको राजालाई सराप्दै रोयो रे
कति दया लाग्दो कुरा !

हाम्रो सुन्दर घर छ
अब ऊ पुग्न नसक्ने ठाउँमा
धेरै माथि
हाम्रो त जागिर छ
हृदयखेतमा बिउ छर्ने
पेन्सनमा आउँछ हामीलाई
अनन्त जीवन
हामीसँग टेक्ने क्रुस छ
आँधी हुरी छेक्ने प्रार्थना छ
हरपल साथ दिने
परमेश्वरको थुमा छ
बिचरा !
उसको के छ ?
उसको को छ ?
तैपनि, ऊ पूmर्ति लगाउँछ
सिंह झैँ गर्जिन्छ
छेपारोले झैँ रङ बदल्छ
अनि भन्छ, “म संसारको शासक हुँ ।”
मनपरीतन्त्र उसको दर्शन रे
कसैले उसलाई थुन्न सक्दैन रे
ऊ कोहीसँग डग्दैन रे
कस्तो महामूर्ख ऊ !

बेरोजगार छ ऊ
लखरलखर डुलिहिँड्छ
थैलो बोकी मागिहिँड्छ
जताततै ठगी हिँड्छ
रिस हामीमाथि पोख्न खोज्छ
असल कुरा भत्काउँदै हिँड्छ

एकपटक ऊ मेरो घरमा आएको थियो
मलाई नजरबन्द गरेर
मेरो घरमा बस्ने रे !
मैले क्रुस देखाएर त्यसलाई धपाएँ
झन् मसँगै मेरो पितालाई देखेपछि
उसले कुलेलम ठोकिहाल्यो
ऊ अचेल मेरो कोठामा पस्न सक्दैन
तैपनि
ऊ कहिलेकाही चिहाउन आउँछ ।

चोरी गर्दै हिँडेको छ ऊ
उ……….
पल्लो घरको ढोकाको साँचो हल्लायो
फोर्नै सकेन
साथीहरूलाई बोलायो
मिलेर साँचो फोरिहाले
भित्र त एउटा जवान युवक सुतेको रहेछ
वैशाखीमा
नजरबन्द ग¥यो युवकलाई
त्यसपछि उसको फौज निस्किएको छ
यस्तै गर्न
सर्वत्र फिँजिएर…………..।
–दीपक ठकुरी ९८४३६७५७३७ (दुधौली—१, सिन्धुली)

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney