Monday , 21 August 2017
Breaking News

मैले मृत्युको असली रुप देखेको छु

Prashant Devम एउटा कट्टर हिन्दु रीतिरिवाजसँग सम्बन्ध राख्ने परिवारमा जन्मिएको थिएँ । मलाई सानै उमेरमा निमोनिया भएको थियो । मेरो स्वास्थ्य स्थितिबारे हाम्रो परिवारका सबै सदस्यहरु असाध्यै चिन्तित हुनुहुन्थ्यो । पछि यही समस्याले गर्दा कहिलेकाहिँ सञ्चो नहुने तथा औषधि खाएर बस्नुपर्ने हुन्थ्यो । मेरो लागि आमाले पूजापाठ ज्यादै गर्नुहुन्थ्यो । धेरै भाकल गर्ने, बोका चढाउने, लडडु चढाउने यहाँसम्म कि झारफुक गर्ने मान्छे पनि घरकै लागि एउटा हुन्थ्यो । मेरो विगतको जीवन अस्पतालमा पनि धेरै बिताउनु प¥यो । निमोनिया विकास भएर दम हुन गएछ । काठमाडौंमा म नपुगेको कुनै अस्पताल थिएन । हरेक अस्पतालको एउटै जवाफ हुन्थ्यो, अब यो धेरै दिन बाँच्दैन । पैसा धेरै खर्च भईसकेको थियो, हाम्रो सम्पूर्ण जाय जेथा, मोटर गाडी यहाँसम्म कि ऋण नै काँढेर उपचार गरी निको हुने आशामा अस्पताल धाउनु प¥यो । मलाई अहिलेसम्म याद छ, काठमाडौंको शिक्षण अस्पतालमा रहदा हाम्रो पैसा सकिएको कारणले मेरो ममी बुबा कति दिन आफू भोकै बसेर मलाई उपचार गराउनु भएको थियो । बिरामी कुर्दा चिसो सिँढीमा सुत्नु पर्ने पीर लागिरहन्थ्यो । चिन्ताले हामीलाई यसरी जलाएको थियो कि मानौं, कुनै जंगलमा डढेलो लागिरहेछ । मलाई यस्तो लाग्थ्यो कि सायद मेरो अरु पनि दाजुभाई भएको भए घरमा यति चिन्ता हुँदैनथ्यो होला । यो संसारमा ईश्वर नामको अस्तित्व त्यो ढुड्डा र मुर्ति जस्तै हो जसले कुनै प्रतिक्रिया देखाउँदैन । जीवनमा इन्जिनियर बन्ने मेरो सपना मात्र सपना नै रह्यो । डाक्टरहरुले अब पढ्न पनि नपठाउनु भनेका थिए । तर यो कुरालाई भने मैले मान्दै मानिन । कक्षा ९–१० मा पढ्दा साथीहरुको लहै लहैमा लागेर विस्तारै विस्तारै म मादक पदार्थको नशामा झुम्न थालें । मलाई त्यही कुरामा रमाइलो लाग्न थाल्यो र आफ्नो पीर र चिन्ता मेटाउन मैले नशाहरु सेवन गर्न थालें । एस.एल.सी सकिएपछि म सारै बिरामी भएँ । उपचारका लागि काठमाडौंको बानेश्वरस्थित एभरेष्ट नसिड्ड होममा भर्ना भएँ । मलाई उपचार गर्ने डाक्टर रमेश चोरवानीले सात दिनको उपचारपछि मेरो ममी बुबालाई बोलाएर भन्नुभयो, “अब यस बिरामीलाई घर लगे पनि हुन्छ ।” दुबै जना छक्क पर्दै भन्नुभयो, “निको त भएको छैन नि ।” डाक्टरले जवाफ दिनुभयो, “अब तपाईंको छोरा निको हुँदैन, बरु २५ दिनभित्र मृत्यु हुन्छ ।” त्यतिबेलाको घटनालाई म सम्झना पनि गर्न चाहन्न कि कति दर्दनाक समय हामीले पार ग¥यौं । कति रुवाबासी भयो । कति अन्धकारमय वातावरण भयो । म मृत्यु पर्खन काठमाडौंमा नै बस्ने निधो गरें । म हेटौंडा फर्केर सबैलाई त्रासको वातावरण र चिन्ता दिन चाहन्नथें । मेरो जीवनको सबै सम्भावनाका ढोकाहरु बन्द भए । देशको लागि केही गर्ने उमड्ड भए पनि शरीर ढल्न लागिसकेको थियो । अब बाँकी रहेको २५ दिनको जीवन पनि म एउटा बन्द कोठाभित्र बिताउन चाहन्थें ।
मलाई भेट्न आउने क्रममा मेरी कान्छी सानीमाको एक जना ख्रिष्टियन साथी अमृत कार्की आउनुभयो । पहिले त मैले भेट्न मानेकै थिइन । पछि भेट गर्दा उहाँले मलाई सुसमाचार सुनाउनुभयो । उहाँले बाइबलबाट लाजरसको कथा सुनाउनुभयो, मैले सुन्दै गएँ । यदि येशुलाई पूर्णरुपले विश्वास गरे निको हुन्छ, भन्नुभयो । मलाई यो कुरा पत्याउन गाह्रो भयो किनभने जब डाक्टरले नै मृत्युको घोषणा गरी सहीछाप गरेको ब्यक्ति पनि बाँच्न सक्छ र ? उहाँले शनिबार चर्च आउन आग्रह गर्नुभयो । मैले पनि चर्च जाने निधो गरें, शनिबार ट्याक्सी चढेर कुलेश्वरको प्रशस्त जीवन चर्च पुग्यौं । त्यहाँ पास्टर तिमोथी अर्यालले मलाई अरु बिरामी तर प्रभु पाएर निको भएकाहरुसँग भेट गराउनुभयो । त्यही दिन २०६० जेष्ठ महिनामा म बिरामी अवस्थामा नै प्रभुलाई मेरो मुक्तिदाता भनेर ग्रहण पनि गरें । समय बित्दै गयो, निरन्तर चर्च जाने, प्रार्थनामा सहभागी हुने र बाइबल अध्ययन गर्न थालें । करिब ३–४ महिना पछि मलाई याद भयो, म त २५ दिनको पाहुना पो थिएँ । यो कुरा मैले पास्टर बुबासँग भनें अनि उहाँले जवाफ दिनुभयो, यो सबै तिम्रो विश्वास, प्रार्थना र बाइबल अध्ययनको कारणले हो । साँच्चै सुनेको मात्र थिएँ, तिमीले विश्वाससाथ जे माग्छौ, त्यो तिमीले अवश्य पाउनेछौ । मैले मेरो जीवनमा पूरा भएको प्रत्यक्ष भेटें । मैले सानैदेखि खोजेको साँचो ईश्वर पाएँ । मैले यो कुरा परिवारमा बाँडें र मेरा आफन्त, सानीआमाको परिवार लगायत १७ जनाले एकै समयमा प्रभुलाई ग्रहण गर्नुभयो । यो सुसमाचार निकै ब्यक्तिहरुलाई खाँचो छ भन्ने मलाई लागि रह्यो । चार महिनापछि हेटौंडा फर्केर हेटौंडा ख्रीष्टियन चर्च जान थालें । त्यहाँ पनि पास्टर दिल बहादुर लामाले मलाई प्रभुमा हुर्कन निकै मद्दत गर्नुभयो । मलाई आवश्यक परेको समयमा प्रार्थना गरिदिन र नबुझेको वचनहरुको प्रकाश पारिदिन उहाँले मेरो लागि रातदिन केही भन्नुभएन । उहाँले नै मलाई २०६१ साल कार्तिक २८ गते बप्तिस्मा दिनुभयो ।

त्यसपछि म सुसमाचार सुनाउने, घरेलु संगतिको जिम्मा लिने आदि काममा अग्रसरता देखाउन थालें । आफूलाई प्रभुको काममा सम्पूर्ण रुपले समर्पित गर्न थालें । समय बित्दै गयो, घरका परिवारहरु मेरो परिवर्तित जीवन देखेर दड्ड थिए । विस्तारै हाम्रो घरको आयश्रोत बढ्न थाल्यो । म पूर्णरुपले सेवकाइमा मात्र ध्यान दिनथालें तर बिस्तारै मलाई यसरी सेवकाइ गरेर जीवन धान्न सकिन्न भन्ने चिन्ता लागिरहन्थ्यो । त्यही चिन्ताले मलाई फेरि एकपल्ट मृत्युकै मुखमा पु¥यायो । म बिरामी भएर भरतपुर शिक्षण अस्पतालको आई.सि.यू.मा १४ दिन बस्नु प¥यो । त्यहाँका डाक्टरहरुले टाउकोको समस्या देखाए र अप्रेशन गर्न काठमाडौं नै रिफर गरिदिए । त्यतिबेला हेटौंडाका पास्टरहरुले म फर्किन्छ भन्ने आश नै मारेका थिए रे । काठमाडौंको वीर अस्पतालमा मलाई अक्सिजन लगाएर राखेको थियो । अक्सिजन छोड्नै नमिल्ने थियो र टाउकोको अप्रेशनको मिति तोकिसकेको थियो । एकदिन हाम्रो चर्चको पास्टर लगायत प्रायःजसो अगुवाहरु मलाई अस्पतालमा भेट्न आउनुभयो । कुराकानीको शिलशिलामा अमित अंकलले मलाई “तिमी प्रभुको छोरा भएर पनि डराएको ? त्यो नाकको अक्सिजन झिकेर फालिदेऊ, तिमीलाई केही हुँदैन” भन्नुभयो र मैले पनि त्यसै गरें । नभन्दै मलाई केही गाह्रो भएन । अचम्म त त्यति बेला लाग्यो, डाक्टर उपेन्द्र देवकोटाले अपरेशन गर्नु पर्ने नै कुनै कारण छैन भनेर भन्नुभयो तर कसरी ? मलाई लाग्छ, यो सबै प्रभु येशुको कारण हो ।

जवान भएको कारणले होला, एउटा चिन्ताले मलाई छोड्नै सकेन, खाली हात सेवकाइ गर्न सकिंदैन । यो चिन्ताले मलाई पटक पटक मृत्युको मुखमा लैजान्थ्यो । हाम्रो चर्चको एल्डर रमेश मैनालीले तिमी कमाउनेतिर होइन पैसा जोगाउनेतिर लाग भन्ने सल्लाह दिनुभयो । मैले त पहिले यो कुरा बुझिन तर कुरा स्पष्ट रहेछ, पैसा कमाउन नसके पनि बिरामी भएर हुने खर्च बचाउनु पर्ने कुरा उहाँले मलाई हितोपदेश २ः२६ पद उपहार दिनुभयो । बाइबलमा त लाजरसलाई प्रभुले एक पटक बचाउनु भएको कुरा उल्लेख गरिएको छ तर प्रभु येशुले मलाई कयौं पटक मृत्युको मुखबाट जोगाउनु भयो । कोही कोहीले मृत्युको बारेमा बिभिन्न टिप्पणी लेखे पनि मृत्युको असली रुप मैले देखेको छु । म मृत्युले खानको लागि तयार भएको ब्यक्ति थिएँ तर हाल आएर म आफ्नो ठाउँमा सेवारत छु । मलाई अहिले देख्ने मानिसहरुले कोहीले खेलाडी दाई भन्छन् त कोहीले पुलिस दाई भन्छन् । अहिले जवानहरुको एउटा प्रेरणाको श्रोत बनेको छु । म सेवकाइको निम्ति यस क्षेत्रका जवानहरुको अस्तव्यस्त अवस्था देखेर निकै प्रार्थना गर्थें । म चाहन्थें, कोही लिडरले मलाई हेन्डिल गरेको होस् । हामी मिलेर खेलकुद कार्यक्रम, आत्मिक कार्यक्रम तथा सामाजिक सेवाका कार्यक्रम गर्न पाऊँ तर त्यसो कहिल्यै पनि भएन । २०६३ सालमा सबै चर्चका जवानहरुलाई भेला गराएर यस विषयमाथि छलफल गरियो । मिटिड्डले त मलाई नै संयोजक बनाइदिए । त्यस समयदेखि म निरन्तर विजयी क्लबको कार्यवाहक समाल्दै आएको छु । २०६५ सालमा त दर्ता नै ग¥यौं । म यो किन भन्दैछु भने यदि हाम्रो विश्वास पक्का छ भने हामीले नसोचेको र नचिताएको कुरा परमेश्वरले हामीलाई दिनुहुन्छ । मैले कहिल्यै सोचेको थिइन कि म जस्तो मानिस जवानहरुको अगुवा हुन्छु भनेर । बरु प्रभुलाई म यो काम गर्न सक्दिन भनेर बिन्ति गर्दथें तर प्रभुले मलाई जवानहरुकै सेवाको लागि दर्शन दिनुभयो ।

युवा दर्शन वर्ष २ अंक १, पुस–फागुन २०६६ मा छापिएको हेटौंडाका दिवंगत पत्रकार मित्र प्रशान्त देवको जीवन गवाही

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney