Monday , 23 October 2017
Breaking News

‘नेपाल भारतवीचमा अनिवार्य भिसा सिस्टम लागु गराउनुपर्छ’

roshan –रोशन खतिवडा, अध्यक्ष पिपुल्स पार्टी नेपाल
बाहिरी संसारमा धेरै नदेखिए पनि फेसबुक वा अनलाईन मार्पmत अर्काे परिचित व्यक्ति हुनुहुन्छ रोशन खतिवडा । अहिले नै अरु समुदायका व्यक्तिहरुमाझ धेरै परिचित नभएपनि इसाई समुदायमा लगभग राम्रै परिचय बनाउन रोशनजी सफल हुनुहुन्छ । अनि उहाँ पनि ‘पिपुल्स पार्टी नेपाल’बाट राजनीतिक मैदानमा उत्रैँदै हुनुहुन्छ, यसैले उहाँका पार्टीको राजनैतिक उद्देश्य आदिको बारेमा दानियल भट्टज्यूले लिखित एवम् मौखिक रुपमा सोध्नुभएका प्रश्न र उत्तरहरुको सम्क्षिप्त लेख यहाँ समेटिएको छ । प्रस्तुत छ रोशन खतिवडासँगको अन्तरवार्ता ।
प्रश्न. अहिले हाम्रा ख्र्रिस्टियन मित्रहरुले नयाँ–नयाँ पार्टीहरु सुरु गर्दैछन् अनि तपाईं पनि ‘पिपुल्स पार्टी नेपाल दर्ताको प्रक्रियामा हुनुहुन्छ, यो पार्टी सुरुवात गर्नुको उद्देश्य के हो ?
उत्तरःड्डयो पार्टी सुरुवात गर्नका मुख्य उद्देश्यहरु ः
ड्ड इसाई अगुवाहरुलाई देशको नेतृत्व गर्नको लागि सुसज्जित पार्ने र इमान्दारीता र उच्च नैतिकताको साथमा देश बिकासको लागि काम गर्न तयार पार्ने हो ।
ड्ड नेपालमा बिद्यमान भारदारी र हुकुमि सैलीको अपारदर्सि र ढोंगी राजनितीलाई बे्रेक गरेर राष्टको अभिभावकत्व निर्वाह गर्न सक्ने बैकल्पिक शाक्तिको रुपमा स्थापित हुने ।
ड्ड बाहिरका मानिसहरुमा नभएका २ वटा अमुल्य कुराहरु हामीसंग छन् ति हुन् हामीलाई सहि मार्ग देखाउनको लागि र सल्लाह दिनको लागि असल सल्लाहकार परमेश्वर हामीसंग हुनुहुन्छ दोस्रो हामीसंग परमेश्वरको बचन छ र पवित्र आत्मा हुनुहुन्छ जसले गर्दा हामी अपराध गर्न डराउछौ ।
प्रश्न. तपाईं केवल ख्रिस्टियनहरुसँग मात्र भोट माग्ने ध्याउन्नमा हुनुहुन्छ कि अरु समुदायमा पनि जाने योजना छ ?
उत्तरः हामी ख्रीष्टियन भोटरलाई हेरेर मैदानमा आएका होइनौं खासमा इसाईहरु भोटर मात्र होइनन् तर सबै इसाईहरु भोलिका यो देशका लिडरहरु हुन् । राम्रो काम गरेपछि भोट सबैले दिन्छन् इसाई ट्याग झुण्डाइरहनु पर्दैन । हामी नयाँ गरी जन्मेका इसाई जवान अगुवाहरुलाई हेरेर आएका हौं जसले भविस्यमा यस देसको नेतृत्व गर्न सक्छन् । हामी हाम्रो पार्टीलाई बाइबलिय मुल्य मान्यता आदर्श नैतिकताको आधारमा इसाईहरुद्धारा नेतृत्व गरेको तर सबै समुदाय र राष्टलाई अभिभावकत्व दिन सक्नेगरी क्षमता बिकास गरेर लैजान चाहन्छौं ।
प्रश्न. तपाईं कुन –कुन मुद्दाहरु लिएर जनतामा जाँदैहुनुहुन्छ ?
हाम्रा मुद्दाहरु यसप्रकारका छन् । यदि हामीले चुनाव जितेर सत्तामा गयौं भने यी कामहरु गर्नेछौं
 सबै प्रकारकार भ्रष्टाचार विरुद्धका कायक्रमहरु ल्याउँनेछौं
 संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्यक्ष र पूर्ण समानुपातिक संसद रहने व्यवस्था हाम्रो मुद्दा हुनेछ ।
 विद्यालय शिक्षामा भएको व्यापारीकरण बन्द गर्न गरिनेछ ।
 शिक्षित अभिभावकहरुलाई होम स्कूल सञ्चालन गर्न अनुमति दिइनेछ ।
 सबै विद्यालय र कलेजमा अनिवार्य वैज्ञानिक, प्रयोगात्मक, अनुसन्धानमुलक र सीपमूलक शिक्षाको व्यवस्था गराउनको लागि काम गर्नेछा्रैं ।
 बालबालिका र ७० बर्ष माथिका वृद्ध–वृद्धालाई पूर्ण निशुल्क स्वास्थ्यको प्रवन्ध गर्न काम गर्नेछौं ।
 सम्पूण मेडिकल कलेजहरुमा बिरामीको निशुल्क उपचार गराउनको लागि काम गर्नेछौं ।
 सडक यातायात नपुगेका स्थानमा रोपलाइन मार्पmत सामान ढुवानी गर्नको लागि काम गर्नेछौं ।
 देशभरी जलासयुक्त सिचाई व्यवस्था गर्नको लागि काम गर्नेछौं ।
 नेपाल भारतवीचमा अनिवार्य भिसा सिस्टम लागु गराउनको लागि काम गर्नेछौं ।
 सबै बालगृहहरुलाई सञ्चालन गर्नको लागि निश्चित स्थान तोकेर आवासको व्यवस्था मिलाइने छ ।ड्ड
 व्यक्तिगत प्यानकार्ड नागकिता जतिकै अनिवार्य गरी सबै नागरिकको सम्पत्ति विवरण र आम्दानीको स्रोत खाजेर अनिवार्य करको दायरामा ल्याउनको लागि काम गर्नेछौं ।
 देशलाई चाहिने तरकारी, फलफुल स्वदेशमै उत्पादन गरी मदिरा, तरकारी, फलफुल लगायतका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइनेछ ।
 देशमा रोजगारीको अवसर सृजना गर्नको लागि कृषि र औधोगिक क्रान्तिलाई जोड दिन्छौं ।
 सबै नागरिकलाई आत्मनर्भिर बनाउनको लागि उद्यमसिल तालिम दिएर उद्यमी बनाउनको लागि पे्ररित गर्नेछौं ।
 देशका प्रत्येक नागरिकलाई कृषि तथा व्यापार–व्यवसाय उद्योग सञ्चालन गर्न लगाई सबैलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनेछौं ।

प्रश्न . तपाईंलाई त फेसबुक राजनीतिज्ञ वा बाहिर काम नगर्ने तर फेसबुकमा मात्र लेखेर बस्ने भन्ने आरोप छ नि के भन्नुहुन्छ यो विषयमा ?
उत्तरः हामी सामाजिक सञ्जाल अत्यधिक मात्रामा प्रयोग गर्ने र टेक्नोलोजिसंग खेल्ने मानिसहरु हौं । पार्टीको अवधारणा फेसबुकमा नै सार्वजनिक गरेका हौं हामी पछि गएर झन धेरै यो टेक्नालोजी प्रयोग गर्नेछौं । अनलाइन भोटको प्रयोग गर्न लागेका छौं । सबैथोक वेभसाइटमा सार्वजानि गर्नेछौं सदस्यता फारम चुनावमा उम्द्धारी दिने, सच्याउने, मतदान गर्ने आदि काम हामी अनलाईनमा गर्नेछौं त्यसको लागि आफैलाई र साथीहरुलाइ यहाँ मात्र होइन संसारभरी अभ्यस्त बनाउँदैछौं । आजको युग पेपरलेस युग हो । सबै कुरा डिजिटलमा अनलाईनमा उपलब्ध छ त्यसलाई संसारभरीबाट सित्तैमा प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ । बाहिर पनि गर्ने हो तर बाहिर अभियान चलाउनको लागि पनि फेसबुक र अन्य सामाजिक सञ्जालले ठूलो मद्दत गरेको छ र यसले आर्थिक मितव्ययिता र पारदर्सिता बनाएको छ । यसबाटै संसारभरी एकै छिनमा सूचना पठाउन र पाउन सकिन्छ । संचारले नै सबैजनालाई एकै ठाउँमा जोड्ने काम गरेको छ ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney