Monday , 23 October 2017
Breaking News

म ख्रीष्टियन भएकोमा रुष्ट छन्

annu-shresthaअसल गोठालो चलचित्र अभिनय गर्ने क्रममा
येशूलाई विश्वास गरेकी कलाकार अनु श्रेष्ठस“ग गरिएको
कुराकानीको केही अंश प्रस्तुत छ ।
तपाईंको परिचय ?
मेरो नाम अनु श्रेष्ठ हो । धोबिघाटमा बस्छु । मेरो स्थायी घर लमजु·ड्ड हो ।

तपाईं चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
साथीमार्फत निर्देशक अरुणजंग शाहीसँग भेटभयो । उहाँले मलाई चलचित्र अभिनय गर्ने मौका दिनुभयो । मेरो जीवनको पहिलो चलचित्र असल गोठालोमार्फत यस क्षेत्रमा प्रेवश गरें ।

तपाईको भूमिकाको बारेमा केही बताइदिनु हुन्छ?
यस चलचित्रमा मेरो पाष्टरको श्रीमतीको भूमिकामा
देखापरेको छु । म एक गैर इसाईले यो भूमिका निभाउन गाह्रो पक्कै थियो । अरुण सर र उहाँको टिमले सिकाउनु भयो ।
राम्रै गरेको छु । चलचित्र हेरेर नै थाहा पाउँनु हुनेछ ।

तपाई चलचित्र अभिनय सिलसिलामा इसाई हुनुभयो सत्य हो ?
हो भन्दा खासै फरक नपर्ला । परमेश्वरको वचन सिक्ने क्रममा नै छु । परमेश्वरमा विश्वास लाग्छ । अर्को कुरा मलाई दुष्टात्माले छोएको थियो । दाइहरूले प्रभुमा गरेको प्रार्थनाले म निको भएँ । ममा अझ विश्वास पलाएको छ ।

annu-1अबको योजना के छ ?
परमेश्वरले मलाई असल गोठालो चलचित्रको माध्यमबाट चुन्नुभएको छ । उहाँको ज्ञानका कुरा सिकेर परमेश्वरको असल छोरी बन्नेछु र प्रभुको सुसमाचार अरूलाई सुनाएउने
छु । चलचित्र क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।

यस चलचित्रमा तपाईंलाई के कुराले प्रभाव पार्यो ?
यो चलचित्रमा अरू धर्मलाई नराम्रो भनेको छैन र प्रभुमा सबै गल्तीहरूको क्षमा छ । असल र खराब गोठालो हुने आफैंमा निर्भर रहन्छ । बास्तवमा हामी सबै गोठालो हौं तर
परमेश्वर असल गोठालो हुनुहुन्छ ।

साथीहरुबाट कस्तो प्रतिक्रिया पाउ“नुभयो ?
चलचित्रको बारेमा राम्रै प्रतिक्रिया जनाउँछन् तर म ख्रीष्टियन भएकोमा रुष्ट छन् । विभिन्न किसिमका आरोपहरू लगाउछन् तर वास्तबमा त्यस्तो होइन रहेछ । म पनि पहिला यस्तै विचारहरु राख्थें । साँचो परमेश्वरलाई पाउनु र उहाँको
आराधना गर्नु असल रहेछ ।

इसाई चलचित्रको कस्तो भविष्य देख्नुहुन्छ ?
अवस्य यस क्षेत्रको भविष्य उज्जवल छ । इसाईहरू सहयोगी र राम्रो सल्लाह दिनेहरू हुँदा रहेछन् । जुन कि अरूमा त्यस्तो पाउँन अलि गाह्रो annuछ । जसले गर्दा इसाई चलचित्र तथा
बाहिरको दुनियाँमा प्रभाव पार्न सक्दछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
असल गोठालो चलचित्र एकचोटी हेरिदिनुस् । यसबाट धेरै कुरा सिक्न सक्नुहुनेछ । जीवनमा कहिले पनि
हरेश नखानुहोस् । प्रार्थनामा सम्झिदिनुहोस् ताकि म प्रभुमा अझ अगाडि बढ्न सकौं ।
धन्यवाद ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney