Monday , 23 October 2017
Breaking News

मलाई विश्वास छ सबै ख्रिस्टियनहरुले हाम्रै पार्टीलाई भोट दिनेछन्– भरत गिरी

bharat-giriनिर्वाचन आयोगमा ‘आमूल परिवर्तन ख्रिस्टियन पार्टी’ दर्ता गरेर ख्रिस्टिय समाजमा चर्चा बटुल्न भएका व्यक्तिको नाम हो –भरत गिरी । उहाँहरुले ‘आमूल परिवर्तन ख्रिस्टियन पार्टी’ को लागि निर्वाचन आयोगमा दर्ता गराउनुभएको छ । निर्वाचन आयोगले दर्ता गर्ला नगर्ला भोलिका दिनमा थाहा हुनेछ । तर धर्मको नाउँमा राजनीति गर्न खोज्यो भनेर कोही उहाँको विरोध गरिरहेका छन र कोही समर्थन गरिरहेका छन् । प्रस्तुत छ प्रस्तवित पार्टीका अध्यक्ष भरत गिरीसँग आराधाना चर्च, सानेपामा गरिएको कुराकानी ।

प्रश्नः तपाईंले आमूल परिवर्तन ख्रिस्टियन पार्टी खोल्नु चाहनुको कारण के हो ?
उत्तरः यो देशमा झन्डै ३० लाखको हाराहारीमा ख्रिस्टियनहरु छन् । उनीहरुको भोट कांग्रेस, एमाले, माओवादी लगाएतका पार्टीलाई गएको छ । ती पार्टीहरुले ख्रिस्टियनको पक्षमा केही काम गरेका छैनन् । तर यो भोट हामीलाई आउने हो भने झन्डै ४० वटा सांसद हामीले पाउन सक्छौं र ख्रिस्टियनहरुका विरुद्धमा भएका अन्याय र अत्याचारका बारेमा आवाज उठाउन सजिलो हुन्छ । त्यसैले यो देशका समस्त ख्रिस्टियनहरुको भोट नबाँडियोस्, त्यसको दुरुपयोग नहोस् तर सदुपयोग होस् भनेर भनेर हामीले यो निर्वाचन आयोगमा दर्ता गरेका हौ ।


प्रश्नः तर ख्रिस्टियन दाजुभाइहरुले नै नेतृत्व गर्नुभएको पाँचवटा राजनैतिक पार्टीहरु छन् नि ? अनि सबै ख्रिस्टियनहरुले तपाईंको पार्टीलाई नै भोट दिन्छन् भन्ने के ग्यारेन्टी छ त ?
उत्तरः मलाई विश्वास छ, सबै ख्रिस्टियनहरुले यो पार्टीमा आÇनो पहिचान भेट्टाउनेछन् र हामीलाई नै भोट दिनेछन् ।


प्रश्नः तर धर्मको नाउँमा राजनीति गर्न त नहुने थियो नि ?
उत्तरः धर्मको नाउमा संघ, संस्था खोल्न हुने, अरु जुनसुकै काम गर्न हुने तर राजनीति गर्नचाहिँ किन नहुने ?


प्रश्नः तपाईंले धर्मको नाउँमा राजनीति गर्दा त्यसको सफलता तपाईं र तपाईंको पार्टीलाई जान्छ तर तपाईंको असफता र कमजोरी जति सबै
ख्रिस्टियन समाजलाई जान्छ नि हैन ?
उत्तरः कोही पनि मानिसहरु पूर्ण छैनन् । कोही पनि पवित्र र शुद्ध छैन । यसकारण कसैले ख्रिटियन समाजको बेइज्जत ग¥यो भन्नु बेकारको कुरा हो ।


प्रश्नः तपाईं यो पार्टीमा आउनुभन्दा अगाडि के गर्दै हुनुहुन्थ्यो ? अथवा तपाईंको राजनैतिक पृष्ठभूमि कस्तो छ ?
उत्तरः यो प्रश्न मलाई नसोध्नुहोस्, तर मैले भन्नै पर्दा म एमालेमा थिए र विद्यार्थी जीवनमा पनि मैले राजनीति गरेको हँु ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney