Friday , 17 November 2017
Breaking News

जिन्दगीको‬ आयु १ वर्ष मात्र

(शिला तामाङ ) (नेइम गोङबु चर्च )Bachan reproter
“मानिसको जिन्दगी कर्कलाको पातमा टल्केको पानी जस्तो हो। थाहा छैन कहाँ कति खेर त्यो पानी जमिनमा मितेरी लाउन जाने हो।” साच्चै मेरो जिन्दगीमा जुन घटना घटेको थियो त्यसले गर्दा आज पनि मेरो मुटु भारी भएर आउछ। अनि भित्रदेखि प्रभुलाई धन्यवाद भन्न मन लाग्छ कि प्रभुले त्यो पानी तप्क्न दिनु भएन?
परमेस्वरले उहाँको महिमा प्रकट गर्नलाई आज भन्दा १०वर्ष आगडि नै म जस्तो बेकम्मलाई रोज्नुभयो। हाम्रो जिन्दगी अति सुखमय तरिकाले बितिरहेको थियो।हामी काठमाडौको गोङबु डेरा गरेर बसेका थियो ।हाम्रो मिलेको परिवार हासीखुशी परिवार शैतानका लागि शैय भएन त्यसैले त होला म एक्कासि थला परे ।एक पछी एक गर्दै मेरा बायाँ हात खुट्टा चल्न छाडे अन्तत्व म प्यरलाइसिस सिकार भए।म आफै केहि गर्न सकिढनथे।मलाई दिसा,पिसाब गराउन दुईजना साथी चाहिनेभयो। म आफै खान पनि सकिद्न्थे । हिजोको त्यो हासिखुशी जिन्दगी कहाँ गयो । अनायसै मेरो जिवनले कत्रो बर्ज्रपात सहन गर्नुपर्यो। छोराछोरीलाई हेछु झन् मन ह्र्दय बिचलित भएर आउछ ।अब तिनीहरुलाई कसले हेर्छ।मेरो मन एउटा आमाको मन सदै रोइरहन्थ्यो।मलाई थुप्रै मेरा बिशवसी दाजुभाइ दिदिबहिनीहरुले हौसला दिनुभयो । मेरो माइतीले मेरो बेहालत देखेर बनेपामा लानुभयो । हस्पिटलमा जचाइयो डाक्टरले झन् मलाई निराश तुलयाइदियो।म एक वर्ष सम्म बाच्न सक्नेकुरा थाहा पाए ।यसैको तोड्ले मेरो टाउकोको पनि समअ्स्या भएपछी जचाँउदा टाउको अप्रेसन गर्नुपर्ने कुरा थाहा भयो।म के गरु मेरो जिन्दगीको आयु १वर्ष त्यसमा पनि के म टाउको अप्रेसन गरु म संघ कुनै उतर थिएन र ती सबै गर्न रुपैयाँ पैसा पनि थिएन ।म सग जो हुनुहुन्थ्यो । उहाँ डाक्टरहरुका डाक्टर हुनुहुन्थ्यो । मैले मेरो माइतीले उहाँ नै माथि निरन्तर विशवास गरौं ।सदैब घुडा टेकेर प्राथाना गरौं ।प्रभुले स्थितीलाई हेर्नुभयो।बिस्तारै मेरा बायाँ हात र खुट्टा चहलपहल गर्न थाले ।हामी झन् उत्साहित भयौं । मेरो लागि रोफेका नवजीवन चर्च बनेपाका तथा मेरो चर्च ज्ञानेश्वरका विशवसीहरुले निरन्तर प्राथना गरिरख्नुभएको थियोे ।प्रभुले मलाई त्याग्नु भएन आफ्न मित्रहरूको pray उहाँले सुन्नुभयो।प्रभुलाई धन्यवाद होस् म निको भए।मेरो बाया हात खुट्टा पुर्ण रूपमा म चलाउन सक्ने भए।केहि गर्नलाई अब म पहिलाको झैँ आफ्न् हात खुट्टाहरु स्वतन्त्र रूपमा चलाउन भए ।मेरो टाउकाको समस्या पनि निको भयो।
“हल्लेलुयाह प्रभुको स्तुति होस् ” प्रिय मित्रहरू म आजसम्म पनि जिवित छु।अहिले गोङबु म बस्छु।त्यहाँ आउनुभयो भने छ्क्कै पर्नु हुनेछ ममा त्यस्तो कुनै नै समस्य छैन ।मित्रहरू तपाईंहरुलाई मेरो जिन्दगीका त्यो अतीत यस् पेजमार्फत पठाउन पाए ज्यादै नै खुशी छु।आश छ मलाई निको पर्नुहुने,मलाई आफ्नो गोढ्मा लिनुहुने परमेस्वरले तपाईंलाई पनि जुनसुकै समस्यबाट मुक्ति दिन सक्नुहुन्छ ।के तपाईं उहाँमा विश्वास गर्नुहुन्छ ?ढिला नगर्नुहोस् जिन्दगीको यो पानी तप्किदिन सक्छ कसलाई के थाहा आजै जिन्दगीले बिट मार्न! सक्छ।यो घाम यहीनिर डुबिजान पनि सक्छ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney