Sunday , 24 September 2017
Breaking News

भर्जिनिया राज्यका संसद जोन बेलद्वारा अन्जु पन्त सम्मानित

अमेरिकाको भर्जिनिया राज्यका हाउस अफ डेलिगेट जोन जो बेलद्वारा नेपाली संगीतमा ख्यातीप्राप्त प्रसिद्ध गायिका अन्जु पन्त सम्मानित हुनु भएको छ । इन्टरनेसनल नेप्लीज् आर्टिष्ट सोसाइटी (इनास अमेरिका) ले भर्जिनियामा आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा भर्जिनिया राज्यका डेलिगेट बेलले नेपाली समुदायमा गायिका पन्तले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मानित गर्नुभएको हो । अमेरिकामा रहनुभएका नेपाली समुदायप्रति अत्यतै सकारात्मक रहेको र नेपाली संस्कृति र संगीतलाई बचाइराख्नु भएकोमा खुसी लागेको कुरा डेलिगेट जोज जे बेलले कार्यक्रममा बताउनु भयो । यो अवसरमा नेपाली सांस्कृतिक कार्यक्रममा उपस्थित हुन पाएको र अन्जु पन्त जस्तो ख्यातीप्राप्त नेपाली गायिकालाई सम्मान गर्न पाएकोमा आफु अत्यन्तै खुसी भएको भन्दै इनास अमेरिकालाई धन्यवाद् ब्यक्त गर्नु भएको थियो । नेपाली संगीत इतिहासमै पहिलो पटक अमेरिकी राज्यका डेलिगेट र सिनेटरबाट गायिका अन्जु पन्तलाई यसरी सम्मानित गर्न पाउँदा इनास अमेरिकाले गर्व महसुस गरेको कुरा अध्यक्ष आनन्दु लामाले बताउनु भयो । नेपाली संगीतकी स्वर सम्राज्ञी अन्जु पन्तलाई अमेरिकी सरकारी निकायबाट यसरी सम्मान प्राप्त हुनु भनेको सम्पूर्ण नेपाली संगीत जगतको नै सम्मान भएको कुरा बताउनु भएको भन्दै आगामी दिनमा नेपाली कलाकारको उचाइ बढाउने काममा लागिरहेन इनास भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्ददास श्रेष्ठले बताउनु भयो ।

सम्मानित भएपछि गायिका अन्जु पन्तसँगको कुराकानीमा उहाँले भन्नुभयो, मैले सोच्दै नसोचेको सम्मान अमेरिकी सरकारबाट पाएकोमा आभार ब्यक्त गर्न चाहन्छु । यो सम्मान मेरो मात्र होइन सम्पूर्ण नेपालीको सम्मान भएको र यसबाट आफुमा अझ ठूलो जिम्मेवारी थपिएकोे साथै आउने दिनमा नेपाली गीत संगीतलाई विश्वभरि फैलाउने कुरामा लागिरहने गायिका पन्तले बताउनुभएको छ । सम्मान प्रदान गर्नु भएकोमा अमेरिकी सरकार, भर्जिनिया राज्य र सिनेटर जेनीफर वेक्सटन, डेलिगेट जोन जे बेल प्रति धन्यवाद् ब्यक्त गर्नु चाहन्छु, पन्तले भन्नुभयो । उक्त कार्यक्रममा सिनेटर जेनिफर वेक्सटन, सिनेटर मार्क वार्नर नेपाली महाबाणिज्यदुत तथा बरिष्ठ गायक प्रेमराजा महत, डेमोक्र्याटस राजनितिज्ञ हरि शर्माको समेत उपस्थित रहेको थियो ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney