Monday , 23 October 2017
Breaking News

भारतमा भएको सन् १८५७ को सिपाही विद्रोह र ख्रीष्टियन समुदाय

लेखकः बिशप दिनदयाल

अनुवादकः नरेश दुवाल

भारतीय उपमहाद्वीप यति विस्तृत छ कि यसको कुनै न कुनै भागमा विद्रोह भइरहन्छ । विशेषगरी जब केन्द्रीय सत्ताले आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गर्दछ तब विद्रोह हुने गर्दछ । व्रिटिस कम्पनीले आफ्नो राज्य विस्तार गर्दा पनि उसले अनेकौं विद्रोहहरूको सामना गर्नुप¥यो । हरेक विद्रोहको विभिन्न कारणहरू हुन्छन् । सन १८५७ मा भएको सिपाही विद्रोहको बारेमा अनेकौं मिथ्या धारणाहरू छन् यसलाई निवारण गर्नु आवश्यक छ ।प्रथम, इष्ट इण्डिया कम्पनीले तीनवटा महा प्रान्त बनाएको थियो अर्थात् बम्बइ, मद्रास र बंगाल प्रान्तका केही भागहरूमा, जस्तो कि विहार र मध्य भारतमा विद्रोह भयो । भारतको हरेक ठुलो सत्ताले यी क्षेत्रहरूलाई आफ्नो अधीनमा राख्ने कोशिस गरेको छ ।  दोस्रो, बंगालको सेनाका भारतीय  सिपाहीहरूले आफ्ना विदेशी अंग्रेज अफिसरहरूका विरुद्धमा विद्रोह गरे, किनभने तिनीहरू भिन्न जाति र भिन्न देशका थिए जसले तिनीहरूलाई आफ्नो राज्य स्थापित गर्नको लागि प्रयोग गरिरहेका थिए । तर याद गर्नुस्, यतिवेलासम्म राष्ट्रवादको जन्म भएको थिएन ।
तेस्रो, विद्रोह परिवर्तनहरूको विरुद्ध थियो । मराठाहरू, मुसलमानहरू, र सामन्तहरूले विद्रोहबाट लाभ लिने कोशिस गरे । मुगल वादशाहको शासन पुरै समाप्त भइसकेको थियो । यता सन् १८५६ मा अवध राज्यलाई व्रिटिस राज्यमा गाभेकोमा ठुलो असन्तुष्टि उत्पन्न भएको थियो । अवध राज्यको सरकारी कर्मचारीहरू र सैनिकहरू बेरोजगार थिए । मराठाहरूमा पनि धेरै ठुलो असन्तुुष्टि थिए, किनभने व्रिटिस कम्पनी सरकारले उनीहरूको बढ्दो शक्तिलाई नष्ट गरिदिएको थियो । रुढीवादी भारतीय  धार्मिक वर्ग पश्चिमी शिक्षा र संस्कृतिको विरुद्वमा थियो । उनीहरूको मनमा यो डर उत्पन्न भएको थियो कि व्रिटिस् शासन भारत वर्षलाई ख्रीष्टियन राष्ट्र बनाउन चाहन्छ । धेरै मुसलमानहरू बहावी विचार धाराद्वारा प्रभावित भएका थिए ।  विशेष गरी तिनीहरू ख्रीष्टियनहरूको विरुद्धमा थिए ।
सिपाहीहरूको विद्रोह सन् १८५७ मा मेरठ छाउनीबाट सुरु भयो । त्यस समयमा छाउनीमा व्रिटिस सेनाको एउटा बटालियन थियो जो राइफलहरूले सु–सज्जित थियो । एउटा रेजिमेन्ट कार्बाइन बन्दुकहरूले सु–सज्जित थियो । एउटा समूह घोडाले तान्ने तोपहरूको साथमा थियो । एक कम्पनी पैदल तोप हान्ने सिपाहीहरू थियो र केही मैदानी हल्का तोपहरू थिए । भारतीय  सिपाहीहरूको एउटा रेजिमेन्ट घोडचढीहरूको थियो भने तीन रेजिमेन्ट पैदल सिपाहीहरूको थियो । तिनीहरूका अफिसरहरू भारतीय  र अंग्रेजहरू थिए । ९० भारतीय  घोडचढी सिपाहीहरूले आदेश पाएर पनि नयाँ गोलीहरू प्रयोग गर्न इन्कार गरे किनभने ती गोलीहरूमा गाई र सुङगुरको बोसोको लेप लगाएको छ भन्ने हल्ला चलेको थियो ।  घोडचढी सिपाहीहरूलाई कोर्ट मार्सल गरियो र ९ मेमा ८५ जना भारतीय  सिपाहीहरूलाई सजाय दिइयो धेरै जसो सिपाहीहरूलाई १० वर्ष कैदको सजाय दियो । तिनीहरूलाई सुरज कुण्डको नयाँ जेलमा थुन्यो । १० मेको साँझ ५ बजे धेरै भारतीय  घोडचढी सिपाहीहरूले जेलबाट आफ्ना साथीहरूलाई छुटाए । गाउँगाउँका मानिसहरू पनि अब विद्रोहमा सामेल भए । तिनीहरूले घरहरूमा आगो लगाईदिए र पसलहरू लुटे अनि जो सुकै युरोपियन देखिए पनि त्यसलाई मारे । १० मे आइतबारको दिन थियो । व्रिटिस सैनिकहरू आराधनाको लागि सेन्ट जोन्स चर्चमा भेला भएका थिए । तिनीहरूको चलनअनुसार तिनीहरूले आफ्नो हतियार चर्चको बाहिर छोडेका थिए ।        तिनीहरूलाई मार्न विद्रोहीहरूलाई केही गाह्रो भएन । आधा रातमा तिनीहरूले फेरि जेलमा आक्रमण गरे र बाँकी कैदीहरूलाई पनि छुटाए । मे ११ को विहान धेरै सिपाहीहरू दिल्ली गए । मे ११ र १२ का दिन सरधाना, करौत र बागपातमा विद्रोहीहरूले घरहरू र बजारहरू लुटेर तिनमा आगो लगाइदिए । जातहरू र गुजरहरूका बीच दङ्गा भयो । हिन्डन नदीको पुल ध्वस्त भएकोले दिल्ली र मेरठको यातायात ठप्प भयो । १३ मेमा मेरठमा मार्शल ल लगायो र केही पछि दण्डात्मक तरिकाबाट व्रिटिश शासनले मेरठ जिल्लामाथि नियन्त्रण स्थापित ग¥यो ।अराजकताको समयमा छाउनीमाथि अंग्रेजहरूको नियन्त्रण कायम रहे । धेरै बाहिरका अंग्रेजहरू र भारतीयहरूले मेरठमा शरण लिए । सेन्ट पाल्स चर्च र मिशनका घरहरूमा क्षति पुगेन, किनभने ती छाउनीभित्र थिए । शहरमा बस्ने कुनै पनि भारतीय  ख्रीष्टियनलाई केही भएन, जोजब जेकबले मात्र केही मानिसहरूको हातबाट पिटाई खाए । मे १० को साँझमा सेन्ट पाल्स चर्चमा अरु बेला भन्दा अलि अगाडि नै पादरी मेडलेण्डले आराधना सेवा संचालन गरे जसले गर्दा ऊ चाँडै घर गए र विद्रोहीहरूबाट बचे, तर मिशन ब्वाइज स्कुलका हेडमास्टरलाई केही मानिसहरूले फर्किरहँदा समातेर भक्कु कुटे अनि मरिसकेको ठानी छाडेर गए । जोजफ जेकपलाई जब होश आयो तब गएर सडक किनारमा रहेको गाडीमा पल्टिरह्यो । बिहान भैसकेपछि स्कुलका केही हिन्दू बिद्यार्थीहरूले उसलाई घर पु¥याइदिए । सहरमा विद्र्रोहीहरूले मिशन स्कुल जलाइदिए । सरकारी अधिकारीहरूले मेडलेण्डलाई लेन्दोर (मसुरी) जाने आदेश दिए । डिसेम्बरको  अन्तसम्म मेडलेण्ड र उनका स्वास्नी त्यही बसे । मेरठका विद्रोहीहरू अप्रिल १२ मा दिल्ली प्रवेश गरे र वृद्ध मुगल बादशाह बहादुर शाह द्वितीयलाई फेरि गद्दीमा बसाले । तिनीहरूले अंग्रेज र ख्रीष्टियन मिसनरीहरूलाई खोजीखोजी मार्न थाले । धेरै भारतीय  ख्रीष्टियनहरूको पनि ज्यान गए । चैपलेन जेनिंग र उसको स्वास्नीले बच्ने प्रयास गरे तर तिनीहरूको बन्दुकले काम दिएन । उसको छोरी र उसको मित्र मिस क्लिफर्ड जलपान गरिरहँदा मारिए । मिशनरी हर्बटले आफ्नो एक जना साथीको घरमा शरण लियो । तर ऊ र उसको साथीको परिवारले आफुलाई बचाउन सकेन । तिनीहरूको घरमा आगो लगाइदियो । सेन्डीले एक जना केटालाई मिशन स्कुलबाट ल्याइरहेका थिए तब बाटोमा नै ऊ मारिए । सब असिस्टेन्ट सर्जन चमनलाल मारिए तर प्रोफेसर रामचन्द्र बच्यो । र ऊ यमुना नदीको पारीको जंगलमा धेरै समय लुकिरह्यो । अन्तमा ऊ अंग्रेजी सेनाको क्याम्पमा पुग्यो । दिल्लीको मिशन केन्द्र पुरै ध्वस्त भयो ।

आगरामा विद्रोह सन १९५७ मा भएको सिपाही विद्रोहको समयमा आगरा उत्तर पश्चिम प्रान्तहरूको राजधानी थियो । भारतवर्षमा ठुलो विद्रोह हुन सम्भव छैन भन्ने कुरामा व्रिटिश अधिकारीहरू विश्वस्त थिए । मई महिनासम्म सरकारी कार्यालयहरू नियमितरुपमा चलिरहे । सेन्ट जोन्स कलेज, मिशन प्रेस र स्कुलहरूमा काम सुचारु रुपमा चलिरहेको थियो । गभर्नर कालविन अक्सर विरामी भैरहन्थ्यो । तापनि उसले शासन चलाइरहेको थियो । युद्ध परिषदमा उसलाई विभिन्न सुझावहरू दिइयो । मेरठ र दिल्लीमा भएका घटनाहरूले आगराका प्रशासकहरूलाई निराश पारिदियो । युद्ध परिषदले स्वयंसेवकहरूको दलले सहरमा गस्ती गर्ने र स्वयंसेवक दलमा युरोपियनहरू तुरुन्तै भर्ती गर्ने आदेश दियो । साथै यो पनि आदेश दियो कि खतरा भएमा युरोपियनहरू र एंग्लो इण्डियनहरू तीन स्थानहरूमा जम्मा हुने अर्थात हरी पर्वतमा भएको हिलहाउसमा, भरतपुरको महाराजाको कन्धारीकोठीमा र सरकारी निवासमा । यी तीन स्थानहरूलाई सुरक्षित राख्न सकिन्थ्यो । धेरै ठुलो खतरा आइ परेमा आगराको किल्लामा जाने बिचार थियो । अलीगढ विद्रोहको बारेमा थाहा पाएर अंग्रेजहरू र एंग्लो इण्डियनहरूका बीच सुरक्षित स्थानहरूमा जान भागदौड मच्चियो । स्वयंसेवक दलहरूसंग गस्ती गरिरहने आगराको जज राजकीजले सेन्ट जोन्स कलेजका प्रिन्सिपल फ्रेन्चका बारेमा तथा अन्य युरोपियनहरूका अवस्थाका बारेमा लेख्छन्, “मिस्टर फ्रेन्चको प्रशन्नता र धैर्यताबाट म अति प्रभावित छु । जब कि प्रत्येक अंग्रेज हडबडाएर आÇनो तरवार वा रिवल्भर समातिरहेका थिए । सडकमा घोडाले तान्ने वग्गीहरू दौडिरहेका थिए र मानिसहरू सुरक्षाका लागि कन्धारी बागतर्फ भागिरहेका थिए । अलीगढका विद्रोहीहरू यमुना नदीको पुलमा आइ पुगे भन्ने हल्ला शहरभरि फैलिएको थियो । शहरका गुण्डाहरू आँखा रातो पार्दै जुँगा मुसारिरहेका थिए । कलेज परिसर बाहिर मानिसहरू व्याकुल र अस्तव्यस्ताका अवस्थामा उत्तेजित भइरहेका छन्, तर कलेज भित्र प्रिय मिशनरी शान्तिपूर्वक बसेर सयौं विद्यार्थीहरूलाई बाइबलको शिक्षा दिइरहेका छन् ।”
२ जुलाइमा यो समाचार आइपुग्यो कि राजपूताना (राजस्थान) का विद्रोहीहरू आगराबाट ३६ किलोमिटर टाढा फतेहपुर सिकरी पुगिसकेका छन् । यो कुरा सुनेर लेफ्टिनेन्ट गभर्नर कालविनले किल्लामा जानको लागि आदेश दियो । त्यही दिन फ्रेन्च र लाइटन किल्लामा प्रवेश गरे । कटराका ख्रीष्टियनहरू पनि त्यही दिन प्रवेश गरे । अमेरिकन मिशनरी पलुर्टन र उसको पत्नी आÇना स्कुलका बच्चाहरूसँग २२ जुनमा प्रवेश गरिसकेका थिए ।५ जुलाईमा सैन्य अधिकारीहरूलाई यो कुरा थाहा भयो कि विद्रोहीहरूको एउटा समुह आगराबाट ४ माइल टाढा शाहगन्ज भएर गइरहेको छ । किल्लामा १०० जना व्रिटिश सैनिकहरू थिए । केही सैनिकहरूले शाहगन्जमा विद्रोहीहरूको सामना गरे । तिनीहरूको समुहमा करिब ६,००० सिपाही थिए । १५० सिपाहीहरू मारिए । यो सुनेर किल्लामा धेरै हलचल मच्चियो । किल्ला  नजिकका सबै घरहरू भत्काएर जमिनलाई सम्म पारियो । वरपरको सबै ढिस्काहरूलाई पनि सम्म पारियो । ताकि तिनको पछाडीबाट कसैले किल्लामा आक्रमण गर्न नसकोस् र किल्लामा तोपहरूले निशाना लगाउन सजिलो होस् ।यो कुरा थाहा भयो कि सिकन्दराको चर्च, प्रेस, स्कुल मिशनरीहरूका वंगलाहरू र प्रेसको सुपरिटेण्डेन्ट लेग्डनको घर तथा ख्रीष्टियन गाउँलाई ध्वस्त गरिसकेको छ । त्यहाँका ख्रीष्टियनहरू र मिशनरी एफ.ई स्नाइडर २४० अनाथ बालबालिकाहरूसँग किल्लामा शरण लिन आए । लगभग त्यही समयमा जेलका ४००० कैदीहरूलाई विद्रोहीहरूले मुक्त गरेका थिए । यदि ख्रीष्टियनहरू रातभरी किल्लाको बाहिर रहेमा तिनीहरूको लागि ठुलो खतरा हुन सक्दथ्यो । शहरभित्र लुटपाट भइरहेको थियो । तर किल्लाका कमाण्डर एड.डि. कैम्पले तिनीहरूलाई भित्र आउने अनुमति दिएन । प्राचार्य फ्रेन्चले लेफ्टिनेन्ट गभर्नर कालविनबाट मौखिक अनुमति पाएर अधिकारीहरूलाई ढोका खोल्न भने तर तिनीहरूले लिखित अनुमति मागे । फ्रेन्चले निकै गौरवका साथ भने ‘‘म अंग्रेज पादरी हुँ, तपाईले मेरो कुरामा विश्वास गर्नु पर्दछ ।”
तर यस कुराले अधिकारीहरूलाई केही प्रभाव पारेन । ‘यिनीहरूलाई भित्र आउन दिएन भने म पनि यिनीहरूसँग बाहिर बस्छु भनेर फ्रेन्चले भने । तब एड.डि. कैम्पले फ्रेन्चलाई एकातिर लगेर ब्रिग्रेडिएरको अनुमति लिएर आउने सल्लाह दियो । फ्रेन्चले ब्रिग्रेडियरबाट लिखित अनुमति प्राप्त गर्यो । तव भारतीय ख्रीष्टियनहरूलाई किल्लाभित्र आउन दिइयो, सबै मानिसहरू ६ महिनासम्म किल्लामा रहे । तीनमा २००० युरोपियन (जसमध्ये ९०० जना महिला र बालबालिकाहरू थिए ) र ४००० एंग्लो इण्डियन र भारतीय ख्रीष्टियनहरू थिए । हरेक आइतवार नियमानुसार दीवान ए. खासमा आराधना सेवा हुने गर्दथ्यो । प्राचार्य फ्रेन्चले आराधना सेवा संचालन गर्दथे । एउटा प्रवचनमा उनले आफ्ना निजी नोकरहरूलाई विशेष ध्यान दिन युरोपियनहरूसँग अनुरोध गरे ।  यी नोकरहरू किल्लामा शरण लिन आएका भारतीय ख्रीष्टियनहरू थिए ।
अमेरिकन प्रेस्विटिरियन क्षेत्रमा विद्रोह
इतिहासका पुस्तकहरूमा जब सन् १८५७ को विद्रोहको बारेमा वर्णन गरिन्छ, तब मेरठ, दिल्ली, कानपुर र लखनऊमा भएका घटनाहरूलाई बढी महत्व दिइन्छ । किनभने त्यहाँ जे जस्तो भयो त्यो शायद बढी नै नाटकीय र प्रभावशाली थियो । त्यहाँ भएका घटनाहरूलाई सारा देशले अभिरुचि लिने गरेको छ । सो विद्रोह भएको समयमा धेरै ख्रीष्टियनहरूले सतावट भोगे । अझ फर्रुखाबाद र फतेहगढमा धेरै ख्रीष्टियनहरू मारिए, तिनीहरूका घरहरू र चर्च ध्वस्त भए, महिनौं महिनौं सम्म तिनीहरू भोक र प्यासले ठाउँ ठाउँमा विभिन्न हण्डरहरू खाँदै यताउता घुम्दै हिंडे र मिशनलाई धेरै नोक्सान भयो मृत्युको अगाडि तिनीहरूका दृढ विश्वासको कथालाई भुल्न सक्दैनौं । एक जना ख्रीष्टियनले पनि आफ्ना प्रभुलाई इन्कार गरेन यद्यपि तिनीहरू पहिलो पुस्ताका ख्रीष्टियनहरू थिए । दोस्रो र तेस्रो शताब्दिका ख्रीष्टियन इतिहासका पुस्तकहरूमा यी पढ्न पाइन्छ कि धेरै ख्रीष्टियनहरूले सतावतको अवस्थामा आफ्नो विश्वासलाई अस्वीकार गरेर आफ्नो प्राण बचाउँदथ्यो । फर्रुखाबाद र फतेहगढमा यस्तो भएन ।मई, १८५७ को शुरुमा कुनै पनि यूरोपियन र एङ्लोइण्डियनहरूले आपूmहरू माथि छिट्टै यस्तो संकट आउला भन्ने सोचेको पनि थिएन । फर्रुखाबाट नगरमा शान्ति थियो । फतेहगढ छाउनीमा यूरोपियन सेना थिएन । त्यहाँ १० औं देसी रेजिमेण्ट तै
नाथ थियो, जसको सेनापति कर्णेल स्मिथ थियो । १० औं रेजिमेण्ट बंगाल सेनाको सबैभन्दा अनुशासित रेजिमेण्टहरू मध्येमा गनिन्थ्यो । केही समय अगाडि मात्र यसले वर्मा र पंजाबमा नाम कमाएको थियो । अमेरिकन मिशनरीहरू लगनशील भएर काम गरिरहेका थिए । फर्रुखाबादको नवाबसंग तिनीहरूको राम्रो सम्बन्ध थियो । प्रत्येक वर्ष भैंm गएको ख्रिष्टमसमा पनि उनले मिशनरीहरू कहाँ उपहारका दालाहरू पठाएको थियो । मिशन हाई स्कूलमा २५० जना विद्यार्थीहरू पढिरहेका थिए । तिनीहरूको प्रगति देखेर सबै सन्तुष्ट थिए । रखामा पाल बनाउने कारखानाले राम्रो आम्दानी गरिरहेको थियो । नयाँ भव्य गिर्जाघरको निर्माण कार्य केही महिना अगाडि मात्र सम्पन्न भएको थियो । धेरै किलोमिटर परबाट नै त्यसको छत (टुप्पो) देख्न सकिन्थ्यो । पादरी जोन र उनकी पत्नि एलिजावेथ फ्रिमेन तथा पादरी रोबर्ट र उनकी पत्नि साराह मेकमुलिन रखा मिशन परिसरमा बस्दथे । फ्रिमेन दम्पत्ति मैनपुरीबाट सरुवा भएर आएका थिए । तिनीहरूले अनाथलय र गाउँ देखभाल गर्दथे । यो काम पहिले बाल्स दम्पत्तिले गरिरहेका थिए । तिनीहरू छुट्टीमा अमेरिका गएका थिए । मेकमुलिन दम्पत्ति फ्रेबुअरी १८५७ मा अमेरिकाबाट आएका थिए । तिनीहरूले हिन्दी र उर्दू भाषा सिकिरहेका थिए । डेबिड र मारिया केम्पबेल तथा एलबर्ट र आर्मदा जोन्सन बढपुर (फर्रुखाबाद) परिसरमा बस्दथे । केम्पबेल दम्पत्ति आफ्ना दुई छोरीहरूका साथ नोभेम्बर १८५६ मा पहाड (लेन्दोर) बाट फर्केका थिए । तिनीहरूले आफ्ना छोरालाई लेन्दौरमा ब्रिटिश चैपलेन कहाँ छाडेर आएका थिए । किनभने उसको स्वास्थ्य राम्रो थिएन । केम्पबेल बढपुर चर्चमा पास्टर थिए र उनलाई फर्रुखाबादमा सुसमाचार प्रचारको लागि नियुक्त गरेको थियो । जोन्सन र उनकी पत्नि अमेरिकाबाट सन् १८५५ को डिसम्बरमा आएका थिए । जोन्सन मिशन हाई स्कूलका प्रवन्धक थिए । धौकल प्रसाद स्कूलको प्रधानाध्यापक थिए । ईश्वरी दास स्कूलका एक जना वरिष्ठ शिक्षक थिए । मेरठमा विद्रोह भएको खबर फतेहगढमा १४ मईमा पुग्यो र विद्रोहीहरूले दिल्लीमा कब्जा गरिसकेको र धेरै यूरोपियनहरूलाई मारेको कुरा केही दिन पछि थाहा पाए । विद्रोही लालकिल्ला भित्र थिए । तिनीहरूलाई घेर्न अम्बाला र मेरठ लगायत अन्य स्थानहरूबाट ब्रिटिश, सिख र नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले पठाएको गोरखा सेना गइरहेका थिए । यो कुरा सुनेर फतेहगढका मानिसहरू सन्तुष्ट भए ।
तर मई २६ मा यो चिन्ताजनक खबर आयो कि अलिगढ, इटावा र मैनपुुरीमा भारतीय सिपाहीहरूले विद्रोह गरे र मैनपुरीका मिशनरीहरू आगराको किल्लामा शरण लिन भागेर गएको छ । बरेली, शाहजहाँपुर र लखनऊमा पनि विद्रोह भएको छ भन्ने समाचार पनि आयो । अब उनीहरू बच्ने एउटै मात्र बाटो थियो, गंगा नदी । कानपुरमा जर्नेल ह्विलर युरोपीयन सेनाका सेनापति थिए । नाना साहबले अहिलेसम्म पनि युरोपियनहरूसँग मित्रता राखिराखेको छ भन्ने खबर थियो । सबै गैरसैनिक युरोपियनहरूलाई डुङ्गाबाट पठाउने योजना बनायो । फतेहगढका सरकारी बंगलाहरूका अगाडी डुङ्गाहरू तयारी अवस्थामा राखियो । मईको अन्तमा केम्पबेल र जोन्सन तथा तिनीहरूका पत्नीहरू बदपुरबाट रखा भन्ने ठाउँमा गए । धौकल प्रसाद र उनको परिवारले डाइर नजिकको एउटा हिन्दु गाउँमा शरण लिए । फतेहगढका सिपाहीहरूले विद्रोह गर्ने बारे सोच्दैछ भन्ने खबर जून ३ मा आयो । त्यसैले अर्को दिन मिशनरीहरू कानपुर जान तयार हुनु पर्ने भयो । मिशनरीहरू जान चाहन्दैनथे तर उनीहरूले सोचे कि तिनीहरू त्यहाँ बसिरहेमा भारतीय ख्रीष्टियनहरू माथि धेरै सङ्कट आउन सक्दछ । ईश्वरी दासले बताए कि बिदा हुने समयमा मिस्टर फ्रिमेनको आखाँमा आँशु झरिरहेको थियो ।केम्पबेल जानको लागि पटक्कै राजी थिएन । उनले  जानु ठीक छ कि छैन भनेर ईश्वरी दासलाई सोधे । ईश्वरी दासले केम्पबेललाई “तपार्इं जानुपर्छ,  आफू बच्ने हरसम्भव उपाय अपनाउनु तपार्इंको कर्तव्य हो  भने ।” तर केम्पवेलले गंगा नदीको किनारमा विद्रोही जमिन्दारहरू बस्ने भएकोले बच्न कठिन हुने कुरा बताए । तर पनि अन्तमा केम्पबेलले “आफू टुक्रा टुक्रा हुनको लागि तयार रहेको” कुरा ईश्वरी दासलाई भने ।जुन ४ को विहान १२६ जना महिला, पुरुष र बच्चाहरू डुङ्गामा बसेर कानपुर प्रस्थान गरे । यात्रा गर्नेहरूमा युरोपियन एंग्लो इण्डियनहरू र मिशनरीहरू थिए । केही महिनासम्म पनि तिनीहरूलाई के कस्तो भयो कसैले  थाहा पाउन सकेन । ११ जुनको चिठीमा फुलर्टनले आगराबाट लेखे, “केही दिनबाट हामी धेरै चिन्तित थियौं किनभने हाम्रा मिशनरी मित्रहरू, जो फतेहगढबाट गंगा नदीको जलमार्ग भएर गएका थिए, हामीले तिनीहरूको केही खबर पाउन सकेका थिएनौँ । अहिले हामीले उनीहरूको खबर पाइसकेका छौँ । तिनीहरूले बताए कि तिनीहरू अबधका एकजना जमिन्दार कहाँ बसिरहेका छन् । फतेहगढबाट एउटा चिठी आएको छ । जसमा यो लेखिएको छ कि १० औँ रेजिमेण्टले विद्रोह गरेको छैन । यस बेला यहाँ शान्ति छ । मानिसहरू फर्किरहेका छन् । अवधका जमिन्दारले मिशनरीहरू र तिनीहरूका साथीहरूलाई “हरदेब बक्स” भन्ने सानो किल्लामा राखेको थिए । तिनीहरू कैदमा थिएन, किनभने तिनीहरू बाहिर आउन जान सक्थे । यसपछि कुनै खबर आएन ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney