Monday , 21 August 2017
Breaking News

स्वर्णीम यात्रा…

वचन पत्रिका २००९ सालमा काठमाडौं  वचन पत्रिका २००९ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई निरन्तर रूपमा प्रकाशन भइरहेको छ । का.जि.प्र. का. द. नं. ८९ ÷०६५÷०६६ दर्ता नम्बर प्राप्तपछि प्रकाशक विश्वास थापा, प्रधान सम्पादन कृष्णकुमार (अशोक) राई, सम्पादक बाबुराम थापा लगायत टीम मिलेर सुरूको अंक तयार भयो । कमजोर आर्थिक अवस्थामा पनि विभिन्न व्यक्तिले सहायता पु¥याउनु भयो । उहाँहरू प्रति आभार व्यक्त गर्दछु । प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने पा. रोबर्ट कार्थक, पवन अधिकारी, अशोक राई, क्रिस थापा, बाबुकाजी श्रेष्ठ, अस्मिता बिसी र कुमारसिंह विष्ट प्रति कृतज्ञता व्यक्त गर्दछु । यो पत्रिका प्रकाशन गर्दा म सक्षम थिइँन तर परमेश्वरले असक्षम व्यक्तिलाई पनि चलाएर सक्षम बनाउनु हुन्छ भन्ने मेरो पक्का विश्वास भएको छ । मेरो लागि मिडिया लाग्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो तर असम्भवलाई सम्भव गराउने परमेश्वरलाई मुख्य श्रेय जान्छ । उहाँकै महिमा  सदासर्वदा ।   वचन पत्रिकाको आरम्भबाट नै केही नयाँ गर्नु पर्दछ भन्ने सोचबाट प्रेरित भई हामीले विभिन्न कार्यक्रम पनि संचालन ग¥यौं । नेपाल चर्च स्टार नामक सांगीतिक प्रतियोगिता पहिलो पटक नेपालमा  आयोजना गर्न सक्यौं । यस प्रतियोगिताबाट धेरै प्रतिभाहरूले आफ्नो प्रतिभा देखाउने मौका पाउनुको साथै उत्कृष्ट १० मा पुगेका गायक गायिकाहरूले विभिन्न ठाउँमा मौका पाउनुको साथै कतिले एल्बम पनि बजारमा ल्याउन सके ।
ख्रीष्टियानको नाममा राजनीति गरी व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्नेहरूको बारेमा सत्यतथ्य खबर प्रकाशित गरेका थियौं । विभिन्न भुमिगत पार्टीहरूबाट आएका धम्कीपूर्ण पत्रहरूको बारेमा समेत समाचार प्रकाशित गरी मण्डलीहरूलाई सचेत गराउन सफल भएका थियौं ।
हामी २५ औं अंकदेखि म्यागेजिनमा परिणत भएका थियौं । यस अंकदेखि शिर्ष पास्टर अगुवाहरूको सेवकाइलगायतका जानकारीमूलक सामग्री पस्कन सक्यौं । जसले धेरै पाठकहरूलाई आशिष् पुगेको जानकारी हामीलाई प्राप्त भयो । यस पत्रिकामा छापिएका सामग्रीहरू निकै नै आशिािषत् भएको खबर हामीले गाउँगाउँबाट थाहा पायौं र यसले हामीलाई अझ जिम्मेवारी बोध गरायो । बिना अनुदान विश्वासमा कदम चाली यस प्रकाशनको कामलाई अघि बढाउँदा धेरै नै हन्डर खानु परेता पनि विज्ञापनदाताहरूको कारण यहाँसम्म आउन सफल भएका छौं । ख्रीष्टमस र इस्टरमा लगायत विभिन्न कार्यक्रम तथा अन्य समयमा शुभकामना, विज्ञापन जस्ता माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण पास्टर, अगुवाहरूप्रति कृतज्ञता जाहेर गर्दछौं । किशोर प्रिन्टिङ प्रेस र होसन्ना प्रिन्टरको योगदान बहुमूल्य रहेको छ ।

– विश्वास थापा

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney