Monday , 21 August 2017
Breaking News

Bible Study Special: बाइबल अध्ययन विशेष इसाईहरुको बाइबल सत्य हो भनेर कसरी प्रमाणित गर्ने! (अंक-१)

हामी इसाईहरुलाई बाइबललाई किन बिश्वास गर्छौं भनि धेरै गैर-इसाईहरुले सोध्ने गर्दछन। अवश्य पनि हामीमा भएको अस्थाद्वारा हामी बिश्वास गर्छौं, तर केहि मानिसहरुले त्यो तथ्यकुराहरु बुझ्नु आवश्यक छ कि कसरी हामीले बाइबल सत्य हो भनि बिश्वास गर्दछौं। जे सुकै होस्, हामीले कस्तो अद्भुत पुस्तकलाई विश्वास गर्छौं भनेर कुनै पनि व्यक्तिलाई बुझाउनको निम्ति, एउटा इसाई बलियो तथ्य प्रस्तुत गर्न सधैं तयार रहनु पर्दछ। पत्रुसले हामीलाई यस्ता प्रश्नहरु र बिरोधहरुको सामना गर्न तयार रहनका निम्ति भन्दछन्।

 

१ पत्रुस ३:१५-१६  “१५तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर। १६तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्‍ने र ख्रीष्‍टमा तिमीहरूका चालचलनको निन्‍दा गर्नेहरू लज्‍जित होऊन्‌।” यो ६ अंकको अध्ययनमा, बाइबल सत्य हो भनेर प्रमाणित गर्न तपाईसंग सबै खालका आवश्यक तथ्यहरु हुनेछन्। आउनुहोस्, बाइबलका केहि छिटो तथ्यहरुबाट सुरु गरौँ:

 

प्रश्न: बाइबल कसले लेखे? उत्तर: परमेश्वरले मानिसहरुद्वारा ६६ वटा पुस्तक लेख्नुभयो।

बाइबललाई ६६ वटा खण्डमा विभाजन गरिएको छ (जसलाई हामी पुस्तकहरु भन्दछौं) जुन चाँहि साहित्य लेखनहरु, व्यक्तिगत पत्रहरु, कविताहरु, अगमवाणीहरु, इतिहासका टिप्पणीहरु र आधिकारिक कानुनी(अदालतीय) कागजातहरु हुन्। यो कुरा सत्य हो कि मानिसको हातले बाइबल लेखिएको हो तर तिनीहरु परमेश्वरबाट प्रेरित भएका थिए। यो कुरा चाँहि बाइबल भरीनै पुष्टि गरिएको छ र यहाँ उल्लेख भएका पदहरुमा प्रकाशित पारिएका छन्:

  • २ तिमोथी ३:१६-१७ “१६सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, १७ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।”
  • २ पत्रुस १:२०-२१ “२०सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन। २१किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।”
  • २ शमुएल २३:२ “२परमप्रभुका आत्‍मा मद्वारा बोल्‍नुभयो,र उहाँको वचन मेरो मुखमा थियो।”

आउनुहोस् बाइबलका मानव लेखकहरु संग भेट गरौँ:

  • ४० जना भिन्नाभिन्नै लेखकहरु (सामान्य व्यक्ति देखि राजासम्म: माझीहरु, गोठालाहरु, बैद्यहरु, राजाहरु, अगमवक्ताहरु र अन्य थुप्रै)
  • धेरै जसो लेखकहरुले एक-अर्कालाई चिन्दैन थिए
  • ३ वटा भिन्नाभिन्नै भाषामा लेखिएको (हिब्रु, ग्रिक र आरामिक)
  • ३ वटा महादेशमा लेखिएको
  • करिब १५०० बर्ष अवधिमा लेखिएको

यसै कारण यो जानकारीहरु फैलाउनका निम्ति हामीसंग परमेश्वरको प्रेरणा छ र हामीसंग परमेश्वरका दासहरु छन्। अर्को चाँहि, बाइबल परमेश्वरको सत्य वचन हो भनि सुनिश्चित गर्न केहि निश्चित मापदण्डको आवश्यकता हुँदछ। जसै हामीले अघि मात्रै २ तिमोथी ३मा पढ्यौं, बाइबल स्वयं भन्दछ कि बाइबल परमेश्वरद्वारा प्रेरित भएको हो, तर त्यो कुरा कसरी हामीले प्रमाणित गर्ने? साच्चै भन्नुपर्दा, “उत्प्रेरित” लेख हुनका निम्ति, बाइबलका ६६वटा किताबहरुमा यहाँ तल उल्लेखित सम्पूर्ण कुराहरुको समानता हुन आवश्यक छ:

 

प्रेरणाको निम्ति मापदण्ड:

  • यी सबै पुस्तकको एउटा समान कथाबस्तु छ (इस्राएल र उहाँको नियमहरुको इतिहास)।
  • यी सबै पुस्तकहरुको एउटा समान प्रसंग छ (परमप्रभुनै हाम्रा परमेश्वर हुनुहुन्छ): लेखहरुमा इस्राएलको इश्वरको सन्दर्भ हुनुपर्दछ। एस्तरको पुस्तकमा अस्पष्ट सन्दर्भ छ तर परमेश्वरको नाम उल्लेख गरिएको छैन कारण उनिहरु फारसीहरुको कैदमा थिए।
  • यी सबै पुस्तकहरुको एउटा समान सन्देश छ(हामी सबैलाई एउटा मुक्तिदाताको आवश्यकता छ): यो चाँहि संकेतात्मक सन्दर्भहरु मार्फत मात्रै प्राप्त गर्न सकिन्छ वा अगमवाणीहरुको वास्तविक छलफल र मसिहाको आगमनको बिषयमा व्याख्या गरेर मात्रै सकिन्छ।
  • यी सबै पुस्तकहरुमा त्यस्ता जानकारीहरु छन् जो लेखकहरुले सायदै थाहा पाउन पनि सक्नेथिएनन्: (जस्तै: ज्योतिषशास्त्र सम्बन्धि, बैज्ञानिक, चिकित्सा सम्बन्धि, वातावरण सम्बन्धि वा अगमवाणी सम्बन्धिनै किन नहोस्) जो उनीहरु आफैले लेखेको १००० बर्षसम्म पनि बुझ्न सकेनन्।
  • यी सबै पुस्तकहरुमा कुनै प्रकारको त्रुटी छैन- जब सोही बाइबलीय पाण्डुलिपिहरुलाई एक समय र स्थान देखि अर्को समय र स्थानमा दाजिन्छ तिनीहरु ९९.५% पूर्णछन् र एक-अर्कामा मेल खान्छन्। यसको सन्देशको बिषयबस्तुमा कुनै परिवर्तन छैन; बरु समय अनुरुप व्याकरणको भिन्नतामा केहि फरक भने पाइन्छ।

यी त थिए सोच्नका निम्ति, मात्र केहि तथ्यहरु। यहि साधारण तथ्यहरुलेनै हामीले भन्ने गरेको बाइबलको अलौकिक उत्पत्तिलाई प्रष्ट्याउदछ। यी तथ्यहरुलाई पढौँ र आफ्ना साथीहरु संग बाडौं। आमेन? आमेन।

Written By: Brett Creamer, USA

Translated By: Lomas Shrestha

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney