Monday , 23 October 2017
Breaking News

सोच परिवर्तन

koshbila-ashikariसोच, जसले मानिसको सम्पूर्ण जीवनलाई नै परिवर्तन गर्दछ । सोच दुई किसिमका हुन्छन्, सकारात्मक र नकारात्मक । नकारात्मक सोचले नकारात्मक परिणाम ल्याउँछ भने सकारात्मक सोचले सकारात्मक परिणाम ल्याउनुको साथै मानिसको आयू पनि लामो बनाउन मद्दत गर्दछ भने नकारात्मक सोचले मानिसको आयू पनि घटाउँछ । सकारात्मक सोचले उमेरले धेरै दशक पार गरिसकेको मानिसलाई पनि स्पूmर्त र जवान भएको अनुभव गराउँछ । त्यति मात्र होइन, सकारात्मक सोचले मानिसलाई अभैm जिम्मेवार बोध गराउँछ । सकारात्मक सोच वास्तवमा एउटा सुन्दर बगैंचा जस्तै हो ।

केही समय अघिको कुरा हो, मभित्र भएको नकारात्मक सोचले मलाई बिरामीसमेत बनायो । म शंकालु थिएँ । मेरो जीवन भोगाइले मलाई नकारात्मक बनाएको थियो । त्यतिबेला मलाई त्यही नै ठीक लाग्थ्यो । सायद मेरो शारीरिक अपांगताले पनि मलाई नकारात्मक सोचतिर धकेलेको हुनसक्छ । ह्वीलचेयरको सहायताले मेरो जीवन यसरी नै गुडिरहेको थियो ।

एकदिन म बाहिर निस्किएर घरछेऊको रूखको फेदमुनि बसिरहेको थिएँ, रूखतिर नियाल्दै थिएँ, मनमा अनेक कुराहरू खेलिरहेका थिए । एउटा सुकेको पात रूखबाट भुँइमा झ¥यो । बाटो हिँड्ने बटुवाहरूले त्यसलाई कुल्चिएर हिँडे । अब त्यो पात पात रहेन, त्यसको स्वरुप बिग्रिसकेको थियो । रूखको हाँगा रहँदा मात्र त्यो एउटा जीवित पात थियो, भुँइमा झ¥यो, मानिसहरूले कुल्चे अनि त्यसको अस्तित्व समाप्त भयो । मैले मेरो विगतलाई सम्झिएँ, अनि नारायण गोपालको ‘झरेको पातभैंmं भयो उजाड मेरो जिन्दगी, निभेको दीपभैंmं भयो
निराश मेरो जिन्दगी’ गीत याद आयो ।

२०४१ सालतिर मेरो जीवन पनि सुकेर रूखबाट झरेको पातजस्तै थियो, हाँगाबिनाको पातजस्तै अस्तित्वहीन जीवन । हावा भरिएको बेलुनजस्तो जुनसुकै बेला पनि फुट्न सक्ने, मैदानको घाँसजस्तो जुनसुकै बेला पनि ओइलाउन सक्ने धिक्कारको जिन्दगी ।

म २०÷२१ वर्षको हुँदा जिन्दगीका थुप्रै सुनौला सपनाहरु सजाएको थिएँ । जसलाई म औंला भाँची–भाँची हिसाब गरिरहन्थें । संसारमा भएका सबै खुसीहरू अँगालेर जिउन सक्छु जस्तो लाग्थ्यो । तर एकदिन म रूखबाट खसेँ, मेरूदण्ड नै भाँचियो र अघिमात्र देखेका सबै सपनाहरू क्षणभरमै फुटे, टाल्न नसकिने गरी, जोड्न नसकिनेगरी । आज मलाई त्यो झरेको पात र मेरो जिन्दगी उस्तै लाग्छ । नारायण गोपालको त्यो गीत मेरै लागि रचिएको र गाएको जस्तो लाग्छ ।

मेरो जीवनको यो कहालीलाग्दो पाटोलाई एकदिन म पृथक तरिकाले सोच्न पुग्छु । भुँइमा झरेको त्यो पात रूखको लागि पो काम नलाग्दो थियो तर पनि त्यसको केही न केही महत्व त छ नि ! सबैभन्दा चेतनशील र विवेकशील प्राणी मानिस नै हो । कतिपल्ट मानिसले आपैmलाई आफ्नो अधिनमा राख्न सक्दैन । त्यसैले मानिसले कतिबेला के गर्छ वा उसको जीवनमा के आइपर्छ केही थाहा नहुँदोरहेछ । मानिसले आफ्ना शारीरिक अभिलाषाहरू पूरा गर्नका लागि खराब÷असल कामहरू गरिहेको हुन्छ, अनेक सपनाहरू साँचिरहेको हुन्छ । कतिपय मानिसले आफ्नो शरीरलाई पटक्कै माया गर्दैनन् त्यसैले उनीहरूले विभिन्न नशालु पदार्थको सेवन गरी शरीरलाई हानी पु¥याइरहेका हुन्छन् भने कतिपय मानिसले आफ्नो शरीरलाई औधी माया गर्छन् । अपाङ्ग भइसकेपछि पहिलेको जीवनलाई सम्झिँदा म अति दुःखित हुन्थें । मेरो शारीरिक स्वतन्त्रता खोसिएको जस्तो लाग्थ्यो । म स्वतन्त्र भएर हिँड्न चाहन्थें, नयाँ नयाँ ठाउँहरूमा घुम्न जान चाहन्थें । मेरो शरीर बाँधिएको जस्तो लाग्थ्यो ।

मण्डली जान थालें, परमेश्वरलाई विश्वास गरें, वचन अध्ययन गर्दै गएँ । परमेश्वरको वचनले मेरो सोचलाई बदल्न थाल्यो । मेरो जीवन रूखबाट झरेको पातजस्तै थियो । रूखबाट झरेको पातले जमीनमा कुहिएर अरू बिरूवा हुर्कनको लागि मलको काम गथ्र्यो । मैले पनि आपूmलाई त्यही पातभैंmसम्झेको थिएँ, “म पनि त अरूको लागि काम लाग्न सक्छु नि” भन्ने सोच ममा पलाएर आयो । म शारीरिकरूपमा आधा मानिस मात्र थिएँ तर परमेश्वरमा नयाँ जन्म पाएँ । म शारीरिकरूपमा सबल भएको भए सायद मैले परमेश्वरलाई चिन्दैनथिएँ होला । अहिले आएर सोच्छु, मैले नयाँ जीवन पाउनुको पछाडिको रहस्य यही नै पो थियो कि ! परमेश्वरलाई पाउनुभन्दा अघि शारीरिक अपाङ्गताले ममा जुन प्रकारले नकारात्मक सोचको विकास भएको थियो, परमेश्वरलाई पाइसकेको पछि मेरा सबै नकारात्मक सोचहरू सकारात्मकतामा परिवर्तन भएका छन् । हाम्रो जीवनमा जस्तोसुकै घटनाहरू घट्न सक्छन्, जस्तोसुकै अवस्था र
परिस्थितिहरूको सामना गर्नुपर्ने हुनसक्छ । तर हामीमा परमेश्वरबाटको सकारात्मक सोच छ भने हामीले अवश्य नै समाधान पनि पाउँछौं ।

पा. कोषबिलास अधिकारी
सुन्दर ढोका मण्डली नख्खु, ललितपुर

 

Change in Thinking

Thinking that the man’s whole life changes. There are two kinds of thinking, positive and negative. Negative thinking brings negative results but positive thinking brings positive results as well as helps make people’s life span. Likewise, negative thoughts help to reduce. Moreover, the realization that positive thinking has still responsible. Positive thinking is like a beautiful garden.
Some time ago, the negative attitudes in me made me even sick. I was skeptical. My life had made me negative thinker and I used to think that was right indeed. Perhaps, my physical disabilities led me to think so. My life was moving with the help of wheelchair.
One day, I was sitting down in the bottom of the tree nearby of my house, gazing around the tree, number of thoughts were playing in my mind. At the same time, a withered leaf fallen tree lay on the ground. Passersby walking path trodden it abundantly. Now leaf was nothing more, it’s form was changed. While it was stick with the tree, the leaf had life, fallen on the ground, people trampled over and its existence was no more.
I remembered my past, I remember the very popular song sung by Lt. Narayangopal “Jhareko paat jhai bhayo ujad mero jindagi (My life were like desolate and fallen leaf…
Around 2041 B.S. my life was like dry leaf fallen from the tree, like a leaf without the tree, air filled balloon which might be broken anytime, withered grass of the field at any time that life woe.
I had dreamed many things while I was in the age of 20/21. I used to calculate of my prime age of my life. I had thought that I can live a life though all kind of happiness from the world. But, one day, I fell down from the tree. My back bone was broken. And all the dreamed I had just dreamed were immediately broken which unsolvable. I thought the song sung by Narayangopal was composed for sake of me.
One day, I think unimaginably the outermost edges of my life. The leaf fallen from the tree was unusable for the tree but still it has a value for other purpose! Human is the most conscious and rational beings but sometimes human
cannot control himself. That’s why anything can happen in human’s life without knowing. He tries to
fulfill his good/bad desires, he has many dreams to think.
Some people do not love their flesh themselves. So that they use harmful drugs, alcohol. Some people love their flesh so much. I used to be so much sad whenever I think my past life before my disabilities. I used to think that freedom of my flesh has been robbed. I wanted to walk freely, l would like to visit new places. My flesh is chained, I used to think like that.
I started to go to Church, studied word of God. The word of God started to change my thoughts. My life was like fallen leaf from the tree, fallen tree leaves fall off the ground fertilizer for other plants to grow would work. I had thought myself like a fallen leaf. I thought that I will be able person for others. I was physically half man but I had got new life in Christ. If I were normal person physically, I would not receive God. Now I think that the mystery of knowing God was my physical disability. Due to my physical
disability, I had negative thoughts enough, but after
knowing God, all the negative thoughts
transformed into positive. Anything can be
happen, any kind of circumstances we might face in our lives. But if we had positive thinking from God, definitely we can get solution.
– Pastor Koshbilash Adhikari

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney