Friday , 17 November 2017
Breaking News

विजयको खुसी इस्राएललाई विजय दिने परमेश्वर नै हुनुहुन्थ्यो ।

आइतवार १४ जेठ (२८ मई)                                                                                               न्यायकर्ता ५ः१–१८

इस्राएली समाजमा समय र परिस्थितिअनुरुप गीत तथा भजनहरु गाउने चलन थियो । दुःखको समयमा उनीहरु दुःखको गीत गाउँथे अनि सुखको समयमा सुखको गीत । दबोरा र बाराकको विजयमा उनीहरुले विजयको गीत गाए । यस भजनमा विशेष गरी परमप्रभुले इस्राएलीहरुलाई दिनुभयो विजयको सम्झना गरिएको छ । इस्राएलीहरु कनान देशमा पस्दा परमेश्वरले कसरी प्रकृतिहरुद्धारा काम गर्नुभयो र इस्राएलीहरुलार्ई विजय दिनुभयो भन्नेकुरा ४ र ५ पदहरुमा उल्लेख छ । तर जब इस्राएलीहरुले “नयाँ–नयाँ देवताहरुसित मित्रता बाँधे” तब उनीहरुले नराम्रो गरी दुःख भोग्नुप¥यो । उनीहरु शत्रुको अघि निसस्त्र भएर कमजोर भए । उनीहरुले मुल बाटो पनि हिँड्न पाएनन् । उनीहरु आफ्नो गाउँबाट भाग्नुपर्ने थियो (६ र ७ पदहरु) । लडाइँ उनीहरुको घरैमा आइपुगेको थियो (८ पद) । तर जब इस्राएलका अगुवाहरुले नेतृत्व गरे र जब मानिसहरुले आफूलाई परमेश्वरमा समर्पण गरे तब उहाँले तिनीहरुलाई विजय दिनुभयो (पद २) ।

आज पनि हामी लडाइँमा छौं, आत्मिक लडाइँमा । यस लडाइँको निम्ति परमेश्वरले हामीलाई आत्मिक हातहतियारले सुसज्जित पार्नुभएको छ (एफिसी ६ः१०–१८) र उहाँले नै हामीलाई दिनदिनै विजय दिनुहुन्छ । के हामीले आत्मिक हातहतियार धारण गरेका छौं ? के उहाँले दिनुभएको विजयमा हामी खुसी भएको छौं ? के हामी रमाहटसाथ उहाँलाई धन्यवाद दिन सक्छौं ? यदि सक्छौं भने हामी भजन ४०१ गाउँन सक्छौं ।

प्रार्थनाः परमेश्वर बुवा, तपाई हाम्रो कप्तान हुनुहुन्छ र हाम्रो आत्मिक लडाइँमा हामीलाई विजय दिनुहुन्छ, धन्यवाद ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney