Monday , 23 October 2017
Breaking News

बाधा दिनेहरु प्रेरितहरु नै बाधाको कारण बनिरहेका थिए ।

bachan-logo-finalमर्कूस ९ः३३५० आइतवार ७ जेठ (२१ मई)

येशूले नम्रताको शिक्षा दिइरहनुहु्ँदा येशूका चेलाहरुाचाहिँ उनिहरुलाई नपछ्याएकै आधारमा मानिसहरुलाई येशूको नाँउमा सेवा गर्नबाट रोकिएका थिए । हिजोआज नेपालका ख्रीष्यनहरु पनि विभिन्न गुट र उपगुटहरुमा विभाजन भएर मण्डलीभित्र एकअर्काप्रति निषेधको राजनिति गरिरहेका छन् । उनीहरुलाई नपछ्याउएकै आधारमा अथवा उनीहरुसित विसति राखेकै आधारमा ख्रीष्टको सेवा गर्न पनि बाधा पुर्याएको पनि धेरै उदाहरण छन् । यस्ता बाधा दिनेहरुप्रति येशूको वचन अति कठोर छ । यस्ताप्रति उहाँको घृणा देखिन्छ । यस्ताहरुलाई त घिच्रोमा ढुा झुण्ड्याउर समुद्रमा फालिदिनुपर्छ उहाँको फैसला छ ताकि तिनीहरु पौडेर पानीबाहिर आउन नपाऊन् ।
ख्रीष्टको सेवा गर्ने काममा बाधा दिनेले अवश्य दण्ड पाउनेछ तर ख्रीष्टको सेवकलाई एक गिलास पानी मात्र दिने व्यक्तिले पनि इनाम पाउनेछ । ख्रीष्टको सेवा गर्न चहानेहरुलाई हामीले बाधा दिने होइन, बरु सहायता गर्नुपर्छ । आफ्नो क्षयमताअनुसार हामी सहायता गर्न सक्छौ । एक गिलास पानी मात्र सहयोग गरे पनि त्यसको कदर हुनेछ । हामी विचार गरौं, कतै हाम्रो व्यवहारले मानिसहरुलाई ख्रीष्टको सेवा गर्न बाधा त पुर्याइरहेको छैन ? कतै हाम्रो व्यवहारले मानिसहरुलाई विश्वासबाट नै पतन गराइरहेको त छैन ? हामी आफ्नो काम र व्यवहारको मूल्यान गरौं र पश्चात्ताप गरौं । नत्र हामीले सुसमाचार सुनाएका मानिसहरु स्वर्गमा स्वागतयोग्य होलान् तर हामीचाहिँ वहिस्कृत हुनेछौं ।

प्रार्थना : प्रभु येशू, तपाईको सेवामा बाधा दिने होइन तर सहयोग गर्ने नम्र व्यक्ति बन्न मलाई सहायता गर्नुहोस् ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney