Monday , 23 October 2017
Breaking News

भोट खसालिन ११४ वर्षाको उमेरमा डल्लीमाया आमाले

Dali mayaप्रकाश पाख्रिन

 स्थानिय तहको निर्बाचनको पहिलो चरणको चुनाबी रौनक देश भर हुदै गर्दा चितवन, भरतपुर महानगरपालिकको २ नम्बरको बाल कुमारी उच्च माध्यमिक बिद्यालय केन्द्रमा भने ११४ बर्सिय डल्ली माया बस्याल आमाले मतदान गरि उद्घाटन गर्नु भएको छ | उहाँले मतदान गर्नु भए लगतै उक्त केन्द्रको मतदान गर्ने काम सुरु भएको थियो | उहाले मतदान गरेको केहि मिनेट पछि सिमसिमे पनि परेको थियो | यो हामी क्षेत्र न:४ , भरतपुर महानगरपालिकको २को लागि शुभ संकेत भएको भन्दै सबै जना मतदान गर्न निकै नै उत्साहित भएको थियो | आमालाई मतदान गर्नको लागि छोरा मान बहादुर बस्याल र बुहारी अनिता बस्यालले बिहान सात बजे नै मतदान क्षेत्रमा ल्याउनु भएको थियो | आमाले भोट कसलाई हालेको हो भन्ने कुरा भन्न नचाहे पनि सुर्यमा छाप लगाउदै आएको हो भन्न सम्म चाही भ्याए |

उक्त भरतपुर महानगरपालिका २ नम्बरमा करिब ६००० मतादाता रहेकोमा करिब ४५ देखि ५००० सम्मको मतदान भएको अनुमान गरिएको छ | 

वि.स. १९६० बैशाख १० गते छोप्राक गा.वि.स रिप गाँउ, गोरखामा जन्मनु भई हाल क्षेत्रपुरहाईट, आंपटारी, भरपुर २ चितवनमा स्थाई बसोबस गर्नुहुने डल्ली माया बस्याल ( विध्यादेवी) आहिले ११४ वर्ष हुनु भएकी छिन् । उमेर दल्किदै जादाँ उहाको शारीरिले उहाँलाई राम्रो संग उठेर बस्न सक्नु हुन्न तर पनि उहाँले बिगतका दशकहरुमा गर्नु भएको हरेक मतदानको बारेमा भने बिर्सनु भएको रहेनछ | उहिले गोरखामा रहंदा हामीले भोट दिएको उमेद्वार विजय भएपछि हामीले बाजागाजा बजाउदै गाउँ घुमाएको थियो भन्दै सुनाउनु भयो | नेपालमा प्रचान्तंत्र आए देखि लोकतन्त्रसम्मको हरेक निर्बाचन चुनाबीहरुमा मतदान दिदै आएको छु |

नेपालको जेष्ट नागरिक आमालाई मतदान गर्न सहयोग गर्न पाउदा धेरै जना खुशी देखिन्त्यो त्यति मात्रै नभएर आमालाई मतदान गर्न सहयोग गर्न पाउदा त्येहाका स्वयंसेवकहरु भगवानलाई नै श्रद गरेको र इश्वरलाइ  नै भेट गर्न पाए झैँ भएको कुरा स्वयंसेवकहरु रहेको थियो |  अहिले सम्मको महत्वपुर्ण राष्ट्रिय निर्वाचनमा निरन्तर भाग लिनु भई २०७० मंसिर ४ गतेको संविधान सभाको मतदानमा चितवन जिल्ला कै जेष्ठ नागारीक मतदाता हुनुभएको थियो । डल्ली माया बस्याल आमाको  २ छोरा  ४ छोरी, १६ जना नातीनातिना, २५ जना पानतिना र २ जना खनाति र खानातिनी सम्म देखिसकेका डल्ली माया आमालाई २०७१ कार्तिक  १६ गते भरतपुर नगरपालिका कार्यालय जेष्ठ नागारिक संघ चितवन वृद्धा कल्यान सेवा संघबाट समेत सम्मनित हुनु भएको र साथसाथै २०६९ कार्तिक १८ मा जेष्ठ नागारिक कल्याणकारी प्रतिष्ठन नेपाल द्धारा सम्मानित, २०७० कार्तिक २६मा सिनर्जी एफ. एमको वार्षिक उत्सावको अवासरमा सम्मान तथा प्रमुख अतिथि रहनु भएको र अन्य थुप्रै जेष्ठा नागारीक सम्मान पाईसक्नुभएको छ । 

यसरी डल्ली माया बस्याल आमालाई एउटा जेष्ठा नागारिक भएको कारण विभिन्न कार्यक्रममा बोलाएर सम्मान गर्नु एउटा परमेश्वरको महान् योजना र उहाँको महिमाको काम भइरहेको छ र वृद्धा आमाको साक्षी गवाही द्धारा मुक्तिदाता ख्रीष्टको प्रेम आम मानिसहरु माझ सन्देश बाड्ने ठुलो मौका मिलेको छ हामी परिवार प्रभुमा गर्व गर्छैभन्नु हुन्छ कान्छा छोरा रेभ. मान बहादुर बस्याल । भरतपुर नगारपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा थुप्रै मानिसहरु वृद्धा आमाको हातबाट आशिर्वाद थाप्न आएका थिए त्यसै बेला आमाले सबैका सामु येशू ख्रीष्टले हामी सबैलाई प्रेम गर्नुहुन्छ भनेर भन्दा धेरै मानिसहरु अच्चमित अकमकिएका थिए किन भने कार्यक्रम हुनु अघि आयोजकबाट येशूको बारेमा केही नबोल्नु र नभन्नु भनेर भनिएका थियो ।  

आमाले २०५२ पौष २ गते पिता पुत्र पबित्र आत्माको नाउँमा पानीको बप्तिस्मा लिनु भाई आज सम्म परमेश्वरको अनुग्रहमा ख्रीष्टको जीउदो साक्षी दिइरहनु  भएको छ । हाल उहाँ गेथ्स्मानी बप्तिस मण्डलीमा नियमित सेवासंगति गर्नु हुन्छ |उहाँ सम्भवत इशाई जगतको मात्रै नभएर नेपालकै एक मात्रै जेष्ट नागरिक हुनु हुन्छ | उहाँको लागि निरन्तर प्रार्थनामा सम्झिदिनु समेत हार्दिक अनुरोध गर्दै छौ |

 

 

 

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney